प्रजातन्त्र सेनानीहरूलाई राज्यले सम्मान गर्नुपर्छ : राष्ट्रपति पौडेल
२१ साउन २०८१
•
१ मिनेट पाठ
प्रजातन्त्र सेनानीहरूलाई राज्यले सम्मान गर्नुपर्छ : राष्ट्रपति  पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र स्थापना र पुनस्र्थापनको अविश्राम र अथक संघर्षका कष्टकर क्षण व्यतित गर्ने प्रजातन्त्र सेनानीहरूको त्याग र संघर्षको राज्यले उचित कदर र सम्मान गनुपर्ने बताएका छन्।




प्रजातन्त्रका लागि संघर्ष गरेका प्रजातन्त्र सेनानीहरूसँग सोमबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन।

‘ प्रजातन्त्र सेनानीहरूले विगतमा गर्नुभएको योगदानको कदर गर्दै उहाँहरूलाई सरकार र सम्बन्धित निकायले दिनुपर्ने सम्मान, सुविधा र सहयोगमा कुनै कञ्जुस्याई हुने छैन भन्ने मैले विश्वास लिएको छु’, उनले भने ।  

राष्ट्रपति पौडेलले स्वतन्त्रता सेनानीहरूले राखेका विषयप्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।‘ नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनामा तपाईहरूको संर्घष, त्याग र योगदान महत्वपूर्ण छ, अहिले तपाईहरूलाई राज्यले जे जति गर्नुपर्ने थियो त्यो भइरहेको छैन् भन्ने मैले महसुश  गरेको छु’, उनले भने।

शहीद र प्रजातन्त्र सेनानीहरूको त्याग, वलिदान र संघर्षका कारण अहिले हामीले संघीय लोकतान्त्रिक गणतन्त्रान्त्रमक शासन व्यवस्था पाएको उनको भनाइ थियो । ‘राजनीतिक स्थायित्व, सुशासन र जनताको आकांक्षा पुरा हुन सकेमात्र मुलुक विकासको बाटोमा अघि बढ्छ, हामीले अपनाएको शासन प्रणाली सुदृढ हुन्छ र लोकतान्त्रिक मूल्यमान्यता, आदर्श र निष्ठाका साथ हाम्रा अग्रजहरूले गरेको त्याग र संघर्षले सार्थकता पाउनेछ’, राष्ट्रपति पौडेलले भने । यसमा सबै लोकतन्त्रप्रेमीहरू सधैँ सचेत र जागरुक रहनुपर्ने उनको भनाइ थियो ।  

सो अवसरमा नेपाल प्रजातन्त्र सेनानी संघका अध्यक्ष बालकृष्ण दाहालले प्रजातन्त्र सेनानीहरूका लागि राज्यले दिनुपर्ने सुविधा र सम्मानबारे राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएका थिए।
अर्को समाचार
सरकारवादी मुद्दाकै अनुसन्धान र अभियोजन कमजोर
२९ पौष २०८१
•
४ मिनेट पाठ
सरकारवादी मुद्दाकै अनुसन्धान र अभियोजन कमजोर
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन बुझाउँदै महान्यायाधिवक्ता रमेश बडाल।तस्बिर सौजन्य: राष्ट्रपतिको कार्यालय
फौजदारी कानुनमा सुधारका लागि दिएका सुझाव कार्यान्वयन नहुँदा सरकारीवादी मुद्दामा अनुसन्धान र अभियोजन प्रभावकारी हुन नसकेको औंल्याइएको छ। सरकारको कानुनी सल्लाहकार रहेको महान्यायाधिवक्ता कार्यालयले आइतबार राष्ट्रपतिलाई फौजदारी कानुनमा देखिएका समस्या र सुझावहरूसहित वार्षिक प्रतिवेदन बुझाएको हो।




राष्ट्रपति रामचन्द्र पौडेललाई शीतल निवास पुगेर महान्यायाधिवक्ता रमेश बडालले सुझावसहितको वार्षिक प्रतिवेदन बुझाएका हुन्। फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यालयको प्रतिवदेन अनुसार तत्काल सुधार गर्नुपर्ने सुझाव पनि सरकारलाई दिइएको छ। प्रतिवेदनमा २०८० साउनदेखि २०८१ असारसम्म दर्ता गरिएका सरकारीवादी मुद्दामा बहस, पैरवी, प्रतिरक्षाका तथ्यांक, प्रक्रिया उल्लेख गरिएका छन्।

विभिन्न कानुन समयअनुसार व्यावहारिक रूपमा तत्काल परिमार्जन हुन नसक्दा मुद्दा सफलतामा असर पुगेको पनि देखिएको छ। सरकारवादी मुद्दाले पूर्ण सफलता नपाउनुको कारण कानुनमा रहेका त्रुटि, सरकारले कानुन मिचेर गर्ने निर्णय पनि कारक बनेको प्रतिवेदनमै उल्लेख गरिएको छ।

‘सरकारी निकायबाट कानुनको प्रक्रिया पूरा नगरी निर्णय गर्ने र मुद्दासँग सम्बन्धित प्रमाण कागज समयमा उपलब्ध गराउनुपर्ने’ प्रतिवेदनमा भनिएको छ। सरकारी निकायले कानुन मिच्ने प्रवृत्ति र समयमै सरकारी वकिललाई प्रमाण र कागज नदिँदा पनि समस्या हुने गरेको छ। दण्ड सुधारात्मक व्यवस्थासम्बन्धी प्रचलित कानुनको कार्यान्वयनका साथै अनुगमन संयन्त्रको व्यवस्था हुनुपर्ने पनि सुझाव छ।

मुद्दा सफलता घट्दो

प्रहरीले अनुसन्धान गरेर प्रतिवेदन बुझाएपछि सरकारी वकिलले अदालतमा मुद्दा दर्ता गर्ने व्यवस्था छ। मुद्दा दर्ता गर्नु मात्रै ठुलो कुरा होइन, मुद्दामा सफलता प्राप्त गर्नुलाई पनि एउटा मापनका रूपमा हेरिन्छ।

सरकारी वकिलले दर्ता गर्ने मुद्दाको लगत बढ्दै गएको देखिन्छ। यसले देशमा आपराधिक गतिविधि बढ्दै गएको आकलन गर्न सकिन्छ। विगत पाँच वर्षको तथ्यांक हेर्दा यस वर्ष मुद्दाको संख्या बढेको छ।

आव २०८०/८१ को लगतमा ७४ हजार ६ सय आठ थान मुद्दा छन्। ठिक पाँच वर्षअघि आव २०७६/७७ मा ५३ हजार ७६ थान मुद्दा दर्ता भएका थिए। यो देशभरका सरकारी वकिल कार्यालयबाट दर्ता गरेको मुद्दाको संख्या हो।

गत वर्ष समग्रमा सरकारवादी मुद्दा, रिट निवेदनमा ६८ प्रतिशत मात्रै सफलता प्राप्त भएको महान्यायाधिवक्ता बडालले बताए।

मुद्दा, रिट निवेदनमा फर्छयाेट कम

महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा बहस पैरवी र प्रतिरक्षा गरेका मुद्दाको सफलता दर भने निकै कम देखिएको छ। सरकारविरुद्ध परेका रिट निवेदनमा हेर्दा ३६.८४ सफलता प्रतिशत रहेको छ।

सर्वोच्च अदालतमा १४ हजार सात सय १० थान रिट निवेदन दर्तामध्ये तीन हजार सात सय थान फर्छयाेट भएका थिए। धेरै रिट निवेदनमा अन्तरिम आदेश, आदेश, निर्देशनात्मक आदेश, परमादेश आदेश जारी हुने गरेका छन्। त्यसकारण महान्यायाधिवक्ता कार्यालयको सफलता प्रतिशत कम देखिएको हो।

‘फौजदारी कानुनमा गर्नुपर्ने सुधार सम्बन्धमा महान्यायाधिवक्ताको संयोजकत्वमा गठित फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदल २०८१ को प्रतिवेदनमा उल्लेख भएबमोजिम फौजदारी कानुन र कार्यविधिमा सुधार हुनुपर्ने देखिन्छ’ प्रतिवेदनमा सुझाव छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँगको समन्वयमा कानुन संशोधनका लागि मस्यौदाको काम थालिएको पनि महान्यायाधिवक्ता बडालले बताए। बाल न्यायका सन्दर्भमा दिशान्तरका लागि कानुनमा परिमार्जन गर्नुपर्ने देखिन्छ। साथै राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरको मध्यस्थतामा राज्यका तर्फबाट सरकारी वकिलले प्रतिनिधित्व गर्नसक्ने कानुनी व्यवस्था गरी त्यसका लागि क्षमता विकास गर्न सुझाइएको छ।

‘कसुरबाट पीडितलाई सहज रूपमा क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था हुनुपर्छ,’ पीडितमुखी न्यायसम्बन्धी सुधारको आवश्यकता पनि औंलाइएको छ। अदालतबाट निर्दोष साबित भएका व्यक्तिलाई थुनामा रहेको अवधि गणना गरी क्षतिपूर्ति दिने कानुनी व्यवस्था गर्न पनि सुझाव दिइएको छ।

कतिपय व्यक्तिलाई अनाहकमा थुनामा राखिने र पछि अदालतले निर्दोष साबित हुँदा खाली हात घर पठाइदिने चलन छ। निर्दोष व्यक्तिले क्षतिपूर्ति पाएको हुँदैन। उल्टै जेलमा थुनिएकोमा बदनाम हुनुपरेको व्यावहारिक समस्यालाई सुझाउन क्षतिपूर्तिको सुझाव महान्यायाधिवक्ता कार्यालयले दिएको छ।

मुद्दा दर्ताको संख्या बढ्दै जाँदा प्रतिसरकारी वकिल कार्यबोझ बढ्दै गएको देखिएको छ। समग्रमा जिल्ला, उच्च र सर्वोच्च अदालतका मुद्दा हेर्दा भइरहेका सरकारीमध्ये एकजनालाई वार्षिक नौ सय चार मुद्दा हेर्नुपर्ने तथ्यांकमा उल्लेख छ। विशेष र जिल्ला सरकारी वकिललाई तीन सय २२ वटा, उच्च सरकारी वकिललाई एक सय २० वटा मुद्दा हेर्नुपर्ने तथ्यांकमा उल्लेख छ।
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३१ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
यो पनि पढौँ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस