‘विद्युत् प्राधिकरणको बदमासी बाहिरिने डरले केही नेता आत्तिएका छन्’
२७ साउन २०८१
•
५ मिनेट पाठ
‘विद्युत् प्राधिकरणको बदमासी बाहिरिने डरले केही नेता आत्तिएका छन्’
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले विद्युत् प्राधिकरणभित्रको बदमासी बाहिरिने डरले केही व्यक्ति आत्तिएको बताएका छन्। पत्रकारहरूसँग कुरा गर्दै पोखरेलले वर्षौंदेखि विद्युत् प्राधिकरणभित्र भएका बदमासी बाहिरिने डरले केही व्यक्ति आत्तिएर आफूविरुद्ध अनर्गल प्रचारमा उत्रिएको दाबी गरे।




पोखरेलले विद्युत् प्राधिकरण र व्यापारीहरू बीचमा डेडिकेटेड र ट्रंक लाइनको विद्युत्को अतिरिक्त महसुलमा विवाद भएपछि सार्वजनिक लेखा समितिले छानबिन सुरु मात्रै गरेको बताए। ‘सार्वजनिक लेखा समितिले हाल विद्युत् प्राधिकरण र व्यापारीबीच विवाद उत्पन्न भएपछि छानबिन मात्रै थालेको हो,’ उनले भने, ‘छानबिनले कुनै निष्कर्ष ननिकाल्दै किन आत्तिनुपर्‍यो?’

अहिलेको सरकारले भन्दा पनि पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेका कामका विषयमा नै लेखा समितिमा सांसदहरूले गम्भीर प्रश्नहरू उठाएको उनले बताए।

पोखरेलका अनुसार सांसदहरूले मुख्यतया व्यवसायीहरूका वकिलले ४५ मिनेट लगाएर गरेको बहस र लाल आयोगको प्रतिवेदन हुबहु हुनु, शब्द पनि, शैली पनि र माग पनि मिलेपछि दाहाल नेतृत्वको सरकारले व्यवसायीको सेटिङमा लाल आयोग निर्माण गरेको होइन भन्ने आधार के हो ? भनी प्रश्न गरे।

उनीहरूले प्राधिकरणले उठ्दै नउठेको आम्दानी, प्राप्त नभएको रकम आम्दानीमा गणना गरेर केहीको राजस्व पनि तिरेर प्राधिकरण कृत्रिम नाफामा रहेको भनेर सवाल पनि उठाएको उनले बताए। ‘१०–१५ वर्षदेखि प्राधिकरणले नयाँ आयोजनाबाट विद्युत् उत्पादन गरेको छैन।

प्राधिकरणले अरूले उत्पादन गरेको विद्युत् किनबेच गरेर कमिसन लिने काम मात्रै गरेको देखिएको छ,’ उनले भने, ‘कृत्रिम आम्दानी देखाएर प्राधिकरणको ठुलो घाटा छोपेको विषय उठेको छ। विद्युत् प्राधिकरणको स्रोत साधनको प्रयोग गरेर २२–२३ वटा सब कम्पनी खडा गरिएको देखिएको छ। १२–१३ वटा कम्पनीको अध्यक्ष त विद्युत् प्राधिकरणकै जिम्मेवार व्यक्तिहरू रहेको विषय पनि लेखा समितिमा उठेको छ।’

पोखरेलले देशभरिको प्राधिकरणसँग जोडिएका सामान किन्न प्राधिकरणका जिम्मेवार व्यक्तिका दाजुको ठेकदारी कम्पनीबाट मात्रै किन्नुपर्ने, प्राधिकरणका शाखा कार्यालयहरूले कुनै पनि सामान खरिद गर्न नपाउने, देशभरिको कुल बजेटबाट प्राधिकरणका जिम्मेवार पदाधिकारीका आफन्तकोबाट मात्रै किन्नुपर्ने अन्यत्र किन्न नपाइने विषय पनि माननीयहरूले उठाएको जानकारी दिए ।

पाँचवटा छानबिन समितिको प्रतिवेदनमा टिओटी डाटा मिटरको बिल दिए व्यापारीहरूले पैसा तिर्ने उल्लेख भएको लेखा समितिले जनाएके छ। टिओटी मिटरको बिल देखाउन प्राधिकरणसँग लेखा समितिले माग गरेको उनले सुनाए।

‘प्राधिकरणले ट्रकमा सामान ल्याएको सुनेको छु । हामीले मागेको बाहेक अन्य वस्तु हाम्रो सरोकारको होइन। सचिवालयलाई पनि चाहिनेबाहेकका कागजपत्र फिर्ता गर्न निर्देशन दिएको छु,’ उनले भने, ‘छलफल गर्दै आत्तिनुपर्ने कारण के हो? छलफल गर्न दिनुस् । छानबिन गर्न दिनुस्। प्राधिकरणले गरेका कामको विषयमा छलफल र छानबिन नै गर्न नहुने हो र? बदमासी गरेको छैन भने किन आत्तिनुपर्‍यो ? लेखा समितिमा अर्को पनि महत्त्वपूर्ण प्रश्न उठेको छ। त्यो लाल आयोग सेटिङमा बनेको हो। जसले व्यापारीलाई १६ अर्ब छुट दिने निर्णय गर्‍यो।’

महालेखाको प्रतिवेदनमा करिब २२ अर्ब रकम उठाउनुपर्ने देखिएको तर पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन सरकारले सेटिङमा लाल आयोग गठन गरी व्यपारीलाई १६ अर्ब छुट दिएको उनले बताए । ‘करिब २२ अर्ब उठाउनुपर्नेमा ८ अर्बको मात्रै बिल प्राधिकरणले पठाइएको छ,’ पोखरेलले भने, ‘यो विषयमा पनि लेखा समितिमा सांसदहरूले प्रश्न उठाएका छन्।’

यस्तो विषयमा तथ्य, कानुन र प्रमाणको शृंखला तयार गरेर समितिमा राख्ने र समितिका सदस्यहरूसँग छलफल गरेर निर्णय गर्ने पोखरेलले बताए।

‘अब समितिको बैठक लाइभ हुन्छ’

पोखरेलले सार्वजनिक लेखा समितिको अबका बैठक लाइभ हुने बताए । उनले दाहाल सरकार र कुलमान घिसिङले व्यापारीसँग सेटिङ गरेर १६ अर्ब छुट दिएको तर मलाई व्यापारीसँग मिल्यो, बाहिर निर्णय भयो भनेर अनर्गल प्रचार र चरित्र हत्या गरेर २०–५० जना मानिस आत्तीएर कराउँदै हिँडेकाले प्राधिकरणभित्र बदमासी छ भन्ने सहजै अनुमान गर्न सकिने उनको भनाइ थियो। पाँचवटा आयोगको प्रतिवेदन, प्राधिकरणको ऐननियम, प्रचलित कानुनहरू र महालेखाको प्रतिवेदनका आधारमा सांसदहरूले उठाएका प्रश्नहरूको निरूपण गरिने पोखरेलले बताए।

‘महालेखाले कायम गरेको बक्यौता व्यापारी होस्, कर्मचारी होस्, जोसुकै होस् कसैलाई पनि छुट दिँदैनौं। जो भए पनि तिर्नुपर्छ तिराउँछौं,’ पोखरेलले भने । उनले उद्योग बन्द गरेर हजारौं मजदुरलाई बेरोजगार बनाएर भन्दा उद्योग बन्द नगरी विद्युत्को महसुल उठाउने सरकारको नीतिअनुसार विद्युत्को लाइन जोड्न निर्देशन दिएको स्पष्ट पारे।

‘कुलमानलाई हटाउने उद्देश्य छैन’

सभापति पोखरेलले व्यवसायीसँग सेटिङ गर्‍यो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने प्रयास गरियो भन्ने विषय प्राधिकरणको बदमासी बाहिरिने डरले आत्तिएका व्यक्तिहरूले गरेको विज्ञापन मात्रै भएको पोखरेलको टिप्पणी छ।

उनले भने, ‘महालेखाको प्रतिवेदनका आधारमा छानबिन केन्द्रित हुन्छ । बक्यौता देखिए ८ अर्ब हैन २२ अर्ब नै असुल्छौं।’ पोखरेलले कुलमान घिसिङसँग कुनै आग्रह पूर्वाग्रह आफूले नराखेको स्पष्ट पारे। पोखरेलले चोरको खुट्टा काट् भन्दा खुट्टा उचालेपछि शंका गर्ने ठाउँचाहिँ भएको बताए।

‘लेखा समिति सभापति दाहालले दिएका होइनन्’ 

प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले सार्वजनिक लेखा समितिको सभापति माग गरेको विषयमा पोखरेलले दाहालसँग निवेदन हालेर यो पद नपाएको टिप्प्णी गरे। पोखरेलले दलहरूबीचमा भागबन्डा हुँदा एमालेको भागमा लेखा समिति परेको र एमालेले पठाएर आफू सभापति भएको स्पष्ट पारे। पोखरेलले शीर्ष नेताहरू बसेर हेरफेर गरे आफू बाधक नबन्ने स्पष्ट पारे।

पार्टीले फिर्ता बोलाए जुनसुकै बेला पनि पद छाड्न तयार रहेको उनले बताए। माओवादी केन्द्र सरकारमा हुँदा विगतमा तीन पटक सार्वजनिक लेखा समितिको सभापति माओवादीले नै लिएको इतिहास भएकाले अरूले चाहिँ छाडिहाल्नुपर्ने, अरूलाई चाहिँ नियम लाग्ने माओवादी केन्द्रलाई चाहिँ नलाग्ने भन्ने नहुने पोखरेलले स्पष्ट पारे। 
अर्को समाचार
पाँच महिनामा १३ अर्बको विद्युत् भारत निर्यात
०७ पौष २०८१
•
३ मिनेट पाठ
पाँच महिनामा १३ अर्बको विद्युत् भारत निर्यात
स्वदेशमा विद्युत् उत्पादन वृद्धि भएपछि नेपाल विद्युत् प्राधिकरणले विदेश निर्यात गर्दै आएको छ। प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा १३ अर्ब चार करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ।  




प्राधिकरणले चालु आवको साउन, भदौ, असोज, कात्तिक र मंसिरमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ। चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट सात रुपैयाँ ३९ पैसा छ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ। भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने गरेको छ। त्यसैले प्राधिकरणले विद्युत् बिक्री गरी आठ अर्ब १५ करोड भारु आम्दानी गरेको छ।  

साउनमा सबैभन्दा बढी चार अर्ब १५ करोडको विद्युत् निर्यात भएको छ भने मंसिरमा सबैभन्दा कम २८ करोड १४ लाख रुपैयाँको मात्र निर्यात भएको छ। भदौमा तीन अर्ब ६८ करोड, असोजमा तीन अर्ब सात करोड र कात्तिकमा एक अर्ब ८७ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोज महिनामा आएको बाढीपहिरोका कारण मुख्य रूपमा चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको बताए।

माथिल्लो तामाकोसी बन्द भएका कारण त्यसपछिका महिनामा विद्युत् निर्यात घटेको र सुक्खायाम सुरु भएसँगै जलविद्युत् आयोजनाको उत्पादन घटेकाले पोहोरभन्दा यस वर्ष चाँडै आयात गर्नुपरेको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे।

अहिले विद्युत् निर्यात बन्द भएको छ भने आयात सुरु गरिएको छ। हिउँदयाम सुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्दा जलविद्युत् आयोजनाको उत्पादनमा कमी भई देशभित्रको विद्युत् माग धान्न हिउँदका केही महिनामा विद्युत् आयात गर्नुपर्ने छ। नदी तथा खोलानालामा पानीको बहाव बढ्न सुरु भएपछि उत्पादन बढ्ने हुँदा त्यसपछि विद्युत् निर्यात पुनः सुरु हुनेछ। यस वर्षदेखि ४० मेगावाट विद्युत् भारत हुँदै बंगलादेशमा पनि निर्यात गर्न सुरु भइसकेको छ।  

चालु आवमा करिब ३० अर्ब रुपैयाँ विद्युत् निर्यातको लक्ष्य राखिएको छ। बाढीपहिरोका कारण जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुग्दा निर्यात लक्ष्य प्रभावित हुने देखिएको छ। बाढीपहिरोले माथिल्लो तामाकोसीसहित अन्य साना जलविद्युत् आयोजना र काबेली करिडोर प्रसारण लाइनमा क्षति पु¥याएको थियो। माइखोलामा आएको बाढीले काबेली करिडोर क्षति पु¥याउँदा उक्त लाइनमा जोडिएका विभिन्न आयोजनाको करिब दुई सय मेगावाट विद्युत् उत्पादन बन्द भएको थियो। यसका कारण कारण असोज र कात्तिकको विद्युत् निर्यात प्रभावित भएको थियो।

माथिल्लो तामाकोसी आगामी पुस १० गतेभित्र सञ्चालनमा ल्याउने गरी मर्मतसम्भार धमाधम भइरहेको छ भने काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेको छ। हिउँद सुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्ने भएकाले जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादन कम हुनेछ। उत्पादनले आन्तरिक मागलाई मात्र धान्ने भएकाले अब विद्युत् निर्यात क्रमशः घट्दै जाने छ। प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरूबाट उत्पादित नौ सय ४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ।  

गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरिएको थियो। यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो। गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
यो पनि पढौँ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस