अवैध खानी बन्द गर्न नगरपालिकाको पत्र
२० चैत्र २०७४
•
७ मिनेट पाठ
अवैध खानी बन्द गर्न नगरपालिकाको पत्र
ललितपुर – बागमती किनारमा अवैध रुपमा सञ्चालन हुँदै आएको बालुवाखानी बन्द गर्न सोमबार गोदावरी नगरपालिकाले जिल्ला प्रशासन कार्यालय ललितपुर र जिल्ला समन्वय समितिलाई पत्र काटेको छ। लामो समयदेखि अनुमतिबिना खानी सञ्चालन भएको खुलासा भएपछि नगरपालिकाले बन्द गराउन पत्र काटेको हो्।




आइतबार नागरिक दैनिकमा उक्त समाचार प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालयले तत्काल बैठक बसेर खानी बन्द गर्न नगरपालिकाको ध्यानाकर्षण गराएकोे थियो। जिल्ला प्रशासन कार्यालयले ‘साइनिङ बालुवा वासिङ सेन्टर’ बन्द गराउन मौखिक निर्देशन दिएलगत्तै मेयर गजेन्द्र महर्जनले दर्ता प्रक्रिया अघि बढिसकेको बताएका थिए। उनले सबै प्रक्रिया पूरा भएकाले दर्ता नरोकिने बताएका थिए।  सोमबार नागरिक दैनिकमै ‘अवैध खानी दर्ता गर्दै नगरपालिका’ भन्ने समाचार प्रकाशित भएपछि जिल्लाका सरकारी निकायले मेयर महर्जनलाई खानी बन्द गर्न दबाब दिएका हुन्। सोहीअनुसार खानी बन्द गराउन पत्राचार गरेको महर्जनले बताए। उक्त पत्रको चलानी नम्बर ३१६९ हो। ‘खानी सञ्चालकको ठूलै बदमासी रहेछ,’ महर्जनले भने, ‘त्यसबारे धेरै जानकारी पाएपछि दर्ता प्रक्रियामा रहेको खानी बन्द गर्न हामीले पत्र काटिसकेका छौं। मंगलबारदेखि नै उक्त खानी बन्द हुनुपर्छ।’ उनले गोदावरी नगरपालिकाभित्र २६ वटा क्रसर उद्योग र ढुंगाखानी दर्ता भएको जानकारी दिए। ‘यहाँ कुनै पनि बालुवाखानी दर्ता भएका छैनन्,’ उनले भने, ‘भएका जत्ति सबै अवैध हुन्, थाहा हुनेबित्तिकै हामीले बन्द गराउन पहल गर्नेछौं।’  

गोदावरी नपा–८ डुकुछापस्थित बागमती किनारमा अवैध रुपमा सञ्चालनमा रहेको उक्त खानीले दैनिक सयौं टिपर बालुवा निकासी गर्दै आएको छ। तस्करहरुले उक्त खानीबाट निकालिएको बालुवा जिल्लाका विभिन्न डिपोमा पु-याउँदै आएका छन्। 

प्रमुख जिल्ला अधिकारी महादेव पन्थले लामो समयदेखि सञ्चालनमा आएको उक्त खानी बन्द गराउन जिल्ला प्रशासनले पटकपटक निर्देशन दिँदा पनि नगरपालिकाले नटेरेको आरोप लगाए। ‘नगरपालिकाको पत्र आएपछि हामीले कारबाही गर्न मिल्छ,’ उनले भने, ‘पछिल्लो नियमअनुसार खानी वा क्रसर उद्योग दर्ता गर्ने र बन्द गर्ने अधिकार स्थानीय तहलाई छ। स्थानीय तहको पत्रअनुसार हामी अवैध खानी बन्द गर्छौं।’

बालुवा तस्करीमा गोदावरी नपा–८ वडाध्यक्ष सुकबहादुर लामा, स्थानीय दिनेश लामा र सञ्जीव अधिकारीलगायतको टोली संलग्न छ। उनीहरुले बागमती नदीको बहाव परिवर्तन गरेर अवैध रुपमा बालुवा तस्कर गर्दै आएका छन्। 

कारबाही गर्दैन प्रहरी प्रशासन

गोदावरी नगरपालिका–८ को कार्यालय र महानगरीय प्रहरी वृत्त फर्सीडोलदेखि करिब एक किलोमिटर दुरीको फरकमा छ बागमती नदी र खहरेखोला। यी खोलामा बालुवा निकासीका लागि बा १ क ८७६२, बा २ ख ९७७६ र ग १ ख ६६७७ लगायत नम्बरका टिपर प्रयोग भएका छन् भने बा २ ख ४११४, बा ३ ख ४४०८ लगायत नम्बरका एक्जाभेटर बालुवा निकाल्न प्रयोग भएका छन्। वडा कार्यालयका कर्मचारी र वडाध्यक्ष बिहानबेलुका यही बाटो भएर हिँड्छन्। तर, अवैध खानीमा कसैले पनि प्रश्न उठाउँदैनन्। त्यस्तै, प्रहरी कार्यालयको गेटैबाट बालुवा बोकेका टिपर ओहोरदोहोर गर्छन्। यो दृश्य हेर्दा वडाध्यक्ष र प्रहरीको सेटिङमा बालुवा तस्करी भइरहेको प्रस्ट हुन्छ। वडाध्यक्ष सुकबहादुर लामा उक्त खानीमा आफ्नो संलग्नता रहेको दाबी गर्छन्। लामाले मेमिन खिया लाग्न थालेकाले कहिलेकाहीं चलाउने गरेको बताए। ‘पहिले यो खानी सञ्चालनमा आएको थियो । धेरैतिरबाट विरोध आएपछि हामीले बन्द गराएका छौं,’ उनले भने, ‘यद्यपि कहिलेकाहीं मेसिन नबिग्रियोस् भनेर सञ्चालन हुन्छ।’ 

वडा कार्यालयअगाडि रहेको खहरे खोलाको बहाव परिवर्तन गरेर ढुंगा र गिटी तस्करी भइरहेको छ। खोलाको बालुना निकाल्दा र पर्खाल उठाउँदा खहरे खोलाको बहाव साँघुरिएको छ। वडा कार्यालयअगाडिकै ५० रोपनी जग्गा ढुंगा र बालुवा निकालेर खण्डहरमा परिणत भएको स्थानीयको भनाइ छ। ‘वडाध्यक्षले डाँडाकाँडा ताछेर सक्न थाले,’ नाम उल्लेख नगर्ने सर्तमा इकुडोलका एक स्थानीयवासीले भने, ‘यसले हाम्रो बस्ती जोखिममा पारेको छ।’ उनले पानीको अभावमा काकाकुलजस्तै भएका वडावासीलाई खानेपानीको प्रबन्ध मिलाउनुको सट्टा बालुवा तस्करीमा वडाध्यक्ष पल्किएको आरोप लगाए।

महानगरीय प्रहरी वृत्त फर्सीडोलका सई कृष्णप्रसाद सिटौलाले आफू यो क्षेत्रमा खटिएको चारपाँच दिनमात्रै भएकाले तस्करहरुबारे त्यति जानकारी भइनसकेको बताए। ‘रातभर टिपर ओहोरदोहोर गर्छन्,’ उनले भने, ‘मौखिक रुपमा हामीले अवैध बालुवा तस्करी नगर्न धेरैपल्ट आग्रह ग¥यौं। तर जनप्रतिनिधिकै हात रहेकोले प्रहरी प्रशासनलाई तस्करहरुले टेरेनन्।’ उनले जनप्रतिनिधिसँग मोटरसाइकलमा हिँडेका टोले गुन्डाहरुले हेल्मेट समेत प्रयोग गर्न नमानेको बताए। ‘हामीसँग जनप्रतिनिधिलाई कारबाही गर्न पाउने अधिकार छैन,’ उनले भने, ‘ठाउँअनुसारको अवस्था हेरेर सुरक्षा दिनुपर्छ।’
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस