कांग्रेसलाई रविको प्रश्न: प्रधानमन्त्रीको अफर बाँकी छ की डेट एक्सपायर भयो ?
०६ जेष्ठ २०८१
•
१ मिनेट पाठ
कांग्रेसलाई रविको प्रश्न: प्रधानमन्त्रीको अफर बाँकी छ की डेट एक्सपायर भयो ?
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले आफूलाई डेढ वर्षका लागि प्रधानमन्त्रीको प्रस्ताव गरेको खुलासा गरेका छन्।




आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले गृहमन्त्री बन्नुभन्दा अघिल्लो रात प्रधानमन्त्रीको प्रस्ताव गरेको खुलासा गरेका हुन्।

उनले भने, 'हिजो मलाई डेढ वर्ष प्रधानमन्त्रीको स्वकार गर्ने अफरको डेट स्कापाएर भयो की अझै बाँकी छ। यो कुराको जवाफ यही सदनमा उभिएर कांग्रेस सभामुखले बोले कल्याण हुने थियो।'
अर्को समाचार
कास्की प्रहरीद्वारा रवि लामिछानेसँग बयान
१७ भदौ २०८१
•
४ मिनेट पाठ
कास्की प्रहरीद्वारा रवि लामिछानेसँग बयान
सरकार छाडेको दुई महिना नुपुग्दै तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग प्रहरीले बयान लिएको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन उजुरीमा कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधिसभा सदस्यसमेत रहेका लामिछानेसँग केही दिनअघि बयान लिएको हो।




‘उहाँ (रवि लामिछाने) लाई प्रहरीले सामान्य सोधपुछ गरेको हो। सहकारी ठगीमा छानबिन गर्न गठित संसदीय विशेष समितिले लामिछानेसँग नौ घण्टा बयान लिएको केही दिनपछि कास्की प्रहरीले सोधपुछ गरेको हो’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो। संसदीय विशेष समितिले लामिछानेसँग यसै प्रकरणमा यही भदौ ७ गते बयान लिएको थियो।

स्रोतका अनुसार सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्तकुमार शर्मासहितको टोलीले काठमाडौं आएर पूर्वगृहमन्त्री तथा सांसद लामिछाने, रास्वपा सहमहामन्त्री विपीन आचार्य र नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीसँग लिएको हो। लामिछानेविरुद्ध २०८० माघ २२ गते कास्की प्रहरीमा परेको जाहेरीका आधारमा प्रहरीले उनीसँग बयान लिएको हो। सूर्यदर्शन सहकारीमा बचत रकम तत्कालीन अवस्थामा लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा लगेको र लामिछानेकै नाममा पनि ऋण प्रवाह भएको पाइएपछि बचतकर्ताले उनीविरुद्ध पूरक जाहेरी दिएका थिए।

उनी गृहमन्त्री हुँदासम्म प्रहरीले जाहेरी अघि बढाउन सकेको थिएन। अहिले बल्ल प्रहरीले प्रक्रिया अघि बढाएको हो। ‘प्रहरीले यो विषयमा अनुसन्धान गर्नेछ’, प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले भने। त्यस्तै बुटबलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट २०७८ असार २२ मा कुमार रम्तेलको नाममा एक करोड ९० लाख रूपैयाँ ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आइएमई बैंकमा भएको खातामा एक करोड तीन लाख ३६ हजार जम्मा गरी बाँकी लामिछानेको खातामा ऋण फस्र्योट देखाएर कुमार रम्तेलकै नाममा ऋण कायम गरेको छानबिनबाट पाइएको छ । 

यसैगरी सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट भूपेन्द्रबाबु राईको नाममा ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा सिद्धार्थ बैंकमा भएको खातामा २०७७ असोज ११ मा एक करोड, गोर्खा मिडिया नेटवर्क प्रालिकै ग्लोबल आइएमई बैंकमा भएको खातामा २०७८ वैशाख ५ मा एक करोड, २०७८ वैशाख ९ मा ३० लाख र २०७८ असार ४ मा एक करोड गरी तीन करोड ३० लाख रूपैयाँ जम्मा भएको छानबिनबाट पाइएको छ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ माघ २९ मा छविलाल जोशीका नाममा २ करोड ५० लाख रूपैयाँ ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा ग्लोबल आइएमई बैंकमा भएको खातामा दुई करोड ४५ लाख रूपैयाँ जम्मा भएको पनि पाइएको छ। यस विषयमा संसदीय विशेष समितिले प्रश्न गर्दा लामिछानेले यस्तो काममा आफू संलग्न नभएको दाबी गर्दै जिबी राईलाई थाहा होला भनेका थिए।

पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा पेस्की जनाई २०७८ जेठ ३ मा ५० लाख रूपैयाँ मेगा बैंकको एकाउन्टपेयी चेक नं. २०२७२२१०८५ मार्फत र २०७८ असार ९ मा पनि ५० लाख रूपैयाँ मेगा बैंकको एकाउन्टपेयी चेक नं. २०२७२२१०९९ मार्फत गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा प्रवाह भएको देखिएको छ। त्यतिबेला पनि लामिछाने गोर्खा मिडिया नेटवर्कको सञ्चालक थिए। २०७८ असार ३१ मा लामिछानेकै नाममा सूर्यदर्शन व्यावसायिक कर्जा शीर्षकमा कर्जा नं ११६–४४५६ मा रकमान्तर गरी कर्जा खडा गरी पेस्की सेटल गरेको पाइएको छ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा लामिछानेको नाममा रहेको कर्जा नं. ११६–४४५६ को ऋण एक करोड रूपैयाँको १४.७५ प्रतिशत ब्याजदरमा पहिलो वर्षको ब्याज १४ लाख ७५ हजार र दोस्रो वर्षको ब्याज रु. १६ लाख १३ हजार ७३० समेत गरी एक करोड ३० लाख ८९ हजार रूपैयाँ २०८० असार १३ मा गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा नयाँ कर्जा खाता नं. ११६–४८०१ खडा गरी ऋण कायम गरिएको थियो। 

२०७८ असार ३१ मा सुप्रिम सहकारीबाट पुलेसो कर्जामार्फत लामिछानेका नाममा १ करोड रकम निकासा गरिएको पाइएको छ। यी सबै विवरणमा आफ्नो संलग्नता नरहेको दाबी लामिछानेले संसदीय विशेष समितिसँग गरेका छन्।  

रास्वपाका सहमहामन्त्री आचार्य गोर्खा मिडिया नेटवर्ककमा तत्कालीन समयमा क्रिएटिभ डाइरेक्टर थिए । उनका नाममा पनि २०७८ पुस ६ मा सूर्यदर्शन सहकारीबाट १ करोड रूपैयाँ गोर्खा मिडियामा गएको पाइएको छ। ग्यालेक्सी टेलिभिजनका पूर्वसंस्थापक एवं पूर्वडिआइजी जोशीसँग पनि प्रहरीले बयान लिएको छ। 

जोशी पनि ग्यालेक्सी टेलिभिजनका लगानीकर्ता अर्थात् जिबी (गितेन्द्रबाबु) राईका साझेदार थिए। पछि उनी गोर्खा मिडियाबाट बाहिरिएका थिए। सहकारीका रकम गोर्खा मिडियामा लगेर अपचलन गरिएको र जोशी पनि कुनै समय गोर्खा मिडियाको साझेदार भएका कारण उनीसँग प्रहरीले बयान लिएको हो।
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४१ सेकेन्ड अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
यो पनि पढौँ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस