काठमाडौं – संसद्को तीनवटा समितिमा दुवै सदनका सदस्य रहने भएका छन्। संसदीय सुनवाइ, महाभियोग र विशेष समितिमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य रहने व्यवस्था गर्न लागिएको हो।
प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी १३ वटा विषयगत समिति छन्। तीमध्ये ३ वटामा दुवै संसद्का सदस्य रहने संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले बताए। ‘संसदीय सुनवाइ समिति र महाभियोग समितिमा प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैतर्फका सदस्य रहने सुझाव दिइएको छ,’ डा. गौतमले नागरिकसँग भने, ‘अन्य समितिभन्दा संवेदनशील भएकाले ‘चेक एन्ड ब्यालेन्स’ गर्न यी समितिमा दुवैतर्फका सदस्य राख्न लागिएको हो।’ आवश्यकताअनुसार बेलाबेलामा गठन हुन सक्ने भन्दै विशेष समितिको परिकल्पना गरिएको उनले बताए।
संघीय संसद्ले तयार पारेको प्रारम्भिक मस्यौदामा टेकेर प्रतिनिधिसभा नियमावली समिति र राष्ट्रियसभा नियमावली समितिमा छलफल सुरु भएको छ।
संघीय संसद्ले तयार पारेको मस्यौदामा प्रतिनिधिसभामा सातवटा विषयगत समितिको परिकल्पना गरिएको छ। जसअनुसार अर्थ, उद्योग तथा वाणिज्य समिति, कानुन, न्याय तथा अन्तर्राष्ट्रिय सम्बन्ध समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था समिति, विकास तथा प्रविधि समिति, जनसंख्या महिला तथा शिक्षा समिति, सार्वजनिक लेखा समिति छन्। राष्ट्रियसभातर्फ दिगो विकास समिति, विधायन समिति, प्रत्यायोजित व्यवस्थापन समिति रहनेछन्।
प्रतिनिधिसभा नियमावली समितिको सभापतिमा कृष्णभक्त पोखरेल चयन भइसकेका छन्। समितिले बैठक सञ्चालनको कार्यविधि तयार पारेको छ। सभापति पोखरेलले चालू संसद् बैठकमै नियमावली निर्माण गरी संसद् बैठकमा पेस गर्ने प्रतिबद्धता जनाएका छन्। आगामी चैत २५ भित्र सो नियमावली संसद्बाट पारित गराउने तयारी छ।
प्रतिनिधिसभातर्फ
१) अर्थ, उद्योग तथा वाणिज्य समिति
२) कानुन, न्याय तथा अन्तर्राष्ट्रिय सम्बन्ध समिति
३) कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति
४) राज्य व्यवस्था समिति
५) विकास तथा प्रविधि समिति
६) जनसंख्या महिला तथा शिक्षा समिति
७) सार्वजनिक लेखा समिति
राष्ट्रियसभातर्फ
१) दिगो विकास समिति
२) विधायन समिति
३) प्रत्योजित व्यवस्थापन समिति
संयुक्त समिति
१) सार्वजनिक सुनवाइ समिति
२) महाभियोग समिति
३) विशेष समिति