प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएपछि राष्ट्रिय सभाको छुट्टै बसेको बैठकमा कांग्रेसले अवरोध गरेको हो।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले बाँकी सरकारी संसदीय गतिविधि अवरोध गर्ने नीति लिएको थियो। सोही अनुरुप राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्न बसेको राष्ट्रिय सभाको बैठक कांग्रेसले अवरोध गरेको हो।
त्यसपछि राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले आजको बैठक स्थगित भएको सूचना जारी गर्दै अर्को बैठक पर्सी जेठ ३ गते बस्ने सुनाएका थिए।