सुवास नेम्बाङको आज स्मृति दिवस मनाइँदै
२६ भदौ २०८१
•
३ मिनेट पाठ
सुवास नेम्बाङको आज स्मृति दिवस मनाइँदै
इलाम क्षेत्र नम्बर २ बाट निरन्तर तीन दशकसम्म प्रतिनिधि सभामा निर्वाचित संविधान सभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको आज पहिलो स्मृति दिवस मनाइँदै छ। गत वर्ष आजकै दिन अर्थात् भदौ २६ गते उनको निधन भएको थियो।




पार्टीका तत्कालीन उपाध्यक्षसमेत रहेका नेम्बाङको पहिलो स्मृति दिवस अवसरमा नेकपा (एमाले)ले आज नेम्बाङको गृह जिल्ला इलामसहित देशभर विभिन्न कार्यक्रम आयोजना गर्दैछ।

एमाले इलाम जिल्ला कमिटीले आज साढे १२ बजे पार्टी कार्यालयमा श्रद्धाञ्जलीसभा आयोजना गरेको प्रचार विभाग सचिव खेमरागर खनालले जानकारी दिए। एमाले केन्द्रीय कमिटी, प्रदेश र विभिन्न जिल्ला कमिटहरूले आज नेम्बाङको स्मृतिमा कार्यक्रम आयोजना गरेको एमालेले जनाएको छ।

नेम्बाङ निर्वाचित इलाम क्षेत्र २ मा गत वैशाख १५ उपनिर्वाचन हुँदा उनकै पुत्र सुहाङ नेम्बाङ विजयी बनेका छन्। सुहाङले मंगलवारको प्रतिनिधि सभा बैठकमा आफ्ना बुबा सुवासकै बाटोमा देश अघि बढेको बताए थिए।

‘मेरो बुबा सधैं भन्नुहुन्थ्यो–सहमति र सहकार्य। उहाँ सहमति र सहकार्यका विनम्र पहरेदार र प्रवक्ता हुनुहुन्थ्यो। हो, यही मान्यताका साथ उहाँले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र, समानुपातिक प्रतिनिधित्वजस्ता पक्ष सामेल भएको नेपालको संविधान २०७२ जारी गर्ने ऐतिहासिक कार्यको नेतृत्व गर्नुभयो,’ सुहाङले भनेका छन्, ‘आज म फेरि एक पटक यो सम्मानति सदनमा उभिएर उहाँप्रति सम्मान प्रकट गर्दछु। मेरो बुबा सधैं भन्ने गर्नुहुन्थ्यो, ‘जस्तासुकै मतभिन्नतालाई पनि समाधान गर्न सकिन्छ, समृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ।’

आफ्ना पिताको नेतृत्वमा घोषणा भएको नेपालको संविधानले सबै विचार, वाद, आस्था, सबै धर्म, संस्कृति, पहिचान, सहअस्तित्व र विकासलाई ठाउँ दिएको सुहाङले बताए। ‘सबै संकटहरूलाई सहमति र सहकार्यको बलमा पार लगाउनुपर्छ भन्ने उहाँको विचार थियो। मलाई लाग्छ, फेरि एक पटक उहाँकै मान्यतामा देश उभिएको छ,’ सुहाङले भने।

विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय सुवास कानुन व्यवासायी हुँदै पार्टी राजनीतिमा होमिएका थिए । २०२९ सालमा इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति बनेका उनी नेपाल बार एसोसिएसनको महासचिवसमेत भए।

नेम्बाङ २०४८ र २०५१ सालमा राष्ट्रियसभा सदस्य बने। ०५१ सालमै उनी कानुन, न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री बनेका थिए भने त्यसपछि सामान्य प्रशासन र स्थानीय विकासमन्त्रीसमेत बनेका थिए। २०५६, ०७४ र २०७९ सालका संसदीय निर्वाचन तथा २०६४ र २०७० सालका दुुवै संविधानसभा निर्वाचनमा नेम्बाङ इलामबाट विजयी बनेका थिए।

संसद्को सार्वजनिक लेखा समिति अध्यक्ष हुँदै २०६३ वैशाख ३० देखि माघ १ सम्म सभामुख बनेका नेम्बाङ ०६३ माघ ३ देखि २०६५ जेठ १४ गतेसम्म पुनः सभामुख निर्वाचित भए। २०६४ सालको संविधानसभा निर्वाचनपछि उनी ०६५ साउन १२ देखि २०६९ जेठ १४, २०७० फागुन ६ देखि २०७२ असोज २७ सम्म संविधानसभा अध्यक्ष र व्यवस्थापिका संसद्को सभामुख भए। उनी २०३३ सालमा राजकाज मुद्दामा सात महिना जेल परेका थिए।

नेम्बाङकै नेतृत्वमा संविधानसभाले २०७२ सालमा नेपालको संविधान जारी ग¥यो। एमालेको स्थायी कमिटी सदस्य हुँदै अहिले उनी पार्टी उपाध्यक्ष थिए। उनी पछिल्लो राष्ट्रपति निर्वाचनमा समेत एमालेबाट उम्मेदवार बनेका थिए।

इलाम सदरमुकामको सुन्तलाबारीमा बाबु रामबहादुर नेम्बाङ र आमा अपिन्द्रकुमारीको कोखबाट २००९ फागुन २८ मा जन्मिएका नेम्बाङको बाल्यकाल इलाममै बित्यो। बुबा अदालतको न्यायाधीश भएकाले नेम्बाङले इलाम सदरमुकामको सुन्तलाबारीस्थित आफ्नै घरमा बसेर विद्यालय र उच्च शिक्षा लिए। उनले बिए बिएल अध्ययन गरेका थिए। नेम्बाङले काठमाडौंमा पायोनियर ल फर्मसमेत सञ्चालन गरेका थिए। 
अर्को समाचार
सांसदहरु भन्छन्ः संसदमा स्वर्गीय सुवाषचन्द्र नेम्वाङको अभाव खड्कीरहेको छ
२६ भदौ २०८१
•
४ मिनेट पाठ
सांसदहरु भन्छन्ः संसदमा स्वर्गीय सुवाषचन्द्र नेम्वाङको अभाव खड्कीरहेको छ
प्रतिनिधि सभाका सांसदहरुले संसदमा संविधान सभाका अध्यक्ष स्वर्गीय सुवाषचन्द्र नेम्वाङको व्यक्तित्व र नेतृत्वको अभाव खडकिएको बताएका छन्।




बुधबार प्रतिनिधि सभा बैठकमा संविधान सभा अध्यक्ष तथा एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका नेम्वाङको व्यक्तित्व र नेतृत्वको आज संसदमा पनि अभाव भएको उनीहरुले महशुस गरेका हुन्।

स्वर्गीय नेम्वाङको प्रथम स्मृति दिवसको अवसरमा सांसदहरुले उनले संविधान निर्माण र नेपाल संसदीय व्यवस्थाको मूल्य र मान्यतालाई स्थापित गराउन खेल्ने भएको नेतृत्वदायी र सन्तुलित भूमिकाको नेपाली जनताले सदास्मरण गरिरहने उल्लेख समेत गरेका छन।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उनले संविधान सभाको अध्यक्षको रुपमा संविधान निर्माण, सभामुखको रुपमा संसद र संसदीय व्यवस्थाको उन्नयनमा खेल्नुभएको भूमिका नेपाली जनताले सदा स्मरण गरिरहने बताए। उनले नेम्वाङलाई संसदलाई संसदलाई रचनात्मक र सृजनात्मक ढंगले अघि बढाउन नेतृत्वदायी भुमिका खेलेको पनि स्मरण गरे।

प्रमुख सचेतक बर्तौलाले भने,‘आज भदौ २६ गते सुवाषचन्द्र नेम्वाङको निधन आएको आज प्रथम स्मृति दिवस। नेपालको संविधान निर्माणका लागि असाधारण भुमिका निर्वाह गर्नुभएका, नेपालको संसदीय प्रक्रिया र संसदीय व्यवस्थामा समेत उहाँले सिंगो संसदलाई रचनात्मक र सृजनात्मक ढंगबाट अगाडि बढाउन असाध्यै नेतृत्वदायी र असाधारण भुमिका निर्वाह गर्नुभएको थियो। त्यस्तो व्यक्तित्व हामीले गुमायौं। म यस क्षणमा उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहन्छु। उहाँले आफ्नो जीवनकालमा नेपालको एउटा संसदीय प्रणालीलाई जीवन्त राख्नका लागि, संविधान निर्माणका लागि खेल्नुभएको असाधारण भुमिकाप्रति सदैव नेपाली जनताले सम्झिरहने छन।’

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले स्वर्गीय नेम्वाङको सन्तुलित व्यक्तित्वले कम्युनिष्ट पार्टीहरुबीचको सहकार्यलाई अघि बढाउन दिएको योगदानको पनि स्मरण गराए। उनले नेम्वाङ संविधान निर्माण र संसदमा गर्नुभएको नेतृत्वको जति प्रशंशा गरेपनि कमी हुने बताए।

प्रमुख सचेतक पाण्डेले भने, ‘नेपालको संविधान निर्माणमा सम्माननीय सुवाष नेम्वाङको आज प्रथम स्मृति दिवस। यतिखेर म हाम्रो दलको तर्फबाट र आफ्नो तर्फबाट समेत सम्माननीय संविधान सभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङप्रति सम्मानपूर्वक श्रद्धाञ्जली अर्पण गर्दछु। उहाँले संविधान निर्माण गर्नका लागि निर्वाह गर्नु भएको महत्वपूर्ण जो भुमिका छ। त्यसलाई स्मरण गर्दै उहाँको जो व्यक्तित्व थियो। उहाँले जसरी संविधानसभा मात्रै होइन, प्रतिनिधि सभा सँगसँगै समग्र कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन सहकार्यका लागि जो सन्तुलित भुमिका निर्वाह गर्नुहुन्थ्यो। त्यसका लागि पनि उहाँको विचार, व्यवहारबाट सिक्न म सम्माननीय सभामुखज्युमार्फत समग्र यस सभाका माननीय सदस्यहरुसँग आग्रह गर्दछु। मलाई लाग्छ–हामीले जसरी ठूलो बलिदानबाट संघर्ष गरेर जनताको प्रतिनिधिमार्फत संविधान बनाउने कुरा ग¥यौं।

प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद मनिष झाले संसदमा नेम्वाङको नेतृत्व र व्यक्तित्वको आज पनि अभाव महशुस भईरहेको बताए। संसदमा हाल तिक्तता बढ्दै गईरहेको उल्लेख गर्दै यस्तो बेलामा आफूलाई संसदमा नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने नेम्वाङको याद आईरहेको उनको भनाई थियो। सांसद झाले नेताहरुलाई खुशी पार्न दिइने अभिव्यक्तिले संसदमा समस्या खडा गर्ने गरेको उल्लेख गर्दै यस्तो बेलामा साझा र सन्तुलित भुमिका खेल्नसक्ने नेम्वाङको स्मरण सबैमा हुने गरेको उल्लेख गरे।

उनले भने,‘म आज संविधान सभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङको पहिलो स्मृति दिवसमा श्रद्धासुमन व्यक्त गर्न चाहन्छु। हामी केही सिमित भाग्यमानी राजनीतिज्ञहरुमध्ये केही समय उहाँसँग संगत गर्न पाएका थियौं। मैले उहाँसँग एक पटकसँगै युरोप भ्रमण गर्ने अवसर पनि भएको थिए। त्यो बेलामा धेरै कुरा सिक्न पाएको थिए। एउटा शालिन व्यक्तित्व, एउटा सन्तुलित व्यक्तित्व, एउटा साझा व्यक्ति हाम्रो लागि हुनुहुन्थ्यो। र आज सदनमा यताबाट उता सर्ने बित्तिकै हामीले आफ्नो जुन आचरणहरुमा परिवर्तन लिएर आउँछौं। र आफ्नो बोलीहरुमा परिवर्तन लिएर आउँछौं। त्यो बेलामा त्यो सन्तुलित व्यक्तित्व अझै त्यसको कमी महशुस हुन्छ। हामीलाई त्यो साझा व्यक्तित्व अझै चाहिएको छ जस्तो महशुस हुन्छ। अहिले त हामी नेतृत्वले के चाहन्छ रु हामीले के गर्दाखेरी नेतृत्व खुशी हुन्छ भन्ने अभिव्यक्ति भित्र र बाहिर बोलिदिने गर्दछौं। तर मेरो व्यक्तित्वले के बोल्नुपर्ने हो, त्यो नेतृत्वको रिझाईको क्रममा त्यो व्यक्तित्व बिर्सिने गरेका छौं।’

सांसदहरुले स्वर्गीय नेम्वाङले संविधान निर्माणमा र संसदलाई प्रभावकारी बनाउने विषयमा दिएको योगदान अतुलनीय रहेको पनि बताएका थिए। 
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस