प्रधानमन्त्री पुष्पकमल दाहालले आफू सदनबाट नभागेको बताएका छन्।
आज प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सांसदहरूले सदनमा आउन डरायो भनेको सुन्दा नमिठो लागेको र आफू सदनबाट नभागेको बताएका हुन्।
उनले प्रधानमन्त्री र राष्ट्रपतिको विदेश भ्रमणको बारेमा सदनले बुझ्न खोज्नुलाई आफूले स्वभाविक नै ठानेको बताए।
उनले भने, 'केही माननीयहरूले किन डराएको प्रधानमन्त्री सदन आउन भन्या जस्तो शब्द पनि प्रयोग गरेको मैले सुनेँ। कतिपयले यसलाई अन्य रूपमा व्याख्या गरेको सुन्दा नमिठो त लाग्यो तर पनि सदनमा जानकारी लिन खोजी गर्नु स्वभाविक नै ठान्छु।'
केही दिनअघि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिको विदेश भ्रमणबारे सदनलाई जानकारी नगराएको भन्दै प्रधानमन्त्री सदनबाट भागेको आरोप लगाएको थियो।