कांग्रेस अडानले अप्ठेरोमा सरकार
३१ वैशाख २०८१
•
४ मिनेट पाठ
कांग्रेस अडानले अप्ठेरोमा सरकार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहित समग्र सहकारी ठगीको छानबिन गर्न संसदीय समिति गठन गर्न कांग्रेसले अडान पेचिलो बन्दै गएको छ।




सत्तारूढ राजनीतिक दल र विपक्षी दलले संसदीय छानबिन समिति गठनलाई आआफ्नो प्रतिष्ठाको विषय बनाएका छन्। रास्वपा सभापति रवि लामिछानेसमेतलाई छानबिनको दायरामा ल्याउने गरी संसदीय समिति गठनको अडानमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस छ।

कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले उपप्रधान तथा गृहमन्त्री लामिछानेसहित समग्र सहकारी ठगीको छानबिन गर्न संसदीय समिति गठन नभएसम्म संघीय संसद्को बैठक अघि बढ्न नसक्ने बताए।

‘प्रधानमन्त्रीसहित सत्तारूढ दल समग्र सहकारीको छानबिन गर्न समिति गठन गरेर टालटुल गर्ने पक्षमा देखिनुभएको छ’, पाण्डेले भने, ‘गृहमन्त्रीसहित समग्र सहकारी ठगीको छानबिन गर्न समिति गठनको अडानबाट कांग्रेस पछि हटेको छैन। त्यसबाट कांग्रेस तलमाथि पनि हुँदैन।’

तर सरकारमा सहभागी नेकपा एमाले र रास्वपा त्यसका लागि अहिलेसम्म तयार देखिएका छैनन्। एमाले र रास्वपा समग्र सहकारी ठगीको छानबिन गर्नेगरी समिति गठनमा लचिलो छ। तर लामिछानेलाई छानबिनको दायारमा ल्याउनेगरी समिति गठनको भने विपक्षमा छन्।

त्यस्तो अवस्थामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकार नै छाड्ने अडानमा रास्वपा रहेको निकट स्रोतको दाबी छ। ‘एउटा पार्टीले बिनाआधार जेजे माग गर्‍यो, त्यहीअनुसार समिति गठन गर्ने कुरा जायज होइन,’ रास्वपाका एक नेताले भने, ‘बरु हामी सरकार छाड्न तयार छौं तर समिति गठनको पक्षमा छैनौं।’

कांग्रेसको मागअनुसार सरकारको प्रमुख घटक एमाले पनि समिति गठनको पक्षमा छैन। एमाले प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले उठाएको विषय कानुनसम्मत नै नभएको दाबी गरे।

सभामुखसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘यो माग पूरा गर्न असम्भव छ।’ कांग्रेसले सहकारी ठगीको छानबिन गर्न समिति गठनको अडान राखेर सरकारमा जान खोजेको आरोप लगाउँदै उनले भने, ‘त्यो सम्भव छैन।’ कांग्रेसको मागअनुसार अघि बढे सहकारी पीडितले न्यायसमेत नपाउने दाबी उनले गरे।

बर्तौलाले मंगलबार संघीय संसद्को दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने बताए। त्यसले प्रधानमन्त्री दाहाल सत्ता साझेदार र विपक्षीको चेपुवामा पर्ने देखिन्छ।

विपक्षी मागलाई सम्बोधन गर्न नसके सरकारको नीति तथा कार्यक्रम संघीय संसद्बाट पारित गर्दै बजेट पेस गर्न नै समस्या पर्ने प्रधानमन्त्री दाहालको बुझाइ छ। विपक्षीको मागअनुसार संसदीय समिति गठन भए एमाले र रास्वपा नै सरकारबाट अलग हुने भय दाहालमा रहेको निकट स्रोतको दाबी छ।

त्यसलाई दृष्टिगत गर्दै दाहाल पक्ष र प्रतिपक्ष दुवैलाई विश्वासमा लिएर सहकारीको रकम दुरूपयोगको विषयमा मध्यमार्गी बाटो खोज्ने पक्षमा देखिएका छन्। गठबन्धन दलहरू नै सरकारबाट फिर्ता गर्ने र फिर्ता हुने क्रम जारी रहँदा फागुन २१ गते समीकरण परिवर्तन गरेका दाहाल साझेदार दलहरूकै कारण समस्यामा परेका छन्।

उपेन्द्र यादव नेतृत्व पार्टी विभाजन हुनुका साथै मधेस प्रदेशबाट एमाले र माओवादी सरकारबाट अलग भइसकेका छन्। केन्द्र सरकारमा सहभागी यादव नेतृत्वको पार्टीलाई छाड्न एमाले र माओवादी केन्द्रले दबाब दिँदै आएको छ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (नेकपा एस) भित्र पनि असन्तिुष्ट कायमै छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेपाल नेतृत्वको पार्टीलाई गठबन्धनबाट बाहिर राख्ने रणनीतिमा छन्। सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिएर नेपाल नेतृत्वको पार्टीलाई सरकारबाट बाहिरिन दबाब बढाउने रणनीति एमालेको छ। त्यहाँ नेकपा एसको नेतृत्व सरकार गठन भएको छ।

त्यसैले प्रधानमन्त्री दाहाल एमाले र रास्वपालाई पनि धेरै नचिढ्याउने र कांग्रेसलाई पनि विश्वासमा लिएर अघि बढ्ने रणनीतिमा रहेको निकट स्रोतको दाबी छ। सोहीअनुसार दाहालले आइतबार कांग्रेस नेताहरूसँग छलफल गरेको जनाइएको छ।

प्रधानमन्त्री दाहालसँगको भेटपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सोमबारसम्म सरकार संसदीय छानबिन समिति गठनका लागि तयार हुने दाबी गरे। संसदीय छानबिन समिति गठनको अडानमा कांग्रेस कायमै रहेको जनाउँदै उनले भने, ‘सत्ता पक्षले संसद् अवरुद्ध हुने स्थिति निर्माण गरेर प्रतिपक्षमाथि न्याय गरिराखेको छैन। हामीले सरकारसँग आफ्नो कुरा भनेका छौं।’

संसदीय छानबिन समिति गठनका लागि तयार नभए मंगलबार सरकारको नीति तथा कार्यक्रम पेस गर्न नदिने तयारीमा कांग्रेस छ। राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पेस गर्न र धन्यवाद ज्ञापनको प्रस्ताव पारित गर्न दिनुपर्ने मत पनि पार्टीभित्र रहेको जानकारी दिँदै कांग्रेसका एक नेताले भने, ‘राष्ट्रपति आफ्नो कुरा भन्न आउने होइन, सरकारको नीति तथा कार्यक्रम पेस गर्न आउने भएकाले उक्त कार्यक्रम पनि अघि बढ्न दिनुहुँदैन भन्नेमै जोड छ।’

सोमबार दिउँसो बस्ने संसदीय दलको बैठकले त्यस विषयमा अन्तिम निर्णय लिने कांग्रेस तयार छ। ‘सरकारले बल कसरी डिल गर्छ। त्यसरी नै आगामी कार्यक्रम भर पर्छ,’ लेखकले सञ्चारकर्मीसँग भने, ‘भोलि (सोमबार) हाम्रो संसदीय कार्यसमितिको बैठक १ बजे र संसदीय दलको बैठक २ बजे छ, त्यहाँबाट निर्णय गर्नेछौं।’

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार साँझ ६ बजे संघीय संसद्को संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रम छ।
अर्को समाचार
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
४ मिनेट अघि
•
१ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अब सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।




काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकपछि बोल्दै महामन्त्री प्रदीप पौडेलले कांग्रेसले संविधान, लोकतन्त्र, विधिको शासन र संवैधानिक संस्थाको मर्यादाविपरीत सरकार अघि बढेको आरोप लगाएका हुन्। 

उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच र प्रवृत्तिमै समस्या देखिएको कांग्रेसको निष्कर्ष छ।

संसद्प्रति सरकार जवाफदेही हुन नचाहेको, संसदीय समितिलाई बेवास्ता गरेको र संसद् छल्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको उनको आरोप छ।

पौडेलले प्रेस स्वतन्त्रता तथा भदौ २३ र २४ का घटनासँग जोडिएका संवेदनशील विषयमा पर्याप्त संसदीय छलफल र सार्वजनिक विमर्शबिना ल्याइएका अध्यादेश तत्काल फिर्ता लिन माग गरेका छन्। 

त्यस्तै, कांग्रेसले संसद्को अधिवेशन आह्वान गर्न र संवैधानिक सीमा तथा संस्थागत मर्यादाको पूर्ण पालना गर्न सरकारलाई आग्रह गरेको छ।

महामन्त्री पौडेलले सरकारको विरोधी भएकै कारण निर्दोष व्यक्तिलाई अनुसन्धान र कारबाहीमा तान्नु राज्यशक्तिको दुरुपयोग भएको बताए। सरकारनिकट व्यक्तिलाई संरक्षण गर्ने र विरोधीलाई लक्षित गर्ने प्रवृत्ति पनि गलत भएको उनको भनाइ छ।

सरकारका सकारात्मक काममा सहयोग गर्ने प्रतिबद्धता कायमै रहेको उल्लेख गर्दै उनले संविधान, लोकतन्त्र र नागरिक अधिकारमाथि हुने हस्तक्षेपको प्रतिरोध गर्ने चेतावनी दिएका हुन्। 

कांग्रेसले आफ्नो संयमलाई कमजोरी नठान्न सरकारलाई चेतावनीसमेत दिएको छ। अब संसद्, सार्वजनिक मञ्च र लोकतान्त्रिक विधिबाट सरकारका गतिविधिमाथि निरन्तर निगरानी र खबरदारी गर्ने निर्णय बैठकले गरेको महामन्त्री पौडेलले जानकारी दिएका हुन्। 
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
यो पनि पढौँ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस