पोखरामा क्षेत्री समुदायबाट पनि गाईजात्रा निकालिएको छ। नेवारी समुदायले मनाउँदै आएको गाईजात्रा पोखरामा क्षेत्री समुदायले पनि मनाएका हुन्।
यसअघि ब्राह्मण वा क्षेत्री समुदायले गाईजात्रा निकालेको पाइएको थिएन। तर यस पटक पोखरा–८ सिमलचौरका कृष्णबहादुर थापा र उनको परिवारले गाईजात्रा निकालेर यसको शुभारम्भ गरेका हुन्। थापा क्षेत्री समाज नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष हुन्।
थापा परिवारले स्वर्गीय आमाको सम्झनामा गाईजात्रा निकालेका हुन्। आमाको जीवन नेवारी समुदायमै बितेको र नेवारी परम्परा र सामाजिक रीतिथिति पनि सोही अनुसार मानिँदै आएकाले आमाको दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै गाईजात्रा निकालेको छोरा कृष्णबहादुर थापाले बताए।
"सामाजिक परम्परा र संस्कृति सबै समुदायको सम्मानित हुनुपर्छ। पितृ उत्थान र सम्मान गर्ने दिन गाईजात्रा नेवारी परम्परा भएपनि यसको महत्त्व सबै जातिका लागि गरिमामय छ, उनले भने, "आमाको सम्झनामा आज हामीले पनि गाई निकाल्ने, नाच र अन्य गाई स्वागत गरियो।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।
रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।
उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’
उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’
तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...