स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छः मुख्यमन्त्री आचार्य
२१ भदौ २०८१
•
२ मिनेट पाठ
स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय कर्मचारी ऐन र प्रदेश कर्मचारी ऐन यसै वर्षबाट लागू हुने बताएका छन्। कर्मचारी ऐन लागू हुन नसक्दा कर्मचारीमा निराशा छाएको भन्दै उनले यस वर्ष ऐन पारित गरेर कर्मचारीको मनोबल उचो बनाइने बताए। 




गृह जिल्ला अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले आज यहाँ आयोजना गरेको स्वागत तथा अन्तक्र्रियामा उनले सरकारी कार्यालयबाट हुने सेवा प्रवाहलाई छिटोछरितो र सेवाग्राहीमुखी बनाउन छिट्टै विभिन्न तहमा कर्मचारी भर्ना प्रक्रियासमेत अगाडि बढाइने बताए।

‘सङ्घीय सरकारले हस्तान्तरण गरेको स्वीकृत दरबन्दीअनुसार प्रदेश सरकार मातहत रहेका कार्यालयमा चार हजार ७८ जना कर्मचारीको दरबन्दी रहेकामा हाल दुई हजार एक सय ७८ जना कर्मचारीमात्र कार्यरत रहेका छन्। रिक्त रहेका एक हजार नौ सय कर्मचारीको पदमा अब छिट्ट लोकसेवा आयोगमार्फत विज्ञापन खोलिने छ। त्यसपछि सेवा प्रवाहमा थप सहज हुनेछ’, मुख्यमन्त्री आचार्यले भने।

उनले अर्घाखाँची र गृहनगरको विकासका लागि सङ्घीय सरकारसँग समन्वय गरेर पर्याप्त बजेटका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। मुख्यमन्त्री आचार्यले प्रदेश मातहतका सबै कार्यालय र प्रदेश सरकारबाट प्राप्त भएका तर नगरपालिकाले कार्यान्वयन गर्ने बजेटका योजना प्रतिस्पर्धाबाट गर्न पत्राचार गरिएको बताए। 

‘नाम उपभोक्ता समितिको देखाउने तर काम निर्माण व्यवसायीलाई गराउने प्रवृत्ति छ। त्यसैले बीचमा हुने चलखेल रोक्न सबै काम प्रतिस्पर्धाबाट गर्ने प्रदेश सरकारले निर्णय गरेको छ। सोहीअनुसार पत्राचार गरिसकेका छौँ’, उनले भने।

त्यस अवसरमा सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले अर्घाखाँची जिल्लाकै गौरवको योजनाका रूपमा रहेको गोरुसिङ्गे सन्धिखर्क सडकमा पर्याप्त बजेट नभएको, बजेट परेर पनि अर्घा भगवती विमानस्थलको काम हुन नसकेको सालझण्डी, सन्धिखर्क ढोरपाटन सडकमा पर्याप्त बजेट नहुँदा कामले गति लिन नसकेकालगायत योजनालाई प्राथमिकता दिन आग्रह गरेका थिए।
अर्को समाचार
विवादपछि लुम्बिनीमा बजेट माथिको छलफल अनिश्चित
०९ असार २०८२
•
४ मिनेट पाठ
विवादपछि लुम्बिनीमा बजेट माथिको छलफल अनिश्चित
बजेट निर्माणको विधि माथि प्रश्न उठेपछि लुम्बिनी प्रदेश सरकारको बजेट भाषण निश्चित समयमा हुन सकेन। १ असार दिउँसो तीन बजे बजेट ल्याउने समय निर्धारण भएकोमा सरकार भित्रकै आन्तरिक असन्तुष्टिले बजेट सम्बोधनको समय बेलुका ५ बजेका लागि सारियो । तर बेलुका ५ बजे पछि बजेट सार्वजनिक हुन सकेन । बजेट भाषणका लागि संसद बैठक बेलुका ६ बजे मात्रै चल्यो ।




बजेट निर्माणका क्रममा मन्त्रालयगत बजेट सिलिङ माथि उठेको प्रश्नले बजेट भाषणका क्रममा देखिएको असहमति त्यो बेला किनारा त लाग्यो । तर बजेट भाषण पश्चात् सार्वजनिक भएको रातो किताबले लुम्बिनी प्रदेश सरकारलाई थप जटिल बनाइदिएको छ । फलतः बजेट माथिको छलफलका लागि संसद बैठक बस्नै सकेको छैन  । बजेट माथिको छलफलका लागि गत ७ गते देखि संसद बैठक आह्वान गरिएको थियो । तर बजेट माथिको तीव्र असन्तुष्टि बढेपछि संसद बैठक अनिश्चित कालका लागि भन्दै स्थगित गरिएको छ । बजेट प्रति प्रदेशसभा सदस्यहरूको तीव्र असन्तुष्टि छ।

फलतः सांसदहरुको असन्तुष्टि सम्बोधन गरेर मात्रै संसद बैठक सञ्चालन गर्ने तयारीमा रहेको सरकार यही समस्याको गाँठो फुकाउन लागिपरेको छ । ‘बजेट प्रति सांसदहरुको असन्तुष्टि व्यापक छ ,’ एमाले प्रदेश प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले भने ‘खासमा अहिले सम्म संसद बैठक बस्न नसक्नुको कारण यही नै हो ।’ सांसदहरूले आफूहरूलाई दिइएको बजेट सिलिङ अनुसारको योजना नदिइएको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रदेश सरकारले सांसदहरूलाई निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत बजेट तोकेको छ । यो कार्यक्रम अन्तर्गत निर्वाचित सांसदहरूलाई ३ करोड र समानुपातिक सांसदहरूलाई १ करोड १० लाख रुपैयाँ बजेट सिलिङ छुट्ट्याएको छ । या रकम बराबरका योजना सांसदहरूले आफू निर्वाचित क्षेत्रमा हाल्न पाउँछन् । तर आफूहरूलाई दिइएको यो सिलिङ बराबरको योजना बजेटमा नपारिएको गुनासो सांसदहरुको छ ।

यसरी सांसदहरूका लागि छुट्टाइएको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत २२ करोड रुपैयाँ बराबरका योजना रातो किताबमा छुटेका छन् । ‘धेरै माननीय ज्यूहरूले आफे निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत पठाएका योजनाहरू रातो किताबमा छुटेका छन्,’ एमाले सचेतक चौधरीले भने ‘झण्डै २२ करोड बराबरका योजना छुटेको देखिन्छ, यो समावेश नहुनु राम्रो पक्ष हैन ।’

निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत सांसदहरूले आफूहरूलाई प्राप्त सिलिङ बराबरका योजना आर्थिक मामिला मन्त्रालयमा पठाएका थिए । निर्वाचन क्षत्र विकास अन्तर्गत उल्लेख गरिएका योजनाहरू आर्थिक मामिला मन्त्रालयले सम्बन्धी मन्त्रालयको योजनामा रुपमा दर्ता गरिदिनु पर्ने हुन्छ । तर आर्थिक मामिला मन्त्रालयबाट योजनाहरू दर्ता नभएका कारण योजनाहरू छुटेको सांसदहरु बताउँछन् ।

‘निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतका थुप्रै योजनाहरू छुटेका छन्,’ माओवादी केन्द्रका सचेतक ईन्द्रजीत चौधरीले भने ‘यो विषयलाई सत्तारुढ दलहरूले कसरी सम्बोधन गर्छन् हामी नतिजा पर्खेर बसेका छौँ ।’ चौधरीले निर्वाचन क्षेत्र विकास अन्तर्गत पेश गरेका  करोड बजेट मध्यका आधा योजना छुटेका छन् । उनले भने ‘तीन करोड मध्य डेढ करोडका योजना काटिएका छन्, यसको कारण के हो ? नियतवस् हो वा अरु केही त्यो सरकारले बुझेको होला।’

निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत सांसदहरूका योजना काटिएपछि सत्तारुढ दल एमाले र नेपाली कांग्रेसका संसदीय दलका बैठक बस्दै आएका छन् । यी दुबै दलका संसदीय दलको बैठकमा सांसदहरु सरकार नेतृत्व प्रति असन्तुष्टि व्यक्त गरिरहेका छन् । ‘संसदीय दलको बैठकमा सांसदहरूले आफ्ना योजना काटिएको र काटिएका योजनाहरू जसरी पनि समावेश गर्नु पर्ने भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ,’ आइतबार बसेको कांग्रेस संसदीय दलको बैठक बारे जानकारी दिँदै एक सांसदले भने ‘सरकारमा रहेका मन्त्री ज्यूहरूले यसलाई कसरी सम्बोधन गर्नुहुन्छ भन्ने मुख्य विषय हो ।’ सरकारमा आर्थिक मामिला मन्त्री कांग्रेसका धनेन्द्र कार्की छन्।

निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतका योजनाहरू काटिएको भन्दै सांसदहरूले असन्तुष्टि व्यक्त गरेपछि मन्त्री कार्कीले संसदीय दलको बैठकमा सहज निकास निकालेर अघि बढ्ने जवाफ दिएका थिए । सांसदहरूका योजना कटौती भएपछि देखिएको विवाद समाधानका लागि मुख्यमन्त्री चेतनारायण आचार्य र आर्थिक मामिला मन्त्री कार्की नियमित छलफलमा छन् ।

सांसदहरूका योजनालाई कसरी सम्बोधन गर्ने भन्ने बिषयमा उनीहरू बिच छलफल भइरहेको र चाँडै निकास आउने एमाले प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले जानकारी दिए । ‘मुख्यमन्त्री ज्यू र आर्थिक मामिला मन्त्री ज्यू बिच यो समस्या समाधान खोजीका लागि नियमित छलफलमा हुनुहुन्छ,’ चौधरीले भने ‘चाँडै निकास निकालेर तत्काल संसद बैठक बोलाउने गरी तयारी गरिएको छ ।’
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस