सरकारले उच्च शिक्षा ऐन छिटो ल्याउनु पर्छः देवेन्द्र पौडेल
२९ जेष्ठ २०८१
•
१ मिनेट पाठ
सरकारले उच्च शिक्षा ऐन छिटो ल्याउनु पर्छः देवेन्द्र पौडेल
सरकारको नेतृत्व गरिरहेको नेकपा (माआवादी केन्द्र) का सांसद एर्व पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देबेन्द्र पौडेलले उच्च शिक्षा ऐन छिटो ल्याउन सरकारसँग माग गरेका छन्।




मंगलवार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन्।

उच्च शिक्षालाई विशिष्टिकृत गर्ने र अपm्ठ्यारामा परेका सामूदायिक क्याम्पसहरुलाई मर्ज गरेर अगाडि बढाईयो भने उच्च शिक्षालाई सुधार्न सकिने सांसद पौडेलको भनाई थियो। उहाँले प्राविधिक शिक्षालाई श्रम र उत्पादनसँग जोडेर अघि बढाउने काममा ढिलाई नगर्न पनि सरकारलाई दबाब दिए।

सांसद पौडेलले श्रम र सीपविनाको शिक्षाबाट देशले प्रगति गर्न नसक्ने उल्लेख गर्दै यस कुरामा ध्यान दिएर शैक्षिक क्षेत्रको विकासमा लाग्न पनि सरकारलाई सचेत गराए।

उनले भने, ‘उच्च शिक्षा ऐन छिटो ल्याउन अनुरोध गर्दै उच्च शिक्षालाई विशिष्टिकृत गर्ने र अप्ठयारामा परेका सामूदायिक क्याम्पसहरुलाई मर्ज गरेर हुन्छ कि वा के गरेर हुन्छ? सम्बन्धित विश्वविद्यालयमा गाँभ्ने र एउटा सिष्टममा लैजाने कुरामा अगाडि बढाईयो भने उच्च शिक्षालाई सुधार्न सकिन्छ। अलिकति त्यतातिर ध्यान दिन म अनुरोध गर्न चाहन्छु। शिक्षालाई सिपसँग जोडने, सीपलाई श्रम र उत्पादन सँग जोडने काम गर्नु पर्छ। त्यसो नगर्ने हो भने खाली पढाईको आधारमा मात्रै शिक्षालाई अघि बढाइयो भने देशले प्रगति गर्न सक्दैन।’

सांसद पौडेलले शिक्षा क्षेत्रमा सुधारका लागि शिक्षक दरबन्दीको उचित व्यवस्थापन गर्न पनि सरकारलाई सुझाव दिए। 
अर्को समाचार
माओवादी सचिव भन्छन्: हजार पटक भन्छु जनयुद्ध हिंसा थिएन
१४ फागुन २०८१
•
१ मिनेट पाठ
माओवादी सचिव भन्छन्: हजार पटक भन्छु जनयुद्ध हिंसा थिएन
नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले माओवादीले गरेको सशस्त्र सङ्घर्ष हिंसा नरहेको दाबी गरेका छन्। बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन्। 




‘अरूले ठोकिरहेका छन् जनयुद्धलाई । जनयुद्ध राजनीतिक आन्दोलन होइन भनेर! यो बेला त हामीले एकजुट भएर प्रतिवाद गर्ने हो,’ सचिव पौडेलले भने, ‘बादलको कुरा गर्नुभयो, सबैभन्दा बढी कमान्डर भनेर उहाँको नाम थियो। व्यक्तिगत रूपमा उहाँसँग कुनै पूर्वाग्रह छैन, तर उहाँले जुन शब्द प्रयोग गर्नुभयो, आफै लागेर सुरुवात गरेको फाउन्डरले त्यहीँ आन्दोलनलाई शब्द चयन गर्दा ख्याल पुर्‍याउनुपर्छ नि।’ 

माओवादीले अन्य पार्टीले विगतमा गरेको आन्दोलनको कहिल्यै अपमान नगरेको दाबी गर्दै माओवादीको संघर्षलाई पनि अपमान नगर्न आग्रह गरे । ‘हामी झापा आन्दोलनलाई कहिल्यै अपमान गर्दैनौँ। कांग्रेसले गरेको मुक्ति आन्दोलनलाई कहिल्यै अपमान गर्दैनौँ,’ उनले भने। 

माओवादीले ‘जनयुद्ध’लाई सल्युट गरेजस्तै ती आन्दोलनलाई सल्युट गर्ने उनले बताए। उनले भने, ‘राजनीतिक संस्कारको विकास गर्न हामी अनुरोध गर्न चाहन्छौँ।’ 

जनयुद्ध हिंसा नभएको पनि पौडेलले बताए। ‘म हजार पटक भन्न चाहन्छु, जनयुद्ध हिंसा होइन, न्याय, मुक्ति र स्वतन्त्रताका निम्ति जनताले लडेको आन्दोलन हो,’ उनले भने। 
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस