जलवायु परिवर्तनको असर भोगिरहेको नेपालले निशर्त क्षतिपूर्ति पाउनुपर्छ : सांसद गौतम
३१ वैशाख २०८१
•
२ मिनेट पाठ
जलवायु परिवर्तनको असर भोगिरहेको नेपालले निशर्त क्षतिपूर्ति पाउनुपर्छ : सांसद गौतम
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले संयुक्त राष्ट्रसङ्घीय फोरममा जलवायु परिवर्तनबाट नेपालमा परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे आवाज उठाएकी छन्। राष्ट्रसङ्घीय एसिया प्यासिफिक आर्थिक र सामाजिक आयोग (यूएनइस्केप) ले थाइल्याण्डको राजधानी बैंककस्थित यूएन क्षेत्रीय कार्यालय (यूएन कन्फरेन्स सेन्टर) मा आयोजना गरेको दुई दिने फेमिनिष्ट फोरममा सहभागिता जनाउँदै सांसद गौतमले विकसित राष्ट्रले नेपालजस्तो जलवायु सङ्कट सामना गरिरहेको राष्ट्रलाई हेर्न ढिला भएको धारणा राखिन्।




‘विकसित राष्ट्रले औद्योगिक क्रान्ति, प्रविधिको विकास गरुन्, तर हामीजस्तो देशलाई पनि ख्याल गर्नुपर्छ। नेपालीहरुले कहिल्यै भोग नगरेको विलासिताको मूल्य चुकाउनु परेको छ। उनीहरुको देशको जस्तो विकास हाम्रोमा छैन। तर पनि बाढीपहिरो, हिमपहिरो, हिमाल पग्लिने लगातार मारमा छौँ,’ उनले भने। कार्यक्रममा सांसद गौतमले जलवायुसम्बन्धी कोषलाई महिलामैत्री बनाउनुपर्ने, महिलालाई पहुँच योग्य बनाउनुपर्ने, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमैत्री बनाउनुपर्ने र अपाङ्गतामैत्री हुनुपर्नेमा जोड दिएकी थिइन्।

जलवायु परिवर्तनबाट नेपाली महिलाले भोग्नुपरेको असर र वित्तीय अनुदानको पहुँचको विषयमा आफ्नो धारणा राखेकी हुन्। सांसद गौतमले जलवायु परिवर्तनको प्रभावसँग जोडेर नेपालको समस्या राखेकी थिइन्।

फोरममा दुबईमा कोप २८ मा स्थापना गरिएको ‘लस एण्ड ड्यामेज फण्ड’ (जुन विकसित देशहरुले जलवायु परिवर्तनबाट प्रभावित देशलाई क्षतिपूर्तिका लागि बनाइएको हो) कोषलाई कसरी व्यावहारिक कार्यान्वयन गर्न सकिन्छ, महिलालाई कसरी सम्बोधन गर्ने र यो कतिको महत्वपूर्ण छ भन्ने कोणबाट छलफल भएको सांसद गौतमले जानकारी गराइन्।

उक्त फोरममा अल्पविकसित अथवा विकासशील मुलुकका महिलालाई राष्ट्रसङ्घीय सहायताको पहुँचमा कसरी पुर्‍याउने विषयमा छलफल भएको थियो। कार्यक्रममा नेपालबाट राष्ट्र बैंकका प्रतिनिधि, गैरसरकारी संस्थाका पदाधिकारी तथा राष्ट्रिय योजना आयोगका कर्मचारी सहभागी थिए।
अर्को समाचार
सूर्यदर्शन सहकारी पीडित भन्छन्: रास्वपाले हाम्रो भावनामाथि खेलवाड गर्‍यो
०७ कार्तिक २०८१
•
१ मिनेट पाठ
सूर्यदर्शन सहकारी पीडित भन्छन्: रास्वपाले हाम्रो भावनामाथि खेलवाड गर्‍यो
सूर्यदर्शन सहकारी बचत पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरूको सङ्घर्षलाई दबाउन खोजेको बताएका छन्।




बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सूर्य दर्शन सहकारी बचत पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरूको सङ्घर्षलाई दबाउन खोजेको बताएका हुन्।

आफूहरू सहकारीको बचत रकम फिर्ताको मागसहित आन्दोलित भएको भन्दै उनीहरुले रास्वपाले समेत सोही नारा बोकेर पीडितहरूको भावनामाथि खेलवाड गरेको आरोप लगाएका छन्।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सूर्यदर्शन सहकारी संस्थाका बचत पीडित गोकर्ण बरुवालले आफूहरू बचत रकम फिर्ताको मागसहित आन्दोलित भएको बताए।

उनले रास्वपाले आफ्नो राजनीतिक स्वार्थपूर्तिका लागि सहकारी पीडितको आवाज बोलेजस्तो गरेको आरोप लगाए।

सूर्यदर्शन बचत पीडित सङ्घर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले आफूहरू कुनै राजनीति पार्टीसँग सम्बन्धित नभएको भन्दै आफूहरूले बचत फिर्ताको माग राखेर आन्दोलन गरिरहेको सुनाए। उनले आफूहरूको बचत छिटोभन्दा छिटो फिर्ता गराउन सरकारसँग माग गरे।

सूर्यदर्शन सहकारी बचत पीडित सङ्घर्ष समितिका सचिव दुर्गानाथ न्यौपानेले पक्राउ पर्न बाँकी रहेका सहकारी ठगहरूलाई तुरुन्त पक्राउ गर्न माग गरे। उनले उनीहरूको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गराउनका लागि आफूहरूले सरकारलाई दबाब दिइरहेको बताए।

त्यसैगरी सूर्यदर्शन सहकारी बचत पीडित प्रेमप्रसाद रेग्मीले बाहिरी जिल्लाबाट पोखरामा आएका रास्वपाका कार्यकर्ताले सहकारी पीडितको घर–घरमा पुगेर आश्वासन दिइरहेका भन्दै खेद व्यक्त गरे।

उनले रास्वपा कार्यकर्ताले आफ्नो सभापति अनुसन्धानमा तानिएपछि मात्रै सहकारी पीडितको न्यायको लागि बोलेर आफूहरूको सङ्घर्षलाई अन्तै मोड्ने काम गरिएको बताए। 
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
यो पनि पढौँ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस