भगवती रथजात्रा अवलोकन गर्न पाल्पा पुगे राष्ट्रपति पौडेल
११ भदौ २०८१
•
१ मिनेट पाठ
भगवती रथजात्रा अवलोकन गर्न पाल्पा पुगे राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक रणउजिरेश्वरी भगवती रथजात्रा अवलोकन गर्न आज पाल्पा सदरमुकाम तानसेन आइपुगेका छन्।




उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरे। राष्ट्रपति पौडेललाई जनस्तरबाट समेत भव्य स्वागत गरिएको छ। प्रथम महिला सविता पौडेलको समेत उपस्थिति रहेको छ।

जात्रामा सहभागी हुन रक्षामन्त्री मानवीर राई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पनि पाल्पा आएका छन्। तानसेनस्थित रणउजिरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथ यात्रा हुने गरेको छ। नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट धुमधामका साथ विजयोत्सव स्वरुप रणउजिरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने चलन छ।

विजयोत्सव एवं भगवती रथजात्रा राष्ट्रपति पौडेलले अवलोकन गर्ने कार्यक्रम रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए। उनका अनुसार भगवतीको रथ निकालिने दिन आज नै अमननारायणको समेत रथ निकालिने भएको छ। यस वर्ष भगवती र अमननारायणको रथ निकाल्ने तिथि एकैदिन परेको छ।

भगवतीको रथ निकाल्नु अघि तानसेनको नारायणथान मन्दिरबाट अमननारायणको रथ निकालेर उक्त रथले भगवतीको परिक्रमापछि मात्र भगवतीको रथ निकालिने परम्परा रहेको छ। भगवतीको रथयात्रा निकाल्नुअघि राष्ट्रपति पौडेलले रणउजिरेश्वरी भगवतीको मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको प्रजिअ काफ्लेले जानकारी दिए।

तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा पाल्पाको सबैभन्दा ठूलो पर्व र जात्राका रुपमा परिचित छ। कर्णेल उजीरसिंह थापाले १८७६ सालमा निर्माण गरेको रथलाई नै हालसम्म विजय जात्राका रुपमा सञ्चालन गरिँदै आएको छ।
अर्को समाचार
राष्ट्रपतिलाई द्वन्द्वपीडितका अपिल : पीडाको पुस्तान्तरण हुँदैछ, अभिभावकीय भूमिका निर्वाह गरिदिनुस्
१६ जेष्ठ २०८२
•
९ मिनेट पाठ
राष्ट्रपतिलाई द्वन्द्वपीडितका अपिल : पीडाको पुस्तान्तरण हुँदैछ, अभिभावकीय भूमिका निर्वाह गरिदिनुस्
द्वन्द्वपीडितहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई आफूहरूको पीडाको सम्बोधनका लागि अभिभावकीय भूमिका निर्वाह गर्न अपिल गरेका छन्।




शुक्रबार (आज) राष्ट्रपति पौडेललाई भेटेरे ज्ञापनपत्र बुझाएका द्वन्द्वपीडितहरूको सङ्घसंस्थाहरूका पदाधिकारी तथा सदस्यहरूले अभिभावकीय भूमिका निर्वाह गर्न अपिल गरेका हुन्।

'जनता, मानवअधिकार, लोकतन्त्र, कानूनी शासन र नागरिक स्वतन्त्रताको रक्षाका लागि सङ्घर्ष गर्नुभएका एक परिपक्व राजनेताको हैसियतले हामी दृढ विश्वास गर्दछौँ कि तपाईं द्वन्द्वपीडितको पीडा सम्बोधनमा अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ,' ज्ञापनपत्रमा उल्लेख गरिएको छ, 'स्वार्थका लागि पटक–पटक पीडा भागबन्डा गरिएको यो प्रक्रियालाई तपाईंको हस्तक्षेपले सुधार ल्याउनेछ भन्ने आशा लिएका छौँ। पटक-पटक स्वार्थका लागि पीडा भागबन्डा गरिएका कारण धोका दिइएका हामी पीडित समुदायलाई थप निराशाको स्थितिमा पुग्नबाट रोक्नुहुनेछ भन्ने अपेक्षा र विश्वास लिएका छौँ।'

उनीहरूले पीडाको पुस्तान्तरण भइरहेको दुखेसो पनि पोखेका छन्। राजनीतिक कार्यकर्ताहरूको व्यवस्थापन भए पनि पीडितहरूको उचित व्यवस्थापन हुन नसकेको उल्लेख गर्दै भनिएको छ, 'देशमा तीन तहको सरकार बन्यो। पटक–पटक राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, र प्रदेश प्रमुख फेरिए। हजारौँ राजनीतिक कार्यकर्ताको व्यवस्थापन भयो। तर, सत्य, न्याय र परिपूरण अझै पनि अधुरै छ। पीडितको अवस्था फेरिएको छैन । बरु थप पीडा झेल्नु परिरहेको छ। पीडाको पुस्तान्तरण हुँदैछ।'

राजनीतिक दलहरूको गैरजिम्मेवारी, संवेदनशीलताको अभाव र निष्क्रियताका कारण धेरै द्वन्द्वपीडितले उपचार नपाएर ज्यान गुमाउनु परिरहेको ज्ञापनपत्रमा उल्लेख छ। 'अङ्गभङ्ग भएकाहरू सहयोग नपाएर पीडित भइरहेका छन्। बेपत्ता पारिएका आफन्तको सत्यतथ्य नपाएर काजकिरिया गर्न नसक्ने अवस्था आयो। हजारौँ पीडित मानसिक र मनोवैज्ञानिक पीडामा छन्,' त्यहाँ उल्लेख छ।

हेर्नुस् पूर्णपाठ-

सम्माननीय राष्ट्रपतिज्यू,

नेपालमा २०५२ देखि २०६३ सम्म चलेको सशस्त्र द्वन्द्वका क्रममा द्वन्द्वरत पक्षहरूद्वारा भएका गम्भीर मानव अधिकार उल्लङ्घनका कारण हामी हजारौँ नागरिक पीडित बनाइयौँ। शान्ति सम्झौता सम्पन्न भएको झण्डै १९ वर्ष बितिसक्दासमेत हामी अझै पनि पीडित, उपेक्षित र निराश बनिरहनु परेको तीतो यथार्थ तपाईंलाई जानकारी गराउन चाहन्छौँ।

२०६३ सालमा हस्ताक्षर गरिएको विस्तृत शान्ति सम्झौतामा दुवै पक्षले हत्या र बेपत्ता पारिएका नागरिकहरूको सत्यतथ्य ६० दिनभित्र सार्वजनिक गर्ने, र ६ महिनाभित्र उच्चस्तरीय सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गर्ने प्रतिबद्धता गरेका थिए। सो आयोगमार्फत द्वन्द्वकालीन गम्भीर मानव अधिकार उल्लङ्घनको अनुसन्धान, दोषीको पहिचान र कारबाही तथा पीडितलाई न्याय दिलाउने आश्वासन दिइएको थियो। आजसम्म पनि ती प्रतिबद्धता पुरा भएका छैनन्।

संविधान निर्माण र माओवादी लडाकुको व्यवस्थापन ढिलो गरि भए पनि सम्पन्न भएका छन्। तर द्वन्द्वकालमा भएका मानव अधिकार उल्लङ्घनलाई विधिसम्मत ढंगले सम्बोधन गरी पीडितलाई सत्य, न्याय र परिपूरण दिने कार्य कुनै पनि सरकारले, राजनीतिक दलले, वा द्वन्द्वरत पक्षले प्राथमिकतामा नराखेको जगजाहेर छ।

शान्ति सम्झौता सम्पन्न भएको १९ वर्ष पुग्न लाग्दा पनि यस्तो गम्भीर राष्ट्रिय–अन्तर्राष्ट्रिय सरोकार र मानवीय संवेदनाका विषयलाई इमानदार, संवेदनशील र जवाफदेही ढंगले सम्बोधन गरिएको हामी पीडित समुदायले अनुभूति गर्न सकेका छैनौँ। बरु हरेक सरकारले र प्रमुख दलहरूले पीडितलाई उपेक्षा गर्ने, पीडितको पीडा आफ्ना स्वार्थ र भागबण्डाका लागि प्रयोग गर्ने प्रवृत्ति देखाएका छन्। यही कारणले नेपालको संक्रमणकालीन न्याय प्रक्रिया अत्यन्तै जटिल मोडमा पुगेको छ।

हामी हजारौँ आम द्वन्द्वपीडितको रगत, पीडा र आँसुबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो भन्ने यथार्थलाई सबैले बुझेका छन्। हजारौँ नागरिकले भोगेको अन्याय, क्षति, वात्सल्य गुमाएको पीडा र मानसिक आघातको परिणामस्वरूप राजतन्त्र हटाएर गणतन्त्र स्थापना भएको हो। आज तपाईं राष्ट्रपतिको रूपमा राष्ट्र र नागरिकहरूको अभिभावकको भूमिकामा हुनुहुन्छ। यो पनि पीडित समुदायको वलिदानीकै उपज हो ।

देशमा तीन तहको सरकार बन्यो। पटक–पटक राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, र प्रदेश प्रमुख फेरिए। हजारौँ राजनीतिक कार्यकर्ताको व्यवस्थापन भयो। तर सत्य, न्याय र परिपूरण अझै पनि अधुरै छ। पीडितको अबस्था फेरिएको छैन । वरु थप पीडा झेल्नु परिरहेको छ । पीडाको पुस्तान्तरण हुँदैछ ।

राजनीतिक दलहरूको गैरजिम्मेवारी, संवेदनशीलताको अभाव र निष्क्रियताका कारण धेरै द्वन्द्वपीडितले उपचार नपाएर ज्यान गुमाए। अंगभंग भएकाहरू सहयोग नपाएर पीडित भइरहेका छन्। बेपत्ता पारिएका आफन्तको सत्यतथ्य नपाएर काजकिरिया गर्न नसक्ने अवस्था आयो। हजारौँ पीडित मानसिक र मनोवैज्ञानिक पीडामा छन्।

वर्षौंदेखि सत्य, न्याय र परिपूरणको प्रतीक्षामा रहेका हामीलाई पटक–पटक राजनीतिक खेलोमेलोले धोका दिएको छ। न्याय दिन होइन, दोषीलाई उन्मुक्ति दिन ल्याइएको बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण आयोग ऐन, २०७१ विरुद्ध हामी पीडित सर्वोच्च अदालत जान बाध्य भयौँ।२०७१ फागुन १४ मा सर्वोच्च अदालतले सरकारलाई ऐन संशोधन गर्न परमादेश दियो। तर कुनै पनि सरकारले त्यसअनुसारको कदम चालेन। अन्तर्राष्ट्रिय मञ्चहरूमा भने अदालतको आदेशअनुसार चाँडै संशोधन गर्ने भनेर औपचारिक प्रतिबद्धता व्यक्त गरिँदै आइयो।

२०७१ र २०७६ मा दुई–दुई पटक दलीय भागबण्डामा आयोगहरू गठन गरिए। कानुनको त्रुटि र भागबण्डाको अपारदर्शी प्रक्रियाका कारण ती आयोगहरू पूर्ण रूपमा असफल भए। उजुरी संकलनबाहेक अन्य ठोस परिणाम दिन सकेनन्। त्यसपछि १० वर्ष लामो प्रयास स्वरुप २०८१ भदौमा बल्ल ऐन संशोधन गरियो। यस संशोधनमा केही सकारात्मक प्रावधान छन् तर त्रुटिहरू पनि यथावत छन्। आयोगमा ुटावरिङ व्यक्तिु नियुक्त भएमा, कानुनी प्रावधानहरुको उदार व्याख्या र वुझाई अपनाई त्रुटिहरू सुधार हुनसक्ने आशा गरिएको थियो। पीडितहरू, नागरिक समाज, र सरोकारवालाबीच विश्वास र सहकार्यको वातावरण बनेको देखिन्थ्यो।

तर २०८१ कात्तिकमा गठित सिफारिस समिति २०८१ पुष २ मा निष्कर्षमा पुग्न नसकी भंग भयो। पाँचौँ पटक २०८१ चैत ११ मा पुनः गठित समितिले आयोगको पदाधिकारी चयन गर्न अपनाएको प्रक्रिया नियन्त्रणात्मक, देखावटी र अपारदर्शी भयो। चौथो सिफारिस समिति असफल भएर भङ्ग भइसकेपछि फेरि त्यसै समितिलाई ब्युताउनु प्रतिगमन हो भन्ने हाम्रो गम्भीर असहमति थियो।

विश्वासको आधार कमजोर हुँदा पनि हामी पीडित समुदायले समितिलाई शङ्काको सुविधा दियौँ। आशा गर्यौँ— विगतबाट पाठ सिकेर, विश्वासनीय र पारदर्शी प्रक्रिया अपनाइनेछ। तर समितिले पीडितको सहभागिता र पारदर्शिताको पूर्ण उपेक्षा गर्‍यो। पीडितकै लागि बनाइने आयोगको प्रक्रियामा एकपटक पनि परामर्श गरिएन, जुन नितान्त दुःखद छ।

समाजले पत्याएका, संक्रमणकालीन न्यायमा योगदान दिन सक्ने व्यक्तित्वहरू समेट्न कुनै प्रयास भएन। योग्यताको वस्तुगत मूल्याङ्कन नगरी संक्षिप्त सूची प्रकाशित गरियो। त्यसलाई सच्याउन आग्रह गर्दा समितिले वेवास्ता गर्‍यो। समितिले कुनै स्पष्ट मापदण्ड वा आधारविनै उम्मेदवार छनोट गर्‍यो।

समितिले बनाएको छोटो सूचीप्रति गम्भीर आपत्ति जनाउँदै हामी पीडितले तत्कालीन प्रधानमन्त्री के।पी। शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेल, गृहमन्त्री रमेश लेखकलगायतसँग भेटेर गलत प्रक्रिया सच्याउन आग्रह गर्यौँ। तर दलहरू, सरकार र समितिले पीडितलाई पूर्णतः उपेक्षा गरे। योग्य उम्मेदवारको खोज नगरी दलीय भागबण्डामा आयोगमा नियुक्त गरियो। यसरी आयोगलाई आफ्ना मान्छे भरणपोषणको थलो बनाइएको छ।

'पहिलो गासमै ढुंगा' भनेझैँ पीडितको पीडा र अन्याय सम्बोधन गर्न गठन गरिएको आयोगले सपथ लिएको भोलिपल्टै गरेको पहिलो निर्णयले पीडित समुदायमा गहिरो चोट पुर्‍याएको छ। यौनजन्य हिंसा तथा बलात्कारमा परेका पीडितहरूसँग विवरण खुलाएर उजुरी दिन सार्वजनिक आह्वान गर्नु, त्यो पनि गोरखापत्र र वेबसाइटमार्फत, पीडित–केन्द्रित संक्रमणकालीन न्यायको आधारभूत मर्म विपरित छ। यसले न त पीडितको गोपनीयता र मानवीय मर्यादाको रक्षा गर्छ, न त विश्वासको वातावरण बनाउँछ।

संवेदनशील प्रकृतिका उजुरीहरू यसरी संकलन गर्नु यान्त्रिक र औपचारिक मात्र हुन्छस यसले न त सन्देश पीडितहरूसम्म पुग्छ, न त उनीहरू उजुरी दिन प्रेरित हुन्छन्। पीडितहरूसँग कुनै छलफल नगरी, विश्वास निर्माण नगरी, सूचना प्रवाह मात्र गरेर 'हामीले गर्यौ' भन्ने देखावटी प्रयासबाट पीडितको न्यायको आकांक्षा पूरा हुँदैन। यसरी पीडित समुदायलाई पूर्णतः उपेक्षा गरेर, तीनदलीय भागबण्डाको आधारमा, अपारदर्शी तरिकाले गठन गरिएको आयोगप्रति पीडित समुदायको स्वामित्व, अपनत्व र विश्वास छैन। यस्तो आयोगले समाधान दिन सक्दैन। बरु, पीडितहरूबीच आयोगमा दर्ता गरिएका उजुरीहरूको गोपनीयता भंग हुने र दुरुपयोग हुने गम्भीर आशंका छ।

राज्यबाट न्यायको अपेक्षा गर्दै दशकौँदेखि निरन्तर खबरदारी गरिरहेकाहरूको रूपमा हामीले न्यायको साटो धोका, बेइमानी र उपेक्षा मात्रै पाएका छौँ। आज पीडित समुदायभित्र यस्तो अवस्था आएको छ कि उनीहरू उजुरी फिर्ता लिने छलफलसम्ममा छन्। यस्तो स्थितिमा अन्तिम विकल्पका रूपमा पीडित समुदाय नागरिक आयोग गठन गर्ने, सत्यअन्वेषण गर्ने, पीडकका नाम सार्वजनिक गर्ने, र पीडालाई स्वार्थका लागि प्रयोग गर्दै आएका पात्रहरूको पहिचान गर्ने दिशामा गम्भीर छलफलमा छन्।

जनता, मानव अधिकार, लोकतन्त्र, कानुनी शासन र नागरिक स्वतन्त्रताको रक्षाका लागि संघर्ष गर्नुभएका एक परिपक्व राजनेताको हैसियतले हामी दृढ विश्वास गर्दछौँ कि तपाईं द्वन्द्वपीडितको पीडा सम्बोधनमा अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ। स्वार्थका लागि पटक–पटक पीडा भागबण्डा गरिएको यो प्रक्रियालाई तपाईंको हस्तक्षेपले सुधार ल्याउनेछ भन्ने आशा लिएका छौँ। पटक पटक स्वार्थका लागि पीडा भागवण्डा गरिएका कारण धोका दिइएका हामी पीडित समुदायलाई थप निराशाको स्थितिमा पुग्नबाट रोक्नुहुनेछ भन्ने अपेक्षा र बिश्वास लिएका छौं 

अतः हामी, सम्पूर्ण द्वन्द्वपीडित समुदायका प्रतिनिधित्व गर्ने संस्थाहरूको तर्फबाट, महामहिम राष्ट्रपति समक्ष विद्यमान आयोग प्रक्रिया तत्काल सच्याउन,विश्वसनीय, पारदर्शी र पीडित–केन्द्रित संक्रमणकालीन न्याय प्रक्रिया अवलम्बन गर्न, पीडित समुदायको विश्वास जित्ने गरी स्वतन्त्र, सक्षम र जवाफदेही आयोग पुनर्गठन गर्न, पीडित समुदायको सत्य, न्याय र परिपूरणको अधिकार सुनिश्चित गर्न, दण्डहीनताको अन्त्य गर्न, र पीडितहरूलाई वैकल्पिक नागरिक आयोग बनाउने बाध्यात्मक स्थितिमा नपुर्‍याउन राजनैतिक नेतृत्व र सरकारले ठोस पहल लिन यो अपिल गर्दछौं ।

यसै सन्दर्भमा, पीडित समुदायले हालैका दिनहरूमा जारी गरेका विभिन्न प्रेस वक्तव्य, दस्तावेज, नागरिक समाज तथा अन्तर्राष्ट्रिय समुदायले व्यक्त गरेका धारणा र सिफारिसहरू समेत यस अपीलसाथ संलग्न गरिएको जानकारी गराउँदछौं।

अपील गर्ने

द्वन्द्व पीडित संघसंस्था, संजाल तथा द्वन्द पीडितहरु
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
यो पनि पढौँ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस