महामन्त्री प्रतिवेदनले रास्वपामा हल्लीखल्ली
१५ असार २०८१
•
५ मिनेट पाठ
महामन्त्री प्रतिवेदनले रास्वपामा हल्लीखल्ली
इलाम–२ को उपनिर्वाचनमा अपेक्षाविपरीत जमानत जफत भएपछि झस्किएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई ‘समीक्षा यात्रा’मा पठाएको थियो। यात्राको उद्देश्य थियो, पार्टीका विषयमा जनस्तरमा पुगेर धारणा लिने। सोहीअनुसार जेठ ६ गते यात्रामा निस्किएका ढकाल ३८ जिल्लाको यात्रा गरी २ हजारभन्दा बढी व्यक्तिसँग भेटेर असार ५ गते काठमाडौं फर्किए। लगत्तै उनले रास्वपाको ‘घन्टी’मा ‘कालो बादल मडारिएको’ भन्दै चिन्ता व्यक्त गरेका थिए।




रास्वपाको स्थापना दिवस (असार ७ गते) मा फेसबुकमा नै महामन्त्री ढकालले ‘पार्टी जोगाउने वा नजोगाउने, हाम्रो औचित्य के हो भन्ने गम्भीर र उच्च संवेदनशील प्रश्नका अगाडि हामी खडा छौं’ भनेर लेखेका थिए। पार्टी जोगाउन, जनताको आशा जोगाउन, उच्च सचेतनासहित ‘केही बोल्ड निर्णय’ लिएर जानुपर्ने उनले औंल्याएका थिए।

बुधबार त प्रतिवेदन नै तयार पारेर सभापति रवि लामिछानेलाई बुझाइसकेका छन्। उनको प्रतिवेदन रास्वपाका ‘चिन्तैचिन्ताको पन्तुरो’ रहेको तथ्य लगभग खुलिसकेको छ। रास्वपाले लिएको पछिल्लो राजनीतिक बाटो, सत्तारोहण, मन्त्रीहरूको अपेक्षाकृतभन्दा बाहिरको प्रदर्शन, सभापति लामिछानेका एकपछि अर्का विवादका शृंखलाले जनस्तरमा पार्टीप्रति वितृष्णा बढ्दै गएको तथ्य प्रतिवेदनले बोलेको महामन्त्री ढकालको आशयबाट बुझिन्छ। प्रतिवेदन बुझाइसकेपछि पत्रकारसँग कुरा गर्दै महामन्त्री ढकालले अझै खरो भाषामा पार्टीको अवस्था चित्रण गरेका छन्।

‘पार्टी बिरामी छ, अस्पतालमा राखेर उपचार गर्नुपर्छ,’ उनले भने, ‘कतै लाजले, कतै हीनताबोधले पार्टी बिरामी भएको हो। यसलाई स्वीकार गर्न सकिएन भने त्यतिबेलाको अवस्था निराशाजनक हुन्छ।’ अहिलेकै अवस्थामा पार्टी चुनावमा गए राष्ट्रिय पार्टी मात्र बन्न सक्ने उनले दाबी गरे।

‘तल गइराख्ने हो भने त्यो अवस्था पनि रहन्न,’ उनले अगाडि भने । महामन्त्री ढकालले आफ्नो यो समीक्षालाई पार्टी सुधारका लागि सचेतनाको घन्टीका रूपमा अथ्र्याउन खोजेका छन्। पार्टी सभापति लामिछानेलाई बुझाएको पत्रमा उनले लेखेका छन्, ‘यो प्रतिवेदन पार्टीले पार्टीको समकालीन वस्तुस्थितिको यथार्थ चित्रण गर्नुका साथै पार्टीले लिनुपर्ने दिशाका सम्बन्धमा मार्गदर्शनसमेत गर्ने मेरो विश्वास रहेको छ।’ 

महामन्त्री ढकालले यस्तो दाबी गरे पनि सार्वजनिक बोली र प्रतिवेदनले रास्वपाभित्र हल्लीखल्ली मच्चाएको छ। यात्रा सकेर काठमाडौं पुग्दा उनले सार्वजनिक गरेका अभिव्यक्तिले सभापति लामिछाने र उनीनिकट समूह चिढिएको स्रोत बताउँछ। उक्त समूहले ढकालको प्रतिवेदनलाई विवादित दस्ताबेजका रूपमा लिएको छ।

यात्राबाट फर्किएपछि महामन्त्री ढकालले सुनाएको समीक्षाअनुसारको प्रतिवेदन तयार नगर्न दबाबसमेत सिर्जना भएको स्रोतले बतायो । जसमा २०८४ सालमा एकल बहुमत ल्याउने दाबीविपरीत जनमत गइरहेको रास्वपा आफैले स्विकार्ने विषय थियो। यस्तै सत्ता गठबन्धनमा पर्न सक्ने सम्भावित असरका विषय पनि समेटिएकाले सभापति लामिछानेले ती विषय रोक्न संकेत गरेका थिए।

तर महामन्त्री ढकालले ३३ पेजको प्रतिवेदन तयार पारे। सभापति लामिछाने र उनीनिकट व्यक्तिको चाहनाविपरीत प्रतिवेदन तयार पारेकैले उनले ‘महामन्त्री पद गए पनि पाण्डवको सहदेव नबन्ने’ टिप्पणी गरेको स्रोतको दाबी छ।

सभापति लामिछानेलाई बुझाएकै पत्रमा उनले आफूमाथि घृणित राजनीति भएकोसम्म लेख्न भ्याएका छन्। उनले लेखेका छन्, ‘यसमा मेरो पनि व्यक्तिगत राजनीतिको सवाल छ। मैले गर्दै नगरेका कामहरूलाई पनि मेरो नाममा थुपारिदिएर पार्टीभित्र घृणित राजनीति भयो।’ आफ्ना मनमा रहेका कुरा जनतालाई भन्न नपाएको उल्लेख गर्दै उनले आफ्ना कुरा के छन्, त्यो जनताले थाहा पाउनुपर्ने बताएका छन्।

त्यसका लागि उनले आफूले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न भनेका छन्। ‘यो प्रतिवेदन सार्वजनिक नगरिनु ममाथि पार्टीले गरेको अन्याय हुन्छ। ममाथि न्याय गरियोस् । यो प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गरियोस्,’ उनले लेखेका छन्।

विवादको विस्फोट

पार्टी सभापति लामिछानेलगायत नेताहरूले नचाहेको विषयसहित महामन्त्री ढकालले प्रतिवेदन बुझाएपछि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ। झन् महामन्त्री ढकालले नै प्रतिवेदन सार्वजनिक गर्न दबाब दिएपछि लामिछानेनिकट नेताहरू आक्रोशित बनेका छन्।

सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले त सञ्चारमाध्यममा अन्तर्वार्ता दिएरै प्रतिवेदनको आलोचना गरे। उनले ढकालले सञ्चारमाध्यममा अभिव्यक्ति दिँदै हिँडेको विषयमा खुलेर आलोचना गरेका हुन्। सरकारकै विषयमा महामन्त्री ढकालले आन्तरिक रूपमा समीक्षा भन्नुपर्ने सहममन्त्री बुर्लाकोटीले बताएका छन्। 

‘उहाँकै प्रस्तावअनुसार सरकारमा गएको हो। अनि प्रस्ताव गरेर सरकारमा गएको कुरामा उहाँले समीक्षा गरेर आन्तरिक भन्नुपथ्र्यो,’ उनले भनेका छन्, ‘केपी–प्रचण्डलाई मिडियामार्फत चिढ्याउन पर्दैनथ्यो। चिढ्याएर फाइदा छैन भन्ने कुरा सबैलाई थाहा छ। पार्टीको आन्तरिक छलफल गरेर अब उपयुक्त समयमा सरकारबाट एक्जिट हौं भनेर पो भन्नुपथ्र्यो।’

प्रतिवेदन सार्वजनिक गर्ने विषयमा पनि सहमहामन्त्री बुर्लाकोटीको तिखो जबाफ छ। उनले सभापति लामिछानेलाई छलफल गर्नुपर्ने महसुस भए बैठकमा ल्याउने र नभए आवश्यक छैन भन्ने जवाफ दिए पुग्ने बताएका छन् । यस्तो अवस्थामा पनि महामन्त्री ढकालले आधा मिडियामा बोलिसकेको र आधा केही दिनमा सार्वजनिक गरिहाल्ने बताएका छन्।

महामन्त्री ढकालको प्रतिवेदनको विपक्षमा सभापति लामिछानेनिकट रहेका उपसभापति डोरप्रसाद अर्याल, सहमहामन्त्री बुर्लाकोटीलगायत नेताहरू छन् भने अर्का उपसभापति डा. स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार, मन्त्रीहरू विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, सांसदहरू सोबिता गौतम, मनीष झालगायत प्रतिवेदनमाथि छलफल हुनुपर्ने पक्षमा रहेको स्रोत बताउँछ।

सांसद शिशिर खनालले महामन्त्री ढकाललाई पार्टीले नै खटाएकाले प्रतिवेदनलाई गम्भीरतापूर्वक अध्ययन गर्ने बताएका छन्। बिहीबार पत्रकारसँग कुरा गर्दै उनले भने, ‘उहाँ स्वेच्छाले भन्दा पनि पार्टीको नेतृत्वले नै केही भइरहेको छ कि, केही समस्या छ कि भनेर पत्ता लगाउन खटाइनुभएको हो। उहाँले केही कुरा पत्ता लगाएर ल्याएको छु भन्नुभएपछि स्वाभाविक रूपमा त्यसलाई हामीले अत्यन्त गम्भीरतापूर्वक अध्ययन गर्छौं।’ 

यही विषयमा महामन्त्री ढकाललाई पदबाट हटाउनेसम्मका चर्चासमेत भइरहेका छन् । केन्द्रीय सदस्य गणेश कार्कीले जिम्मेवारीबाट हटाउनेसम्मको काम हुन्छ भन्ने आफूलाई नलागेको बताउँछन्। ‘पार्टी विधिसम्मत चलेन भनेर त मैले भन्दै आएकै छु। आज महामन्त्री पनि थपिनुभयो। यत्तिले जिम्मेवारीबाट हटाइन्छ भन्ने लाग्दैन,’ उनले भने, ‘तर उनले जे प्रश्न पार्टीका अन्य नेतासमक्ष उठाउनुभयो, त्यसको धेरैजसो दोष उहाँलाई पनि जान्छ । हिजो उहाँ पनि सभापतिले भनेअनुसार नै आफ्नै किसिमले पार्टीलाई चलाउन खोज्ने व्यक्ति नै हो । उहाँहरूकै कारण अहिले पार्टी यो अवस्थामा पुगेको हो।’ 
अर्को समाचार
सूर्यदर्शन सहकारी पीडित भन्छन्: रास्वपाले हाम्रो भावनामाथि खेलवाड गर्‍यो
०७ कार्तिक २०८१
•
१ मिनेट पाठ
सूर्यदर्शन सहकारी पीडित भन्छन्: रास्वपाले हाम्रो भावनामाथि खेलवाड गर्‍यो
सूर्यदर्शन सहकारी बचत पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरूको सङ्घर्षलाई दबाउन खोजेको बताएका छन्।




बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सूर्य दर्शन सहकारी बचत पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरूको सङ्घर्षलाई दबाउन खोजेको बताएका हुन्।

आफूहरू सहकारीको बचत रकम फिर्ताको मागसहित आन्दोलित भएको भन्दै उनीहरुले रास्वपाले समेत सोही नारा बोकेर पीडितहरूको भावनामाथि खेलवाड गरेको आरोप लगाएका छन्।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सूर्यदर्शन सहकारी संस्थाका बचत पीडित गोकर्ण बरुवालले आफूहरू बचत रकम फिर्ताको मागसहित आन्दोलित भएको बताए।

उनले रास्वपाले आफ्नो राजनीतिक स्वार्थपूर्तिका लागि सहकारी पीडितको आवाज बोलेजस्तो गरेको आरोप लगाए।

सूर्यदर्शन बचत पीडित सङ्घर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले आफूहरू कुनै राजनीति पार्टीसँग सम्बन्धित नभएको भन्दै आफूहरूले बचत फिर्ताको माग राखेर आन्दोलन गरिरहेको सुनाए। उनले आफूहरूको बचत छिटोभन्दा छिटो फिर्ता गराउन सरकारसँग माग गरे।

सूर्यदर्शन सहकारी बचत पीडित सङ्घर्ष समितिका सचिव दुर्गानाथ न्यौपानेले पक्राउ पर्न बाँकी रहेका सहकारी ठगहरूलाई तुरुन्त पक्राउ गर्न माग गरे। उनले उनीहरूको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गराउनका लागि आफूहरूले सरकारलाई दबाब दिइरहेको बताए।

त्यसैगरी सूर्यदर्शन सहकारी बचत पीडित प्रेमप्रसाद रेग्मीले बाहिरी जिल्लाबाट पोखरामा आएका रास्वपाका कार्यकर्ताले सहकारी पीडितको घर–घरमा पुगेर आश्वासन दिइरहेका भन्दै खेद व्यक्त गरे।

उनले रास्वपा कार्यकर्ताले आफ्नो सभापति अनुसन्धानमा तानिएपछि मात्रै सहकारी पीडितको न्यायको लागि बोलेर आफूहरूको सङ्घर्षलाई अन्तै मोड्ने काम गरिएको बताए। 
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
यो पनि पढौँ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस