पोखरा – प्रदेश सञ्चालनका लागि मन्त्रालयहरु धमाधम कानून बनाउन जुटेका छन्। संघीय संरचनामा नयाँ अभ्यासमा रहँदै गर्दा प्रदेश सरकारकाले कानून निर्माणलाई प्राथमिकता दिएको हो।
यसका लागि प्रदेशमा रहने सातवटै मन्त्रालयहरुले कार्यविधी विधेयक मस्यौदाहरु पेश गर्न थालेका छन्। मन्त्रीपरिषदको दोश्रो बैठकले प्रदेशका कानुन निर्माण गर्न आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानको संयोजकत्व रहने गरी चार सदस्यिय प्रदेश कानुन मस्यौदा समिति गठन गरेको थियो।
मन्त्रिपरिषदले अहिले आर्थिक मामिला तथा योजना मन्त्रालयका धेरै विधेयकहरुलाई बनाउन सैद्धान्तिक सहमति दिएको छ। मन्त्रालयले पेश गरेको आर्थिक कार्यविधी पारित पनि भईसकेको छ। मन्त्रीपरिषदको तेश्रो बैठकले विधेयकको मस्यौदा तयार पार्न सैद्धान्तिक सहमति दिएको थियो।
उक्त विधेयक संसद बैठकमा पेश भएर विधायन समितिको संशोधन सहितको रायसुझावको आधारमा संसदको १० औँ बैठकले पारित गरेको हो। यो विधेयकका आधारमा नै बजेट निर्माण प्रक्रिया अगाडि बढ्नेछ। मन्त्रिपरिषदले चैतको तेश्रो साताभित्र बजेट ल्याउने तयारी गरेको छ।
मन्त्रालयका सचिव विष्णुराज ढकालले भने, ‘चालु आर्थिक वर्षको बजेट ल्याउन बाटो खुलेको छ। अब दुईसातामा काम सक्नुपर्नेछ।’ ढकालका अनुसार आगामी आर्थिक वर्षको बजेटका लागि संघीय अर्थमन्त्रालयमै बाटो रोकिएको छ। आगामी आर्थिक वर्षको बजेटको आकारबारे संघीय अर्थ मन्त्रालयले अझैसम्म ‘सिलिङ’ दिएको छैन। संघीय अर्थमन्त्रालयले फागुन मसान्तसम्म प्राकृतिक श्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा बजेटको सिलिङ दिने भनेपनि अहिलेसम्म नआएको उनले बताए।
‘प्रदेशले लगाउने कर अनुमान गरेर मात्र आगामी आर्थिक वर्षको अनुमानित बजेट आउनेछ,’ उनले भने, ‘संघीय सरकारले दिने अनुदानमा पनि बजेटको आकार भर पर्छ।’ आर्थिक विधेयक पारित भएपछि मन्त्रालयले प्रदेश सञ्चित कोष संचालन सम्बन्धि कार्यविधि बनाउने तयारी गरिरहेको छ।
मन्त्रीपरिषद्ले कार्यविधी स्वीकृत गरेपछि प्रदेशको लेखा नियन्त्रण कार्यालयले प्रदेशको सञ्चित कोष र आयव्यय हिसाब राख्नेछ। त्यसपछि बल्ल विनियोजन विधेयक ल्याएर आर्थिक मन्त्रालयमार्फत कार्यक्रम पेश हुनेछ। ‘प्रदेशको पहिलो बजेट नै यो हुनेछ,’ उनले भने, ‘त्यसपछि बल्ल आगामि वर्षको बजेट बनाउन हामी जुट्नेछौं।’
आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश कर कानून र वित्तीय समानीकरण अनुदान सम्बन्धि विधेयक मस्यौदा तयार पार्न मन्त्रिपरिषदले सैद्धान्तिक सहमति दिएको छ। यी विधेयकको मस्यौदा निर्माण अगाडि बढिसकेको उनले बताए। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पेश गरेका स्थानीय तह सम्बन्धि कानून र प्रदेश योजना तथा नीति आयोग गठन सम्बन्धि आदेश तयार गर्नको लागि मन्त्रिपरिषदले सैद्धान्तिक सहमति दिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव लालमणि ओझाले भने, ‘मन्त्रालयका कानूनहरुको विषयमा विज्ञहरुसँग छलफल र अन्तरक्रिया चलिरहेको छ।’ आवश्यक कानूनको लागि सैद्धान्तिक सहमति मागेर अगाडि बढिएको उनले बताए। ‘स्थानीय तहको कानुन सम्बन्धमा कानून सचिवदेखि स्थानीय तहका कानुनी सल्लाहकार, विज्ञहरु, मुख्य न्यायधिवक्तासँग राय सुझाव मागेर अगाडि बढिएको छ’ उनले भने, ‘संघीय सरकार, कानुन मन्त्रालयसँग पनि छलफल भईरहेको छ।’ प्रदेश योजना तथा नीति आयोग गठनको विषय पनि प्रक्रिया अगाडि बढाइएको उनले बताए।
यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयले पेश गरेका चारवटा विधेयक मस्यौदाहरु संसद बैठकमा पेश गर्नको लागि स्वीकृत भईसकेका छन्। संसदको सोमबार (आज) बस्ने बैठकमा कानून मन्त्रालयका स्थानीय तहका पदाधिकारीहरुको सेवा सुविधा सम्बन्धि विधेयक, सभामुख÷उपसभामुख र प्रदेशसभा सदस्यहरुको पारिश्रमिक तथा सेवा सुविधा, मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक सम्बन्धि विधेयक र सार्वजनिक लिखत प्रमाणीकरण विधेयक संसदमा पेश गर्न अनुमति दिईएको हो। मन्त्रिपरिषदको तेश्रो बैठकले यी विधेयकहरुको मस्यौदा तयार पार्न सैद्धान्तिक सहमति दिएको थियो। यी विधेयकहरु सोमबारको संसद बैठकमा पेश भएपछि विधायन समितिलाई जिम्मा दिइनेछ।
यस्तै कानून मन्त्रालयले माग गरेको स्थानीय तह सञ्चालन, बैठक सञ्चालन कार्यविधी निर्माण गर्न सैद्धान्तिक सहमति दिइएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव फणिन्द्रमणि पोखरेलले भने, ‘संघीय कानून नबनेका कारण प्रदेश कानून निर्माणमा समेत ढिलाई भएको छ।’ ‘हामीले संवैधानिक अधिकार भित्र रहेर प्रदेश कानून निर्माणको प्रक्रियामा छौँ, संघीय मन्त्रालयले कानून नबनाएका कारण प्रदेश कानुन बाझिन समेत सक्छ’ उनले भने, ‘प्रदेश कानून नबनेसम्म अरु काम अगाडि नबढ्ने हुँदा प्रदेश मन्त्रीहरुसँग छलफल गराएर संसदमा पेश गर्ने गरेका छौँ।’
नयाँ संरचनामा काम गर्दा कानुन बाझिन सक्ने सम्भावना समेत रहेको उनी बताउँछन्। उनले भने, ‘बाझिन पनि सक्छ, बाझिएको खण्डमा खारेज गरौँला, अहिले प्रदेश सञ्चालनको लागि मन्त्रीहरुसँग छलफल गरेर संसदमा पारितको लागि पेश गर्ने गरेका छौं।’