‘कसैले छाड् भन्दैमा छाड्दिनँ’
१७ भदौ २०८१
•
५ मिनेट पाठ
‘कसैले छाड् भन्दैमा छाड्दिनँ’
नेपाली कांग्रेसको १५औं महाधिवेशन अनिश्चित भएको छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा साउन २३ गतेदेखि जारी केन्द्रीय समितिको आइतबार सम्पन्न बैठक १५औं महाधिवेशनको कार्यतालिका तय गर्न असफल भएको हो। महामन्त्री गगनकुमार थापाले गत फागुनमा भएको महासमिति बैठकमै २०८२ सालमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए। जारी बैठकबाट महाधिवेशनको कार्यतालिका आउने अनुमान गरिएको थियो । तर केन्द्रीय समितिको बैठकले १५औं महाधिवेशन समयमै गर्ने मात्र निर्णय गरेको छ।




केन्द्रीय समितिले समयमै गर्ने भनी गरेको निर्णयअनुसार विधानको प्रावधानअनुसार चार वर्ष, विधानकै व्यवस्थाअनुसार एक वर्ष थप गरेर पाँच वर्ष वा संवैधानिक व्यवस्थाअनुसार साढे पाँच वर्षभित्र महाधिवेशन गर्दा पनि समयमै हुनेछ। अझ कुनै पार्टीसँग एकीकरण गरेको अवस्थामा त्यसपछिको पाँच वर्षभित्रै गर्दा पनि समयमै हुनेछ। कांग्रेस र एमालेबीच २०८४ सालको आम निर्वाचनअघिको पछिल्लो एक वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने दुई दलीय सहमति छ।

विधानतः १५औं महाधिवेशनमा सभापतिको उम्मेदवारसमेत बन्न नपाउने देउवा त्यसअघि महाधिवेशन गराउन तयार नरहेको निकटहरूको दाबी छ । देउवाको चाहनालाई पार्टीका अन्य पदाधिकारीले साथ दिँदा १५औं महाधिवेशनको कार्यतालिका आउन नसकेको नेताहरू आरोप छ । बैठकले पार्टीको विधान संशोधनका लागि समिति गठन गरेको छ। 

पार्टीको तल्लो तहका अधिवेशन गराउन संख्या ठुलो भएको गुनासो जिल्ला तहबाट आएको छ। विधान संशोधनका लागि अब प्रक्रिया सुरु गरेर कांग्रेसले २०८२ सालभित्र महाधिवेशन गर्न सम्भव नै नरहेको एक पूर्वपदाधिकारीले दाबी गरे। 

‘सभापतिजीलाई २०८४ सालको आम निर्वाचनमा आफैं टिकट वितरण गर्ने चाहना छ,’ ती नेताले भने, ‘महामन्त्रीजीहरूलाई पनि एक/दुई वर्ष पर धकेल्दा दोस्रो पुस्तालाई पनि एकै पटक बिदा गरेर आफूमा नेतृत्व ल्याउन सकिन्छ कि भन्ने कतै भएजस्तो देखिन्छ। अब विधान संशोधन गरेर २०८२ सालमा महाधिवेशन हुँदैन।’

अर्का महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति एक, प्रधानमन्त्री दुई, मन्त्री तीन र सांसद चार पटकभन्दा हुन नपाउने व्यवस्था गर्नुपर्ने भन्दै एक्जिट पोलिसीसहितको प्रतिवेदन महासमिति बैठकमा पेस गरेका थिए। शर्माले पेस गरेको उक्त प्रस्तावलाई केन्द्रीय समितिले अनुमोदन गरेन। ‘महामन्त्रीको सम्मानका लागि विधान संशोधन समितिमा पछि छलफल गर्ने भनिएको छ,’ एक नेताले भने, ‘लोकरिझ्याइँका लागि ल्याइएको प्रस्तावलाई पार्टीले स्वीकार गर्ने अवस्था थिएन, छैन।’

केन्द्रीय समितिको आइतबारको बैठकमा महामन्त्री शर्माले सभापति देउवालाई अब प्रधानमन्त्री आफू नबनेर समकालीन अर्कै नेतालाई बनाउन आग्रह गरे। ‘एक सभापतिको त्याग देखिन्छ । दुई उहाँको समकालीन कोही नेतालाई न्याय र कदर हुन्छ। 

तीन २०८४ पछि हामी नयाँ अनुहारमा पुग्नेछौं,’ शर्मालाई उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई र उहाँको नेतृत्वलाई सफल बनाउन कांग्रेसले सम्पूर्ण ध्यान लगाउनुपर्छ र एकताबद्ध रूपले साथ दिनुपर्छ। तर त्यसपछि सभापति देउवा प्रधानमन्त्री बन्नुहुन्न।’

महामन्त्री शर्मालाई तुरुन्त जवाफ फर्काउँदै सभापति देउवाले प्रधानमन्त्रीसहितका कुनै पनि पद त्याग नगर्ने बताए। कांग्रेस र एमालेबीच आलोपालो सरकार सञ्चालन गर्ने सहमति भइसकेको जनाउँदै देउवाले भनेका थिए, ‘तपाईंले प्रधानमन्त्री त्याग गर भन्नुभयो, ठिक छ त्यो तपाईंको विचार हो । तर कसैले छोड् अब भन्दैमा मैले छाड्नुपर्छ भन्ने छैन नि !’

महामन्त्री थापाले २०८४ सालमा कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने प्रस्ताव महासमिति बैठकमा राखेका थिए। तर केन्द्रीय समिति बैठकले आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने वा नगर्ने विषयमा मौन बसेको छ। आगामी निर्वाचनमा कांग्रेस एक्लैले बहुमत ल्याउन सक्ने गरी संगठन निर्माणमा लाग्ने निर्णय गरेको छ।

महामन्त्री थापाले पार्टी संगठनलाई थप ऊर्जाशील बनाउँदै कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पाटीका रूपमा पुनः स्थापित गर्ने केन्द्रीय समिति बैठकमा बताए । ‘हामी आफ्नै तागतले निर्वाचन लड्नेछौं,’ थापाले बैठकमा भने, ‘हाम्रा नेता तथा कार्यकर्ताहरूलाई पार्टीको चुनाव चिह्न रूखमै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं ।’ 

महाधिवेशन भएको ६ महिनाभित्र सम्पादन गर्नुपर्ने काम अहिलेसम्म नगरेको कांग्रेसले आगामी आम निर्वाचनमा बहुमत ल्याउने गरी संगठन परिचालनको ठोस कार्ययोजना र कार्यक्रम भने बैठकबाट ल्याएको छैन। केन्द्रीय समितिले महासमिति बैठक सम्पन्न भएको ६ महिनापछि त्यहाँ पेस भएका प्रतिवेदनहरू संशेधनसहित पारित गरेको छ। कांग्रेस महासमित बैठक फागुन १० गते ललितपुरको गोदावरीमा सम्पन्न भएको थियो ।  

गठबन्धनप्रति कांग्रेस इमानदार

बैठकले एउटा विशिष्ट राजनीतिक परिस्थितिमा संविधानको रक्षाका लागि कांग्रेसले निर्वाचन अगाडि गठबन्धनको नेतृत्व गरेको स्मरण गर्दै गत निर्वाचनमा कांग्रेसले पाँच वर्षका लागि गठबन्धन सहित मत मागेकाले उल्लेख गरेको छ। तर यो अवधिसम्म जनतासँगको वाचा र अन्य साझेदार दलहरूसँगको सम्झौताबमोजिम राजनीतिक इमानदारी प्रदर्शन गर्नुपर्छ भन्नेमा कांग्रेस सचेत र इमानदार रहेको स्मरण गर्दै कांग्रेसले भनेको छ, ‘यस अवस्थामा राजनीतिक स्थिरता, सुशासन र विकासका लागि दुई प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीच २०८१ असार १७ गते सहमति भएको छ। समानताका आधारमा समान हैसियतमा सरकार सञ्चालन गर्ने गरी दुई पार्टीबीच भएको सात बुँदे सहमतिलाई निष्कर्षमा पु¥याउन कांग्रेस इमानदार छ, रहनेछ ।’

सात बुँदे सहमतिको मर्म र भावनाअनुरूप बाँकी अबधिमा राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न कांग्रेस इमानदारीपूर्वक लाग्ने जनाएको छ। सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माणको अभियानलाई तीव्रता दिन कांग्रेसको नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गर्दै कांग्रेसले नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने संघ र प्रदेशहरूमा सरकार साझेदारी र तीन सय ३२ स्थानीय तहको सरकारको नेतृत्व गरेको कांग्रेसले सेवा प्रवाहलाई चुस्त बनाउँदै शिक्षा, स्वास्थ्य, कृषिमा जोड दिने निर्णय गरेको छ । उसले संगठन परिचालनको १०० दिने अभियान चलाउने निर्णय गरेको छ।
अर्को समाचार
‘माओवादीले दुःख दिएको’ भन्दै अमेरिकामा कांग्रेसको लेटरप्याड दुरुपयोग !
२१ साउन २०८२
•
१ मिनेट पाठ
‘माओवादीले दुःख दिएको’ भन्दै अमेरिकामा कांग्रेसको लेटरप्याड दुरुपयोग !
नेपाली कांग्रेस रोल्पाले अमेरिकालगायतका देशमा कांग्रेसको लेटर प्याड दुरुपयोग भइरहेको भन्दै त्यस्ता गतिविधि नगर्न चेतावनी दिएको छ। जिल्ला सभापति किशोरकुमार आचार्यद्वारा बुधबार जारी एक विज्ञप्तिमा माओवादीले दुख दिएका कारण जीवन रक्षाका लागि विदेश आउनुपरेको भन्दै कांग्रेसको लेटर प्याड दुरुपयोग भएको भनिएको छ। 




विज्ञप्तिमा कांग्रेस जिल्ला कार्यसमिति रोल्पा र अन्य तहहरूसमेतको नक्कली लेटर प्याड, छाप र हस्ताक्षर प्रयोग गरिएको उल्लेख छ। ती लेटरप्याडमा विभिन्न व्यक्तिहरूले आफू कांग्रेसको साधारण सदस्य, क्रियाशील सदस्य भई पार्टीका गतिविधिहरूमा सक्रिय भएका कारण द्वन्द्व प्रभावित भएको, माओवादी पार्टीका कार्यकर्ताले दुःख दिएको, धम्की दिएकोले नेपालमा बस्न नसकी जीवन रक्षाका लागि अमेरिकालगायतका देशमा आउनुपरेको भनी गलत सिफारिस बनाई सम्बन्धित देशमा पेस गरेको र गर्ने प्रक्रियामा रहेको बुझिएको विज्ञप्तिमा उल्लेख छ। ‘सो सम्बन्धमा नेपाली कांग्रेस रोल्पाको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ। 

यस्ता गलत, भ्रामक र कानुन विपरीतका कामबारे सम्बन्धित देशमा रहेका कांग्रेसका जनसम्पर्क समितिको सहयोग र सम्बद्ध सबैसँग सहकार्य गरी सत्य तथ्य पत्ता लगाउने पनि विज्ञप्तिमा उल्लेख छ। ‘सो सम्बन्धमा सबै देशका नेपालस्थित राजदूतावास समेतमा पार्टीका तर्फबाट कूटनीतिक पहल गरी आवश्यक प्रक्रिया  अगाडि बढाउने भएकाले त्यस्ता गलत क्रियाकलाप नगर्न नगराउन सम्बद्ध सबैलाई यसै विज्ञप्तिमार्फत सूचित गराइएको छ,’ विज्ञप्तिमा भनिएको छ। 
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
यो पनि पढौँ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस