संसदको शुन्य समयमा बोल्दै सांसदहरु
२० जेष्ठ २०८१
•
३ मिनेट पाठ
संसदको शुन्य समयमा बोल्दै सांसदहरु
सांसदहरुले मनसुनभित्रिएसँगै बाढी पहिरो रोकथाम र जोखिम रहेका बस्तीहरुलाई स्तान्तरण गर्ने सरकारको योजना बारेमा जानकारी दिन माग गरेका छन्।




आइतबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै अधिकांश सांसदहरुले सरकारसँग यस्तो माग गरेका हुन्।

सांसदहरुले सरकारले वर्षायाम शुरु भएसँगै देशभरका जोखिम क्षेत्रमा आउने बाढी पहिरो रोकथाम र उद्वारको लागि भइरहेको कामको बारेमा जानकारी दिन माग गरे। 

उनीहरुले सरकारले प्राकृतिक विपद्बाट नागरिकलाई बजाउन आवश्यक रहेको भन्दै डढेलो लगायत हावाहुरीका कारण प्रभावित घरपरिवारलाई तत्काल राहतको व्यवस्था गर्न समेत माग गरेका छन्। 

शुन्य समयमा बोल्दै सांसद ईश्वरबहादुर रिजालले आगामी एक साताभित्र मनसुन शुरु हुने भन्दै राज्यको रिर्पोट अनुसार १८ जिल्लाको १३६ बस्ती स्थान्तरण गर्न राज्यको तयारीबारे संदनलाई जानकारी दिन माग गरि। उनले तराईमा पनि बाढीको उच्च जोखिम भएकाले त्यसको रोकथामको तयारीको विषयमा गृहमन्त्रीले सदनमा सम्बोधन गर्न माग गरे।

सांसद ईश्वरी घर्तीले पनि मनसुनभित्रसँगै विगतका वर्षहरुमा ठूलो जनधनको क्षति हुने गरेको भन्दै यो वर्ष पनि प्राकृतिक विपद्का घटनाबाट कसरी बच्ने भन्ने नागरिकमा चासो र चिन्ता बढेको बताइन्। 

उनले यो वर्षको वर्षायाममा हुने सम्भावित बाढी, पहिरो र डुबानबाट हुने विपद् र क्षतिलाई आँकलन गरी क्षेती न्युनिकरण गर्न सरकारको पूर्वतयारीका बारेमा सांसदमा जानकारी दिन माग गरिन्। 

तीन तहको मातहतमा रहेको विपत व्यवस्थापन कोष न्युन रहेको भन्दै दक्ष जनशक्ति अभाव लगायतको विषयमा सदनलाई जानकारी दिन माग गरिन्।

सांसद किरणकुमार साहले जेठ सकिन लाग्दा समेत किसानहरुले मल र बीउ नपाएको भन्दै सरकारले किसानलाई आवश्यक बीउ र मल उपलब्ध गराउन माग गरिन्। 

उनले हावाहुरी र आगोलागीबाट मधेसमा भएको करोडौंको विनाश विपत पूर्वतयारी नपुगेको देखाएको बताए। 

संसदमा पटक–पटक कुरा उठाउँदा समेत सरकार बहिरो बनेको उनको भनाइ छ। जलवायु परिवर्तनको असर मधेस प्रदेशमा गरी जमिन अत्याधिक तातो भएका कारण मानिसहरुको जनजिवन कष्टकर हुँदै गएको भन्दै खानेपानीको हाहाकार भएको उल्लेख गरे। 

उनले सरकारले भविष्यमा हुने विपद् रोक्नको लागि तत्काल पूर्वतयारी थाल्नुपर्ने बताए।

बैठकमा बोल्दै सांसद एकनाथ ढकालले दक्षिण कोरियामा नेपाल वायुसेवा निगमलाई उडानमा वञ्चित गरिएको कारण नेपाल एयरलाइन्सले घाटा व्यर्होनुपरेको बताए। 

उनले कोरियन विमान नेपाल आउने तर नेपालको विमान कोरिया जान नपाउने विभेदको अवस्था किन आयो भन्ने प्रश्न रहेको बताए। 

कोरियाबाट भारतको नयाँ दिल्लीका लागि भन्दा नेपालका लागि चर्को भाडादर राखिएको छ जसले असर कोरियामा रोजगारको लागि जाने र फर्कने श्रमिकहरुमा परेको उनको भनाइ छ।

सांसद अब्दुल खानले अत्याधिक गर्मीको कारण मनावजीवन अस्तव्यस्त भएको बताए। उनले बाँके र बर्दियामा अत्याधिक गर्मीको कारणले गर्दा विद्युत कटौती हुँदा विद्युतीय सामग्री चलाउन समेत नपाएको भन्दै विद्युत प्राधिकरणले विद्युत कटौती गर्ने काम तत्काल बन्द गर्न माग गरे।

सांसद असिम साहले लोमो समयपछि संसदको अवरोध खुलेर बोल्न पाएको बताए। उनले सदन समयमा नै खुलेको भए नियमित भएको भए देशभर डढेलोले पु¥याएको क्षतिबारे समयमा उठाउन नपाएको गुनासो गरे। 

इन्टरनेट सेवामा आएको अवरोध,खडेरीको कारण देखिएको खानेपानी हाहाकार र खराब सहकारी सञ्चालकहरुको पछि लागौं भन्न समेत नपाएको उनको भनाइ छ।  

उनले लगातार सदन अवरोधले सांसदलाई जनताका समस्या उठाउन र सरकारलाई जनताका कुरा राख्न अवरोध भएको र आम सांसदमाथि नागरिकको आशा र भरोसा घट्दै गएको उल्लेख गरे।

उनले जनताले नेपाल बन्द र चक्का जामको विकल्प खोज्दै आउँदा नागरिकले समेत नेपाल बन्द स्वीकार गर्दा नेपाल बन्द सदाका लागि बन्द भएको भन्दै संसद अवरोधको विकल्प खोज्न आवश्यक रहेको बताए।
अर्को समाचार
प्रतिनिधिसभा बैठकः बाढीपहिरो पीडितको उद्धार गर्न माग
१५ असार २०८१
•
१ मिनेट पाठ
प्रतिनिधिसभा बैठकः बाढीपहिरो पीडितको उद्धार गर्न माग
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका धेरै स्थानमा धनजनको क्षति भएको हुँदा उद्धार, राहत तथा पुनःस्थापनका लागि सरकारसँग आग्रह गरेका छन्।




शुक्रबारको बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका तेजुलाल चौधरीले केही दिनदेखि परेको अविरल वर्षाका कारण सप्तरीमा बाढीपहिरोले धेरै क्षति भएकोप्रति सरकारको ध्यानाकर्षण गराए। उनले बाढीपहिरो पीडितका लागि तत्काल राहत, उद्धार, क्षतिपूर्ति, र पुनःस्थापनाका लागि सरकारसमक्ष आग्रह आग्रह गरे।

शिक्षा क्षेत्रमा सुधार गर्न गणित, विज्ञान र अङ्ग्रेजी शिक्षक राम्रो व्यवस्था गर्नुपर्नेमा सांसद चौधरीले जोड दिए। उनले एसइईको नतिजामा ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनु भनेको शिक्षामा सन्तोजनक अवस्था नभएको जनाउँदै परीक्षा प्रणालीमा सुधार गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाहीले केही दिनदेखि परेको अविरल वर्षाका कारण कर्णाली राजमार्ग आठ स्थानमा क्षतिग्रस्त भई सडक अवरुद्ध भएकोप्रति सरकारको ध्यानकर्षण गराए। उनले तत्काल सरकारले राजमार्गको पुनःनिर्माण गरी नागरिकलाई सहज रुपमा आवतजावत गर्ने वातावरण मिलाउन आग्रह गरे।

सांसद शाहीले नेपालको अर्थव्यवस्था निकै सङ्कटको अवस्थामा पुगेको स्मरण गराउँदै अर्थतन्त्र सुधार गर्न स्वदेशा नै रोगगारीका अवसर सिर्जना गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए। उनले २०३९/४० सालमा विकास खर्च ७१ प्रतिशत थियो तर अहिले घट्दै घट्दै मुुलुको अर्थव्यवस्था नै धरासयी बन्दै गएको बताए। 
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
यो पनि पढौँ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस