किन लुकाइयो अख्तियारको पत्र ?
३० जेष्ठ २०८१
•
३ मिनेट पाठ
किन लुकाइयो अख्तियारको पत्र ?
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सांसद, निजामती कर्मचारी र सार्वजनिक पद धारण गरेका व्यक्तिले विदेशी नागरिकता र आवासीय अनुमति पत्र लिएनलिएको विषयमा तत्काल छानबिन गर्न सरकारलाई दिएको निर्देशन लामो समयसम्म प्रधानमन्त्री कार्यालयमा अल्झाएर राखेको पाइएको छ। अख्तियारले गत वैखाख १० गते पठाएको निर्देशनात्मक पत्र सरकारका मुख्यसचिव बैकुण्ठ अर्यालले सोही मितिमा तोक लगाएर सहसचिव नारायण भट्टलाई पठाएका थिए।




पत्र पठाएको दुई सातापछि कार्यान्वयनको अवस्थाबारे अख्तियारका सचिव रामेश्वर दंगालले प्रधानमन्त्री कार्यालयका अर्का सचिव कृष्णहरि पुष्करसँग जानकारी माग्दा पत्र नै भेटिएन। अख्तियारले निरन्तर ताकेता गरेपछि मात्रै त्यो पत्र फेला प¥यो। ‘अख्तियारले आफूले वैशाख १० गते प्रधानमन्त्री कार्यालयमा पठाएको पत्रबारे १५ दिनसम्म पनि कुनै जानकारी नआएपछि खोजी गरेको थियो,’ अख्तियार स्रोतले भन्यो । मुख्यसचिवले पत्र पाएकै दिन तोक लगाएर सहसचिव भट्टलाई पठाएको पत्र कहाँ अड्किएको थियो भन्ने उचित जवाफ प्रधानमन्त्री कार्यालयले दिन सकेको छैन।

सार्वजनिक पदमा रहेका केही व्यक्तिले विदेशी नागरिकता र आवासीय अनुमति पत्र लिएको भेटिएपछि अख्तियारले छानबिन गर्न निर्देशन दिएको थियो। हालका मुख्यसचिव अर्यालले सञ्चार सचिव भएका बेला विदेशको नागरिकता र आवासीय अनुमति पत्र लिएका व्यक्तिलाई सरकारी नियुक्ति दिएकै कारण उनले त्यो पत्र लुकाएको हल्ला प्रधानमन्त्री कार्यालयमा चलाइएको थियो। मुख्यसचिव अर्यालले अख्तियारबाट आएको सो पत्र एक दिन पनि आफ्नो टेबुलमा नराखेको बताए।

‘अख्तियारबाट आएको त्यो पत्र मैले मेरो टेबुलमा राखेको हैन। पत्र आउँदाकै दिन तोक लगाएर प्रशासनमा पठाएको थिएँ । त्यहींबाट कार्यान्वयन प्रक्रिया अघि बढ्नुपर्ने थियो’, अर्यालले भने, ‘मेरो विषयमा अनर्गल प्रचार गरिएको हुन सक्छ।’ उनका अनुसार विवरण राख्ने र प्रक्रिया अघि बढाउने काम सचिव पुष्करको हो। ‘मैले तोक लगाएपछि सचिव कृष्णहरि पुष्करको टेबुलमा जान्छ, त्यहींबाट सबै प्रक्रिया अघि बढ्ने हो,’ अर्यालले भने।

खासगरी सरकारी कर्मचारीहरू, सार्वजनिक संघसंस्थामा राजनीतिक नियुक्ति पाएका अधिकारीहरूको विदेशी नागरिकता र आवासीय अनुमति पत्र भएको उजुरी अख्तियारमा परेपछि छानबिनका लागि प्रधानमन्त्री कार्यालयलाई पत्राचार गरिएको हो। अख्तिार स्रोतका अनुसार कतिपय बहालवाल सचिवसँग विदेशी नागरिकता र आवासीय अनुमति पत्र भएको उजुरी परेपछि अख्तियारले सरकारका मुख्यसचिवमार्फत मन्त्री, सांसद, सरकारी र सार्वजनिक निकायका उच्च ओहोदामा रहेका अधिकारी, राजनीतिक नियुक्ति पाएका व्यक्तिका बारेमा अनुसन्धान गर्न र कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो। तत्काल प्रक्रिया अघि नबढेपछि अख्तियारले सोधखोज गरेको थियो। अख्तियारको सोधखोजपछि मात्रै सचिव पुष्करले पत्र कार्यान्वयन प्रक्रिया अघि बढाएका हुन्। ‘अख्तियारले पटकपटक ताकेता गरेपछि मात्रै पत्र कार्यान्वयनतर्फ अघि बढेको छ,’ स्रोतले भन्यो।

प्रक्रिया अघि बढेपछि आशंकित व्यक्तिहरूबाट विवरण माग गर्ने काम भइरहेको स्रोतले जनाएको छ। अख्तियारले कतिपय सार्वजनिक निकायमा विदेशी नागरिकता र आवासीय अनुमति पत्र लिएकाले पनि नियुक्ति पाएको भन्दै यसबारे तत्काल मापदण्ड, कार्यविधि र निर्देशिका बनाएर लागु गर्न सरकारलाई सचेत गराएको छ। नेपालको संविधानको धारा २९१ मा नियुक्तिका लागि योग्य नहुनेसम्बन्धी विशेष व्यवस्था छ। उक्त धाराको उपधारा (१) मा संविधानमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको नेपालको नागरिक यस संविधानबमोजिम निर्वाचन, मनोनयन वा नियुक्ति हुने पदमा निर्वाचित, मनोनित वा नियुक्तिका लागि योग्य हुने छैन भन्ने व्यवस्था गरिएको छ ।

दुईजनामाथि छानबिन

विदेशी नागरिकता र आवासीय अनुमति पत्र लिएको आशंकामा दुई विशिष्ट तहका व्यक्तिमाथि छानबिन सुरु भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेका उजुरीका आधारमा छानबिन सुरु गरिएको हो। ‘दुई व्यक्तिहरू छानबिनमा परेका छन्, उनीहरूले विदेशी आवासीय अनुमति पत्र लिएनलिएको बारेमा सम्बन्धित देशसँग बुझ्ने काम भैरहेको छ,’ अख्तियार दुरूपयोग अनुसन्धान आयोग स्रोतले भन्यो।
अर्को समाचार
अख्तियारद्वारा राहदानी विभागमा छापा
०१ पौष २०८१
•
४ मिनेट पाठ
अख्तियारद्वारा राहदानी विभागमा छापा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागमा छापा मारेको छ। सर्भर ह्याक तथा ई–पासपोर्टको छपाइका लागि भएका कमजोरीमा देखिएको अनियमितताको विषयमा अख्तियारले विभागमा छापा मारी त्यससँग सम्बन्धित सबै कागजात नियन्त्रणमा लिएको छ। अख्तियार स्रोतको अनुसार गत बिहीबार विभागमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो।




अख्तियारले ई–पासपोर्टको छपाइका लागि हुने करिब १२ अर्बको टेन्डरमा चासो देखाउँदै तीसँग सम्बन्धित कागजात पनि नियन्त्रणमा लिएको हो। साथै यसअघि राहदानी विभागले २० लाख ई–पासपोर्ट छपाइका लागि छनोट गरेको आइडिमिया कम्पनीसँग पटक–पटक गरी ३१ लाख विद्युतीय राहदानी भेरिएसनबाट लिँदा आर्थिक हिनामिना गरेको विषयमा अनुसन्धान गर्न पनि सबै कागजात नियन्त्रणमा लिएको हो।

राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले नै प्राविधिक समस्या खडा गरेको समाचार बाहिरिएपछि अख्तियारले यसलाई चासोका साथ हेरेको थियो।

एक सातादेखि प्राविधिक समस्या खडा गर्ने ह्याकरको सूचना प्रवाह गर्ने, भाइरस पस्यो भन्ने तर टेन्डरको सूचना निस्कनु दुई दिनअघि समस्या सुल्झाउने दिशमा लाग्ने कार्य शंकास्पद रहेको समाचार बाहिर आएको थियो। साथै विभागले औपचारिक रूपमा साइबर सुरक्षा केन्द्र र सूचना प्रविधि केन्द्र दुवैलाई दिएको थिएन, अनौपचारिक रूपमा सहयोग मागे पनि साइबर हमला भएको हो कि होइन भन्ने यकिनका साथ भन्न सकेको छैन। नेपाल प्रहरीको साइबर ब्युरोलाई त यो विषयमा झन् जानकारी नै दिइएको थिएन।

पछिल्लो डेढ दशकदेखि नेपालको राहदानी छपाइमा र सफ्टवेयर व्यवस्थापनका एकछत्र राज गर्दै आएको आइडिमियाले नयाँ टेन्डर पनि लिन अनेक तिकडम गरेको समाचार प्रकाशन भएसँगै अख्तियार सक्रिय भएको थियो। यसअघि नै टेन्डरभन्दा पनि भेरियसनबाट धेरै छपाइ गरेर नाफा बढाएको कम्पनीले नयाँ टेन्डर हत्याउन सिस्टममा नै समस्या देखाएर अनुकूल प्रभाव पारेको थियो।

विभागले मंसिर १३ मा दुईवटा टेन्डर निकालेको थियो, जसमा ९ नम्बर बुँदामा एकै कम्पनीले दुवै टेन्डरको मापदण्ड पूरा गरी आवदेन दिए त्यसलाई स्वीकार गर्न सकिने बुँदा राखिएको छ। यो बुँदाले सफ्टवेर व्यवस्थापनको काम गरिरहेको कम्पनी आइमियालाई मात्रै समेट्नेछ। सोही कम्पनीलाई समेट्ने गरी टेन्डर निकालेपछि मात्रै राहदानी सिस्टममा आएको समस्या सुल्झन थालेको थियो।

तर राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले यो टेन्डर निकाल्ने प्रक्रिया र अहिले आएको समस्या फरक भएको बताएका थिए। ‘टेन्डर निकाल्ने प्रक्रिया लामो हुन्छ, त्यसका हरेक बुँदामा छलफल हुन्छ। लामो छलफलपछि प्राविधिकहरू सहितको रायसुझाव र सल्लाहअनुसार टेन्डर प्रक्रिया हुन्छ। मंसिर १३मा निकालिएको सूचना र सिस्टममा आएको समस्या जोडेर हेर्न मिल्दैन, टेन्डर कानुन नियमअनुसार नै आएको छ। यो नयाँका लागि प्रतिस्पर्धा हो पुरानोसँग जोड्न मिल्दैन,’ विभागका महानिर्देशक अर्यालले भनेका छन्।

सफ्टवेयर प्रणालीमा आएपछि आइडिमियाको नेपालस्थित प्रतिनिधिहरूले टेन्डर ‘डकुमेन्ट’मा खेल्न मौका पाएका थिए। उनीहरूले राहदानी विभागका कर्मचारीलाई दबाबमा राखेर आफ्नो उपस्थिति नभए राहदानीको प्रक्रिया नै सुचारु हुन नसक्ने आभास गराएका थिए। जसका कारण मंसिर १३ गते प्रकाशित टेन्डरको ९ नम्बर बुँदा कायम गरिएको थियो। आइडिमियाका नेपाल प्रतिनीधि सिद्धार्थ पाण्डे छन्।

एमआरपी पासपोर्ट वितरणसँगै नेपाल प्रवेश गरेको आइडिमिया कम्पनी तथा विभागका उच्च पदस्थ कर्मचारी भेरिएसनबाट लिने लागिपरे पनि विभागले टेन्डर निकालेको थियो। तर टेन्डर प्रक्रियाबाट पुनः सोही कम्पनीलाई मात्रै आउने बाटो खुला गरिदिएपछि भने अख्तियारले पनि चासो राखेको हो। अघिल्लो प्रकरणमा अख्तियारले २० लाख राहदानी छपाइका लागि छनोट भएकै कम्पनीसँग बारम्बार ३१ लाख राहदानी भेरिएसनबाट लिन पर्नुको कारणलगायत विषयमा विभागका कर्मचारीको संलग्नताबारे अनुसन्धान गरिरहेको छ।

आइडिमियाका नेपाल प्रतिनिधि पाण्डेसँग आर्थिक लाभ लिँदै ३१ लाख राहदानी भेरिएसनबाट लिएको भन्ने विषयमा अख्तियार गम्भीर भएको थियो। भेरिएसनबाट राहदानी लिँदा पूर्वाधार तथा प्रविधिको लागत रकम नघटाई सुरुकै रकममा भेरिएसनबाट राहदानी लिएको भन्दै अनुसन्धान थालिएको थियो।

अख्तियारले छानबिन थालेसँगै पाण्डेले अनुसन्धान प्रभावित पार्न विभिन्न शक्ति केन्द्र धाएको स्रोतको दाबी छ। उनले परराष्ट्रमन्त्री आरजु देउवालाई समेत भेट्ने कोसिस गरेको स्रोतले जनाएको छ। परराष्ट्रमन्त्री अहिले विदेश भ्रमणमा छिन्।

विभागले अहिले प्रतिस्पर्धाबाट ६४ लाख राहदानी छपाइ गर्न लागेको सोही कम्पनीलाई मिल्ने गरी स्पेसिफिकेसन राखेको विषयमा नेपालका सरकारी कम्प्युटर इन्जिनियरहरूको आपत्ति छ। विभागले ३१ लाख राहदानी भेरिएसनबाट छपाइ गर्दा २४ लाख ५० हजार डलर हिनामिना गरेको स्रोतको दाबी छ।

विभागका कर्मचारीहरूले कम्पनीको एजेन्टसँग आर्थिक लाभ लिँदै राहदानी वितरण सुरु गरेको स्रोतको दाबी छ। २०७९ भदौ २३ गते बोलपत्रबाट छपाइ भएको २० लाख राहदानीको १५ प्रतिशत भेरिएसन गरी ३४ पृष्ठको थप तीन लाख राहदानी साबिककै दरमा खरिद गर्ने निर्णय गर्दा आर्थिक अनियमितता भएको भएको महालेखा परीक्षकको कार्यालयले २०८० को प्र्रतिवेदनमा मा उल्लेख गरेको छ।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
यो पनि पढौँ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस