मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत पाउन कति सहज ?
२७ जेष्ठ २०८१
•
३ मिनेट पाठ
मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत पाउन कति सहज ?
संविधानको धारा १६८ (३) बमोजिम गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा उनी यही जेठ १६ गते दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए।




त्यसअघि मुख्यमन्त्री बनेका नेपाल कम्युनिष्ट पार्टी ९एमाले० संसदीय दलका नेता खगराज अधिकारीले प्रदेशसभाबाट प्राप्त गरेको विश्वासको मतलाई सर्वोच्च अदालतले असंवैधानिक रहेको फैसला गरेपछि पाण्डे पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए। अधिकारीले पाएको विश्वासको मतविरुद्ध दायर भएको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताका हैसियतमा पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो।

मुख्यमन्त्रीका नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। तर अहिलेको प्रदेशसभाको अङ्कगणित हेर्दा मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत पाउन सहज भने छैन। साठी सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र) का सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र सदस्य छन्।

विश्वासको मत पाउन मुख्यमन्त्री पाण्डेलाई प्रदेशसभाका ३१ सदस्यको समर्थन चाहिन्छ। विपक्षी एमाले–माओवादी केन्द्रको गठबन्धनमा रहेका प्रदेशसभा सदस्यबाहेक सबैले मत दिँदा पनि उनलाई बहुमत पुग्दैन। यद्यपि उनीहरुले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने वा नदिनेबारे अहिलेसम्म कुनै निर्णय गरेका छैनन्। राप्रपा प्रदेशसभा संसदीय दलका नेता पञ्चराम गुरुङले विश्वासको मतबारे पार्टीले आधिकारिक निर्णय गरिनसकेको बताए।

'मुख्यमन्त्रीलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गर्ने अधिकार पार्टीका केन्द्रीय अध्यक्षलाई छ, हेरौँ भोलिसम्म समय छ, माथिबाट जे निर्देशन आउँछ हामी त्यहीअनुसार अगाडि बढ्छौँ', उनले भने। मनाङ ‘ख’ बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङले भने ३० प्रदेशसभा सदस्यको समर्थन जसले जुटाउँछ उसैलाई निर्णायक मत दिने बताउँदै आएका छन्। गुरुङ अधिकारी नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री बनेका थिए।

माओवादी केन्द्रको चुनाव चिन्ह लिएर गोरखा(२ ‘क’ बाट निर्वाचित नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटालाई माओवादीले आफ्नै संसदीय दलको सदस्य दाबी गर्दै आएको छ। देवकोटालाई मतदानमा दलको ह्विप लाग्ने माओवादीको भनाइ छ। यसअघि उनले एमाले–माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका खगराज अधिकारीलाई विश्वासको मत दिएका थिए।

यदि राप्रपाका दुई र स्वतन्त्र प्रदेशसभा सदस्य गुरुङले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने अवस्था आएपनि पाण्डेलाई सरकार टिकाउन थप एक मतको खाँचो पर्छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले मुख्यमन्त्रीलाई विश्वासको मत दिन प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई औपचारिक रुपमै आग्रह गरिएको बताए।

'असार १ गतेसम्म प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने छ, यस्तो अवस्थामा सबै राजनीतिक दलहरु जिम्मेवार ढङ्गले प्रस्तुत हुनुहुनेछ भन्ने हाम्रो विश्वास छ', उनले भने। 
अर्को समाचार
उद्यमशीलता विकासका लागि प्रदेश सरकारले सघाउँछ: मुख्यमन्त्री पाण्डे
३१ साउन २०८१
•
३ मिनेट पाठ
उद्यमशीलता विकासका लागि प्रदेश सरकारले सघाउँछ: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महिला उद्यमशीलता विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने बताएका छन्। 




महिला उद्यमी महासङ्घको आयोजनामा 'महिला उद्यमीहरूले नेतृत्व गरेका वा स्वामित्वमा रहेका व्यवसायहरूको डिजिटलाइजेसन र उद्यमशीलता विकासद्वारा महिलाहरूको आर्थिक सशक्तीकरण’ परियोजना अन्तर्गत बागलुङका दुई होमस्टे सञ्चालक महिलाहरूलाई दिइएको १५ दिने सिकाई तथा अनुभव आदानप्रदान कार्यक्रमको समापन तथा प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै उनले महिला उद्यमशीलता विकासका लागि प्रदेश सरकारले आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने बताएका हुन्।

उद्यमशीलता नहुँदा महिला परनिर्भर बन्न बाध्य भएको बताउँदै उनले भने,'उद्यमशीलतामार्फत महिलाको आम्दानी हुन्छ। यसले महिलाको जीवनस्तर पनि उकास्छ। र समग्रमा महिलालाई आत्मनिर्भर बनाउँदै महिला सशक्तीकरण गर्न पनि सघाउँछ।’

मुख्यमन्त्री पाण्डेले घरबास (होमस्टे)मा पारिवारिक वातावरण हुनुपर्ने बताए। तर अहिलेका होमस्टेमा त्यस्तो वातावरण नहुने गरेको बताउँदै उनले भने,'होमस्टेमा स्थानीय संस्कृति र स्थानीय उत्पादन हुनुपर्छ। तर अहिले सहरबाट ब्रोइलर कुखुरा र तरकारी बोकेर पर्यटकसँगै गाउँ जान्छन् । यस्तो होमस्टे हुँदैन र यो राम्रो होइन।’ उनले स्थानीय उत्पादन र स्थानीय संस्कृति नभएका होमस्टेलाई अबदेखि अनुदान नदिइने पनि प्रस्ट्याए। गण्डकी प्रदेश पर्यटकीय प्रदेश भएको बताउँदै उनले त्यही भएर पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको बताए। नेपाल आउने पर्यटकको पहिलो गन्तव्य काठमाडौं बाहिर पोखरा भएको बताउँदै उनले भने,'तर उनीहरु कति आए भन्नेमा मात्र सीमित नहोऔँ। बरु उनीहरुले कति खर्च गरे? त्यसले उद्यमशीलतामा कति सघायो भन्नेमा ध्यान दिऔँ।’

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै महिला उद्यमी महासङ्घ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले आर्थिक सशक्तीकरण गर्न महिला सशक्तीकरण जरुरी रहेको बत्ताइन्। सामाजिक र पारिवारिक जिम्मेवारीले महिला उद्यमशीलतामा बाधा पुगेको बताउँदै उनले भनिन्,'महिला उद्यमशीलता आजको आवाज र आवश्यकता हो। महिलाले उद्यमी र व्यवसायी बन्न पाउनु अधिकार हो। यसमा सबैले सहयोग गर्नुपर्छ।’ उनले महिलालाई उत्पादनमा जोड्ने र ती उत्पादित सामग्रीको बजारीकरणमा सघाउनका लागि महासङ्घले डिजिटल मार्केटिङका लागि डिजिटल लिट्रेसी कार्यक्रम आयोजना गरेको बताइन्।

गण्डकी प्रदेश सभा सदस्य दीपेन्द्रबहादुर थापाले विदेश जानेलाई यहीँ गर्ने वातावरण निर्माण गर्नु अहिलेको आवश्यकता भएको बताए। महिलाहरूलाई आत्मनिर्भर बनाऔँ,उनले भने,'संस्कृति र प्रकृति बेचेर पर्यटनलाई समृद्ध बनाऔँ।’

महासङ्घकी कार्यकारी निर्देशक अभिलाषा पौडेलले स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महिला उद्यमी तथा व्यवसायीहरूलाई उनीहरूको व्यवसायहरूको डिजिटाइजेसन गर्न सघाउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिइन्।

महासङ्घकी तृतीय उपाध्यक्ष तथा च्याप्टर अध्यक्ष बासन्ती प्रधानले महिलालाई आत्मनिर्भर बनाउँदै महिला सशक्तीकरणका लागि कार्यक्रम गरिएको बत्ताइन्।

कार्यक्रममा महासङ्घकी बोर्ड सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष पार्वती पौडेल रेग्मी, कास्की अध्यक्ष सरु बराल, बागलुङ अध्यक्ष उमा शाक्य, पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारी लगायतले महिलालाई उत्पादनमा जोड्ने, ती उत्पादित सामग्रीको बजारीकरणमा सघाउने भन्दै त्यसका लागि सरकारले पनि दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए।

महासङ्घले स्ट्याण्डर्ड चार्टर्ड बैङ्कसँगको सहकार्यमा बागलुङको भकुण्डे सामुदायिक होमस्टे र अतिथि सत्कार होमस्टेका सञ्चालक तथा सञ्चालन गर्न इच्छुकहरूलाई दुई हप्ते व्यवसायहरूको डिजिटाइजेसन सम्बन्धी तालिम दिएको हो। तालिममा सहभागीहरूलाई बिहीबार पोखरामा समापन कार्यक्रमको अवसर पारेर प्रमाणपत्र पनि वितरण गरिएको थियो।

सो अवसरमा महासङ्घले हामेस्टेका प्रत्येक सञ्चालकलाई होमस्टेमा आवश्यक पर्ने म्याट, प्रेसर कुकर, थर्मस, राईस कुकर, कित्लीलगायतको एक÷एक सेट भाँडाकुँडा तथा दुई होमस्टेलाई दुई÷दुई सेट वाद्यवादन सामग्रीहरू प्रदान ग¥यो। तालिममा सहभागीहरूले भने तालिम लिने अवसर प्रदान गर्नुका साथै सहयोग पनि प्रदान गरेकोप्रति महिला उद्यमी महासङ्घकी अध्यक्ष शोभा ज्ञवालीलाई सम्मान गरेका थिए।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस