संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले शिष्टाचार भेट गरेका छन्।
मंगलबार मन्त्रालयमा भएको भेटवार्ताका क्रममा द्विपक्षीय हितका बारे छलफल भएको पर्यटनमन्त्रीको सचिवालयले जनाएको छ।
मन्त्री पाण्डे र राजदूत अन्सारीबीचको भेटमा दुई देशबीचको संस्कृति, पर्यटन क्षेत्रको विकास र समृद्धिका बारेमा छलफल भएको थियो। छलफलका क्रममा विश्वकै उत्कृष्ट भनिएको कतार एयरयोजले अवलम्बन गरेका रणनीति र नेपाल एयरलाइन्सले अनुशरण गनुपर्ने विषयमा समेत कुराकानी भएको थियो ।
द्विपक्षीय भेटघाटका क्रममा परराष्ट्रमन्त्रालयका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निराशाभन्दा आशाको सञ्चार आवश्यक रहेको बताएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठान र धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपाल ९रेक्जोन०को संयुक्त आयोजनामा सोमबार काठमाडौंमा आयोजित ‘विकासका लागि संस्कृति’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले गहिरो अध्ययन र आत्मसमीक्षा नगर्दा समाजले स्पष्ट दिशा पाउन नसकेको उल्लेख गरे ।
उनका अनुसार निराशा फैलिँदा किशोरहरूको मनोविज्ञानमा नकारात्मक प्रभाव पर्ने र त्यसले पलायनको वातावरण सिर्जना गर्ने खतरा बढेको छ। उनले भने, “निराशा होइन, आशा संचारको वातावरण बनाउनु आवश्यक छ।”
समस्याको समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच आपसी समन्वय अपरिहार्य रहेको मन्त्री पाण्डेले जोड दिए । सतही विश्लेषणका कारण समाजमा निराशा बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने, “संस्कृति भनेको केवल अभौतिक होइन, विकास भनेको भौतिक र अभौतिक दुबै आयामलाई समेट्ने प्रक्रिया हो। त्यसैले विकास सबैका लागि कल्याणकारी हुनुपर्छ।”
फरक प्रसङ्गमा मन्त्री पाण्डेले द्वन्द्व व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय समुदायले सहयोग गरे तापनि त्यसको अन्तिम रूपान्तरण नेपालीहरूले नै गरेको उल्लेख गर्दै देशमा आशाको माहोल निर्माण गर्नु अहिलेको आवश्यकता भएको धारणा व्यक्त गरे ।
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...