नेकपा माओवादी केन्द्रले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
माओवादी केन्द्र संसदीय दलका नेता भरत प्रसाद साहले मुख्यमन्त्री सरोजकुमार यादवलाई माओवादीको समर्थन नरहेको जानकारी गराउँदै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पत्र पठाएका छन्।
यसअघि माओवादका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई र विना विभागीय मन्त्री भरत प्रसाद साहले मुख्यमन्त्री समक्ष राजीनामा बुझाएका थिए।
सत्तारुढ दलका दुई मन्त्रीको राजीनामा र सरकारलाई दिएको समर्थन फिर्तापछि मुख्यमन्त्री यादवलाई ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।
मधेस प्रदेश सभामा १०७ सदस्य छन्। बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ। एमालेका सभामुख सहित २४, नेकपा कांग्रेस २२,जसपाका १९, माओवादीका ९, लोसपाका, ८ र नेकपा ९एकीकृत समाजवादी० का सात सांसद छन्।
त्यस्तै नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक सांसद रहेको छ। जनमत १३ सांसद रहेका छन्।