‘पपुलर हुन बोल्दिनँ’
०१ साउन २०८१
•
३ मिनेट पाठ
‘पपुलर हुन बोल्दिनँ’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयबारे आफूले बुझेर मात्र बोल्ने बताएका छन्। पदबहाली गर्नेबित्तिकै धारणा राखिहाल्नुपर्ने, केही बोलिहाल्नुपर्ने मानसिकताबाट टाढा रहनुपर्ने, ‘पपुलर’ हुन कुरा नबुझी बोल्न नहुने धारणा उनले राखे। मन्त्रालयमा सोमबार डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गरेर सूचना प्रविधिसम्बद्ध निकायको पुनःसंरचना गर्ने निर्णय सदर गरेपछि उनलाई पत्रकारहरूले जिम्मेवारी र योजनाबारे बोल्न भनेका थिए।




तर उनले अहिले बोलिहाल्नुपर्ने विषय केही नभएको बताए। मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले हस्तान्तरण गरेको प्रस्तावमा सञ्चारमन्त्री गुरुङले पदबहाली गर्दै पहिलो निर्णयका रूपमा उक्त निर्णय सदर गरेपछि आफूले मन्त्रालयको बारेमा जानकारी लिने अनि मात्र बोल्ने बताएका थिए।

‘राष्ट्रपतिले सम्बोधन गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा आएको विषय हो। सञ्चार तथा सूचना–प्रविधिको प्रयोगका लागि कानुनी र संस्थागत विकास गर्न गर्ने योजना रहेको र त्यसका लागि डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने तथा सूचना प्रविधिसम्बद्ध निकायको पुनर्संरचना गर्ने निर्णयको फाइल सदर गरेको छु,’ उनले भने।

मन्त्रालयमा कसरी काम गर्नुहुन्छ र के–के योजना छन् भन्ने सञ्चारकर्मीको जिज्ञासामा अहिले आफूले केही पनि नबोल्ने बताएका थिए। ‘आज केही पनि बोल्दिनँ, पद बहाली गरेको दिन ठुल्ठुला कुरा गर्ने तर काम केही नगर्नेजस्तो म गर्दिनँ, नीतिगत र संस्थागत अध्ययन गरेर कुन काम यो मन्त्रालयका लागि आवश्यक हो कुन होइन, त्यो बुझेर मात्रै बोल्नेछु,’ नवनियुक्त मन्त्री गुरुङले भने, ‘पपुलर हुन बोल्ने होइन। समस्याको समाधान गर्न प्रतिबद्ध भएर लाग्ने गरिआएको छु।’

लमजुङबाट प्रतिनिधिसभा सांसद बनेका एमाले उपमहासचिव पृथ्बीसुब्बा गुरुङ पहिलोपटक सूचना तथा सञ्चार प्रविधिमन्त्री बनेका हुन्। उनको सिंहदरबारमा मन्त्रीका रूपमा प्रवेश भने यो दोस्रो पटक हो। यसअघि उनी पर्यटनमन्त्री भएका थिए।

गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्रीसमेत बनिसकेका गुरुङले २०७९ को निर्वाचनमा तत्कालीन कांग्रेस–माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका महासचिव देव गुरुङलाई पराजित गरेका थिए।

२०३४ सालदेखि राजनीतिमा सक्रिय गुरुङ पार्टीभित्र स्पष्ट बोल्न र तर्कसंगत कुरा गर्ने नेतामा पर्छन्। उनलाई ओलीले सरकारका प्रवक्तासमेत बनाउने गरी सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका छन्।

विज्ञान विषयमा स्नातक गुरुङ सुरुमा शिक्षण पेसामा आबद्ध थिए। २०२७ सालमा ईशानेश्वर प्रमोद हाईस्कुल भोर्लेटार (अनेरास्ववियुको तर्फबाट) स्वतन्त्र विद्यार्थी युनियन सचिव बनेका थिए।

२०३७ सालमा तत्कालीन नेकपा मालेको सदस्यता लिएका गुरुङ २०४० सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष निर्वाचित भए। उनी पञ्चायतकालमै पटकपटक प्रहरी हिरासतमा परेका थिए।

२०५१ र २०५६ सालको आम निर्वाचन लमजुङमा पराजित भएका थिए। पहिलोपटक उनी लमजुङ–२ बाट २०६४ सालमा संविधानसभा निर्वाचनमा विजयी भएका थिए। गुरुङ नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका थिए।

आदिवासी जनजाति महासंघको नेतृत्वसमेत लिएका गुरुङ लमजुङमा कम्युनिस्ट राजनीतिलाई बलियो बनाउन भूमिका खेलेका नेतामध्ये प्रमुख मानिन्छन्। उनी २०७४ सालमा गण्डकीका मुख्यमन्त्री भएका थिए। 
अर्को समाचार
विकास र समृद्धि सरकारको प्राथमिकतामा छ: सञ्चारमन्त्री गुरुङ
१३ साउन २०८१
•
१ मिनेट पाठ
विकास र समृद्धि सरकारको प्राथमिकतामा छ: सञ्चारमन्त्री  गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकास र समृद्धि सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन्। प्रेस चौतारी नेपाल, जिल्ला शाखा लमजुङले आइतबार बेँसीसहर नगरपालिका–७ मनाङे चौतारामा आयोजना गरेको उनको सम्मान तथा भेटघाट कार्यक्रममा जनताको सेवा गर्नु सरकारको दायित्व भएकाले जनताको चाहनाअनुरुप सरकारले विकास गर्ने सञ्चारमन्त्री गुरुङले बताएका हुन्।




विभिन्न समयमा कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेको बताउँदै सञ्चारमन्त्री गुरुङले अहिले स्थिरता र जनतामा आशाको सञ्चार गर्न पुनः मिलेकाले सोही अनुरुप सरकारले विकास र समृद्धिको गति बढाउने विश्वास व्यक्त गरे। उनले सरकारमा अशोक राई, उपेन्द्र यादवलगायत नेतृत्वका पार्टीहरु पनि सामेल हुने जानकारी दिए। उनले सुशासनका लागि डिजिटल नेपाल आवश्यक रहेको धारणा राखे।

आगामी एक वर्षभित्रै सञ्चारजगत्का लागि आवश्यक ऐन, नियमहरू निर्माण गरिसक्ने बताउँदै उनले अहिलेको सूचना, प्रविधिको विकाससँगै समयअनुकूल हुनेगरी नयाँ ऐन, कानुनहरू तर्जुमा गरिने उल्लेख गरे। सञ्चारमन्त्री गुरुङलाई प्रेस चौतारी लमजुङका उपाध्यक्ष सुरज गुरुङलगायतले शाखाका तर्फबाट सम्मानपत्र प्रदान गरे। 

सो कार्यक्रममा पत्रकार कृष्ण केसी, मीना गुरुङ, नवराज पहाडी, मिलन शर्मालगायतले सञ्चारमाध्यम र पत्रकारहरुको अवस्थाका बारेमा जानकारी गराएका थिए। त्यसैगरी नेपाल कम्युष्टि पार्टी ९एमाले लमजुङले पनि आइतबार नै बधाई तथा सम्मान कार्यक्रम आयोजना गरी सञ्चारमन्त्री गुरुङलाई सम्मान गरेको छ। -रासस
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस