मकवानपुरको मनहरी गाउँपालिका १ नम्बर वडा अध्यक्ष शिवप्रसाद खनालले १२ कक्षा पास गरेका छन् । एसएलसी उत्तीर्णपश्चात् लामो समय पढाइलाई विश्राम दिएका ५० वर्षीय खनालले गत वर्ष ११ र यस वर्ष १२ को परीक्षा दिएका थिए ।
शुक्रवार प्रकाशित परीक्षा अनुसार खनालले २.४१ जिपिए ल्याएर १२ कक्षा पास गरेका हुन् । अघिल्लो वर्ष उनले ११ पास गरेका थिए ।आफ्नै वडामा रहेको बाल जीवन ज्योति माविको व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी समेत सम्हालेपछि उनी कक्षा ११ मा भर्ना भएका थिए । स्कुलको पढाइ सुधार्ने अभियानमा लागिपरेका खनाल आफैं ११ मा भर्ना समेत भएका थिए ।
१२ कक्षा पनि पास गरेँ । अब कसैले सोध्दा प्लस टु पास गरेको छु भन्न सक्ने भएको छु, वडा अध्यक्ष खनालले खुसी हुँदै भने, ‘पढ्ने रहरलाई उमेरले छेक्दैन रहेछ भन्ने बुझेको छु । मैले रहरसँगै मेहनत पनि गरेँ । आज सफल भएको छु धेरै खुसी लागेको छ । खनालका दुई वटै छोराले स्नातक तहसम्मको पढाइ पूरा गरिसकेका छन् । पढाइलाई थप अघि बढाउने नबढाउने विषयमा भने निर्णयमा नपुगिसकेको उनले बताए ।
१२ को परीक्षा दिदै मकवानपुरको मनहरी गाउँपालिका १ नम्बर वडा अध्यक्ष शिवप्रसाद खनाल (फाइल तस्वीर) खनाल मनहरिको १ नम्बर वडामा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । वडा अध्यक्षको जिम्मेवारी अझै ३ वर्ष बाँकी छ । जनताको काम गर्नुपर्ने दायित्व पनि छ । कम्तीमा १२ पास गरौँ भन्ने सोचले ११ मा भर्ना भएको थिएँ, एउटा अठोट पूरा भएको छ’, उनले भने,‘अब पढाइलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा परिवारसंग सल्लाहकार गर्न बाँकी रहेको छ । यता मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन काला खेतीले वडा अध्यक्ष खनालको नतिजाले अरूलाई समेत हौसला मिल्ने प्रतिक्रिया दिए । हामी निर्वाचित भएर आए देखी नै मनहरिको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको प्रयास गरिरहेका छौं काला खेतीले भने, यहि अवस्थामा वडा अध्यक्षले १२ पास गरेको खबर सुन्दा खुसी लागेको छ । पढ्न चाहनेलाई उमेरले बाधा पुराउँदैन भन्ने यो गतिलो उदाहरण हो ।
मकवानपुरको मनहरी गाउँपालिकाले विपन्न परिवारको निधन पश्चातको काजक्रियामा आर्थिक सहयोग गर्न सुरु गरेको छ। परिवारका सदस्यको निधन पश्चात काजक्रिया गर्न आर्थिक समस्या झेल्दै आएका विपन्नहरूलाई आर्थिक सहयोग उपलब्ध गराउन थालेको हो।
गाउँपालिकाले यसै आर्थिक वर्षबाट मृतकको घरमै पुगेर काजक्रिया बापतको रकम उपलब्ध गराउन सुरु गरेको हो।यस अवधिमा मनहरी गाउँपालिकाको १६ परिवारलाई काजक्रिया बापतको रकम सहयोग गरिएको छ। प्रत्येक विपन्न परिवारलाई २० हजार रुपैयाँसहित श्रद्धाञ्जली पत्र हस्तान्तरण गर्ने गरिएको छ। वडा कार्यालयले विपन्नको सिफारिस गरेपछि गाउँपालिका कार्यालयले काजक्रिया बापत २० हजार रुपैयाँ नगद उपलब्ध गराउने गरेको हो।
‘मनहरी गाउँपालिकामा आर्थिक अभावकै कारण काजक्रिया रोकिने अवस्थाको परिवार पनि छन्। विपन्न परिवारको दुःखमा मल्हम लगाउने प्रयास गरेका हौँ’, गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले भने, ‘कार्यपालिकाको बैठकले निर्णय गरेरै विपन्न परिवारको काजक्रियाका लागि २० हजार रुपैयाँ सहयोग गर्न थालेका हौँ ।
’ गाउँपालिका अध्यक्ष कालाखेती, उपाध्यक्ष सीता पुलामी मगर, सम्बन्धित वडा अध्यक्षसहितका जनप्रतिनिधि विपन्नको घरमै पुगेर नगद सहयोग गर्दै समवेदना व्यक्त गर्ने गरेका छन्। दुःखको अवस्थामा सहयोग गर्न आएकोप्रति विपन्न परिवारले केही खुसी व्यक्त गर्ने गरेका छन्। ‘आगामी दिनमा पनि विपन्नको काजक्रियामा सहयोग गर्ने क्रमलाई निरन्तरता दिँदै जानेछौँ। यसबाट विपन्नलाई केही राहत पुगेको महसुस गरेका छौँ’, गाउँपालिका उपाध्यक्ष मगरले भनिन्, ‘दुःख, अप्ठेरोमा परेका पालिकावासीको साथमा हामी सधैँ रहनेछौँ ।’ गाउँपालिकाले विपद्मा परेर ज्यान गुमाएकाको परिवारलाई पनि नगद ५० हजार रुपैयाँ सहयोग गर्दै आएको छ।
कार्यपालिकाले निर्णय गरेरै विपद्मा ज्यान गुमाएकाको परिवारलाई ५० हजार रुपैयाँ सहयोग गर्न सुरु गरेको हो। यस आर्थिक वर्षको हालसम्मको अवधिमा ५ परिवारलाई सहयोग गरिएको मनहरी गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र भट्टराईले जानकारी दिए। यस वर्षको विपद्मा परेर मनहरीका ५ परिवारले ज्यान गुमाएका छन्।
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...