प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/०८० पेश गर्नेछन्।
यस्तै संसद सचिवालयका अनुसार आजको बैठकमा सांसद सोबिता गौतमले हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्गठनहरूले नेपालका हवाई उड्ययन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाहरूले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वासमा समेत असर परेको हुँदा तत्काल सुधारात्मक कमद चाली विश्वसनियता बढाउन आवश्यक भएको भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गर्नेछिन्।
उक्त प्रस्तावको समथर्क सांसद डोलप्रसाद अर्याल, सन्तोष परियार, डा.तोसिमा कार्की, हरी ढकाल, मनिष झा, निशा डांगी, विनिता कठायत, शिव नेपाली, अशोक कुमार चौधरी, सुमना श्रेष्ठ, डा.चन्दा कार्की, गणेश पराजुली र विन्दवासिनी कांसाकारले समर्थन गर्नेछन्।
त्यसैगरी आजको बैठकमा जनता समाजवादी पार्टी नेपालबाट वि.सं.२०६४ र २०७० सालको संविधान सभाको निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित सदस्य श्रवण कुमार अग्रवालको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ।