मधेसमा नयाँ सरकार गठनबारे नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित चार दलका नेताहरूले छलफल सुरू गरेका छन्।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा रहेका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारबाट बाहिरिएपछि यी दलका नेताहरू नयाँ सरकार गठनको परामर्शमा जुटेका हुन्।
मधेस सरकारमा नेकपा एमाले, माओवादी केन्द्र, जनमत र लोसपा पार्टीले गठबन्धन गर्ने भएका छन्।
सरकारको नयाँ नेतृत्व नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले गर्ने निश्चित भएको स्रोतले जानकारी दिएको छ।
एमाले नेतृत्वमा माओवादी, जनमत, लोसपासहितको समर्थनमा नयाँ सरकार बनाउन दाबी पेस गर्ने तयारी भइरहेको बताइएको छ।
मधेस प्रदेशमा एमालेको २४, जनमतको १३, लोसपाको ८ र माओवादीको ९ गरी ५४ जना प्रदेशसभा सदस्य पुग्छन्। कुल १०७ प्रदेश सभा सदस्य रहेको मधेस प्रदेशमा सरकार बनाउन ५४ जना प्रदेशसभा सदस्य आवश्यक पर्छ।