सरकारमा सहभागी हुनेबारे कांग्रेसका प्रमुख सचेतक भन्छन्: ‘केही पनि थाहा छैन’
११ भदौ २०८१
•
१ मिनेट पाठ
सरकारमा सहभागी हुनेबारे कांग्रेसका प्रमुख सचेतक भन्छन्: ‘केही पनि थाहा छैन’
नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले कोसी प्रदेश सरकारमा सहभागी हुने बारेमा केही पनि थाहा नभएको प्रतिक्रिया दिएका छन्। 




मंगलबार नागरिकसँग कुरा गर्दै तामाङले केन्द्रबाट कुनै पनि निर्देशन नआएका कारण कोसी प्रदेश सरकारमा सहभागी हुने–नहुने कहिले हुने भन्नेबारेमा केही पनि थाहा नभएको तामाङले बताए । 

तामाङले नेपाली कांग्रेसका केन्द्रीय नेताहरू छलफलमा भएको जानकारी पाएको भए पनि त्यसपछि  प्रदेशलाई कुनै पनि निर्देशन नआएका कारण कोसी प्रदेश सरकारमा सहभागी हुने/नहुने अझै टुंगो नलागेको स्पष्ट पारे । ‘आज सम्म केन्द्रबाट कुनै निर्देशन आएको छैन’ तामाङले भने‘सरकारमा सहभागी हुने–नहुने, संसदमा सत्तारुढ तर्फ बस्ने की  कता बस्ने, संसदको बैठकमा सहभागी हुने–नहुने हामी  अन्योलमा परेका छौं ।’

भदौ १४ गतेलाई दलिय सहमतिकै आधारमा प्रदेशसभा बैठक बोलाइएको भए पनि केन्द्रले  निर्णय नगरिदिँदा अलमलमा परेको तामाङले बताए । यद्यपी प्रदेश स्तरबाट चाँडो निर्णय गर्न पहल भने भइरहेको तामाङले बताए । उनले  प्रदेशसभा बैठक सुरु हुनु पहिले नेपाली कांग्रेस कोसी प्रदेशको संसदीय दलको बैठक बसेर संसदमा उपस्थित हुने/नहुनेबारे आवश्यक निर्णय गर्ने तयारी गरिएको जानकारी दिए । 

कोसी प्रदेशमा सरकारमा सहभागी हुनु अघि मन्त्रालय थप गर्ने विषयमा टुंगो लागि नसकेका कारण कांग्रेसले सरकारमा जान ढिलाइ गरिरहेको चर्चा चले पनि मन्त्रालय थप गर्ने विषयमा के भइरहेको छ भन्ने पनि प्रदेशलाई जानकारी नभएको तामाङले बताए । कांग्रेस र एमालेबिच केन्द्रमा गठबन्धन भएपछि अन्य प्रदेशमा कांग्रेस सरकारमा सहभागी भइसके पनि कोसी प्रदेशमा अझै सहभागी भएको छैन । 
अर्को समाचार
पुनः निर्माण कोष सञ्चालन कार्यविधि स्वीकृत
१४ मंसिर २०८१
•
१ मिनेट पाठ
पुनः निर्माण कोष सञ्चालन कार्यविधि स्वीकृत
कोसी प्रदेश सरकारले गत असोजमा अविरल वर्षाले पुर्‍याएको क्षतिको पुनः निर्माणका लागि मर्मत सम्भार तथा पुनर्निर्माण कोष सञ्चालन कार्यविधिलाई स्वीकृत गरेको छ।




शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले मर्मत सम्भार तथा पुनः निर्माण कार्यविधि–२०८१ स्वीकृत गरेको हो।मन्त्रीपरिषद् बैठकको निर्णयबारे जानकारी दिँदै  सरकारका प्रवक्ता भुपेन्द्र राईले मर्मत सम्भार तथा पुनः निर्माण कार्यविधि २०८१ स्वीकृत गरेको जानकारी दिए।

बैठकले  केचना–कञ्चनजंगा पर्यटन विकास समिति गठनको पहिलो संशोधन २०८१, उद्योग कृषि तथा सहकारी मन्त्रालयले पेस गरेको रकमान्तरको प्रस्तावलाई समेत स्वीकृत गरेको बताए।]

बैठकले खानेपानी सिँचाइ उर्जा मन्त्रालयको एसआइपी फेज २ को म्याद थप गर्ने, सुख्खा स्थानमा  स्यालो ट्युबेल सिचांइ विशेष कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१ लाई पनि स्वीकृत गरेको मन्त्री राईले जानकारी दिए। 
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
यो पनि पढौँ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस