यस वर्षको मनसुनजन्य विपद्मा झन्डै ८३ हजार घरपरिवार प्रत्यक्ष रुपमा प्रभावित हुन सक्ने उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जानकारी दिएका छन्।
प्रतिनिधि सभाको बुधाबारको बैठकमा जानकारी गराउँदै मन्त्री लामिछानेले यस वर्षको मनसुनजन्य विपद्बाट ८३ हजार घरपरिवार प्रत्यक्ष रुपमा प्रभावित हुन सक्ने र १८ हजार घरपरिवारलाई मनसुनजन्य विपदमा उद्दार र राहत दिनु पर्ने आङ्कलन गृह मन्त्रालयले गरेको विभिन्न सरोकारवालाहरुसंग गरेको छलफलको निष्कर्ष भएको बताएका छन ।
मनसुन पूर्व तयारी प्रतिकार्य कमान्डलाई मन्त्रालयले मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना कार्यकारी समितिको बैठकबाट पारित गरी सबै मन्त्रालय विभाग तथा यससँग सम्बन्धित निकायहरूमा कार्यान्वयनका लागि निर्देशन दिइसकेको पनि गृहमन्त्रीले जानकारी गराए ।
उनले देशका १० वटा सबैभन्दा जोखिम क्षेत्रको अध्ययन गरि पाँच पाँच जनाको टोली परिचालन गरि बाढी जन्य जोखिम आउँदा के के गर्नु पर्दछ, कहाँ सम्पर्क गर्ने तथा राहात र उद्धारका लागि कहाँ सम्पर्क राख्ने भनेर आम नागरिकलाई सूचना दिने काम गरिरहेको पनि बताए । नागरिकले सूचनाको अभावमा ज्यान गुमाउन नपरोस् भनेर पूर्व तयारीमा मन्त्रालय सक्रिय रुपमा लागि परेको जानकारी पनि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज बसेको प्रतिनिधि सभाको बैठकमा जानकारी गराए ।
त्यसैगरी पूर्व तयारी अनुसार ढुङ्गा गिट्टी, बालुवा थुप्रिएर जोखिममा रहेका खास गरी पुल पुलेसोको सुरक्षाका लागि तत्काल थुप्रिएका सामग्रीहरू नियमअनुसार हटाउन पनि निर्देशन दिएको बताए । उनले भने ‘२४ घण्टा ११४९ नम्बरको टोल फ्री नम्बरबाट मनसुन जन्य विपद्को सूचना उपलब्ध हुनेछ ।’
यस वर्ष विपदमा करिब १८ लाख १ हजार नागरिक र ४ लाख १२ हजार घरधुरी कुनै न कुनै रूपमा प्रभावित हुने सक्ने अनुमान गरिएको छ । त्यसैगरी जल तथा मौसम विभागका अनुसार यस वर्ष विगतको तुलनामा ३५ देखि ६५ प्रतिशत सम्म वर्षा हुने भएकाले बाढी पहिरो लगायतका विपदबाट सुरक्षित रहन अनुरोध गरेको छ ।