कांग्रेस सांसदको आरोप: क्यानको डिजी बचाउन रास्वपाका सहमहामन्त्री आए
१३ भदौ २०८१
•
१ मिनेट पाठ
कांग्रेस सांसदको आरोप: क्यानको डिजी बचाउन रास्वपाका सहमहामन्त्री आए
नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बचाउनुपर्‍यो भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रस्ताव आएको दाबी गरेका छन्।




बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद बजगाईंले यस्तो दाबी गरेका छन्।

‘क्यान (प्राधिकरण) का विषयमा आज यहाँ छलफल हुँदैछ। करिब १३ जना प्रतिपक्षी दलका माननीयजीले सार्वजनिक महत्वको प्रस्ताव यहाँ दर्ता गराउनुभएको छ,’ बजगाईंले भने, ‘यसै पार्टीका एक जना सहमहामन्त्री हतारिएर म कहाँ आउनुभयो क्यानका डिजीको बारेमा। उहाँ हाम्रो मान्छे, हाम्रो क्षेत्रको मान्छे, रवि लामिछानेजीको क्षेत्रको मान्छे, उहाँलाई जोगाउनुप¥यो भनेर म कहाँ आउनुभयो। पार्टीको सहमहामन्त्री हुनुहुन्थ्यो।’

सो विषय उल्लेख गर्दै सांसद बजगाईंले प्रश्न गरे,‘म यहाँ प्रश्न गर्न चाहन्छु, यो द्वैध चरित्रले देश कहाँ पुग्छ रु’ नयाँ पार्टीसँग आशा र जनताको भरोसा छ भनिएको अवस्थामा यस्तो द्वैध चरित्र नयाँ पार्टीबाट हुन्छ भन्ने कल्पना आफूले कहिल्यै नगरेको सांसद बजगाईंले दाबी गरे।

‘म यो विषयमा आमजनता र यो संसदको ध्यान आकृष्ट गर्न चाहन्छु,’ सांसद बजगाईंले भने।

रास्वपाको कुन सह–महामन्त्री आफूकहाँ आए त्यो भने सांसद बजगाईंले खुलाएनन् । रास्वपामा तीन जना सहमहामन्त्री छन्। जसमा कवीन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिनकुमार आचार्य छन्।
अर्को समाचार
सांसद बजगाईंले दर्ता गराए जरुरी सार्वजनिक महत्त्वका तीन प्रस्ताव
२८ माघ २०८१
•
१ मिनेट पाठ
सांसद बजगाईंले दर्ता गराए जरुरी सार्वजनिक महत्त्वका तीन प्रस्ताव
नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले संसद्‌मा सार्वजनिक महत्त्वका तीन प्रस्ताव दर्ता गराएका छन्।




बजगाईंले सोमबार (आज) संसद्‌मा सार्वजनिक महत्त्वका तीन प्रस्ताव दर्ता गराएका हुन्। उनले दर्ता गराएका पहिलो प्रस्ताव 'दुर्घटना न्यूनीकरणका लागी मोटरसाइकल यात्रु अर्थात् पछाडि सिट सवार व्यक्तिले अनिवार्य रूपमा हेलमेट लगाउन पर्ने' छ। प्रस्तावका समर्थकहरूमा उदय शम्शेर जबरा, राजेन्द्र कुमार केसी र सञ्जय कुमार गौतम छन्।

यस्तै उनले दर्ता गराएको दोस्रो प्रस्तावमा 'यार्सागुम्बा सङ्कलमा बालश्रम निषेध' छ। समर्थकहरूमा सुरेन्द्र राज आचार्य, चन्दा चौधरी र कान्तिका सेजुवाल छन्।

यस्तै 'मानव-जङ्गली जनावर द्वन्द निवारण' सार्वजनिक महत्त्वको अर्को प्रस्ताव छ। समर्थकहरूमा राजेन्द्र कुमार केसी र उदय शम्शेर जबरा छन्।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस