सकियो बर्खे अधिवेशन: सक्रिय होला त ‘मिनी संसद्’?
०२ असोज २०८१
•
२ मिनेट पाठ
सकियो बर्खे अधिवेशन: सक्रिय होला त ‘मिनी संसद्’?
संघीय संसद्को बर्खे अधिवेशन विगतका वर्षभन्दा डेढ महिनाअगावै अन्त्य भएसँगै अब संसद्को काम मिनी संसद्को काँधमा आएको छ। बर्खे अधिवेशन भदौ ३१ गते अन्त्य गरिएपछि अब मिनी संसद्का रूपमा रहेका संसदीय समितिहरूको सक्रियताको आवश्यकता परेको छ।




संसद्मा बुधबार प्रतिनिधिसभाको अर्थ समिति र राष्ट्रियसभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक मात्र बोलाइएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभामा १४ वटा समिति छन्। दुवै सदनका सदस्य रहेका संयुक्त समिति दुईवटा छन्।

मुख्यगरी मन्त्रालयको क्षेत्राधिकार तोकिएका विषयगत समितिले अब समसामयिक विषयमा सरकारलाई जवाफदेही बनाउन भूमिका खेल्नुपर्ने भएको छ। संसद्ले पारित गरेका कानुनको कार्यान्वयनको अवस्थाबारे अनुगमन गर्ने, कालोबजारी, अखाद्य पदार्थको अनुगमन गर्ने, प्रधानमन्त्री, मन्त्रीसँग के भइरहेको छ भनेर जानकारी लिने र सरकारका काममा निगरानी बढाउने दायित्व समितिमा आएको छ।

यससँग समितिले कानुन निर्माणको कुरालाई पनि निरन्तरता दिइराख्नुपर्छ । तर विगतको अभ्यासलाई हेर्ने हो भने संसद् अधिवेशन नभएको बेलामा संसदीय समितिमा  कोरम नपुग्ने गरेकाले छलफल प्रभावित हुने गरेका छन्।

‘संसद् अधिवेशन नभएका बेलामा समितिका बैठकले सरकारका कामबारे ध्यानकेन्द्रित नगर्ने हो भने सरकारबाट भएका अनियमितताबारे जाँच हुन सक्दैन, बेथिति बढ्न सक्छ,’ संसद् सचिवालयका एक अधिकारीले भने।

यसबीच महŒवपूर्ण राष्ट्रिय पर्वहरू दसैं, तिहार, छठलगायत पर्व रहेकाले सांसदहरू अहिल्यै जिल्ला लाग्ने र एकै पटक छठ पर्वपछि राजधानी आउन सक्ने सम्भावित अवस्थालाई ध्यान दिँदै सभामुख र अध्यक्षले समितिको कामलाई पनि ध्यानमा राख्न निर्देशन दिनुपर्ने अवस्था छ,’ उनले भने।

उनका अनुसार, असोज महिनाको दोस्रो सातासम्म संसदीय समितिले प्रभावकारी रूपमा भूमिका खेल्नुपर्ने र दसैंपछि कात्तिकको सुरुदेखि दोस्रो सातासम्म र तिहार र छठ पर्वपछि संसदीय समितिको काम हुनुपर्ने देखिन्छ। सांसदको काम भनेको संसद् र जनता दुवैसँग रहनुपर्ने हुन्छ। तर, संसद्को कामलाई असर गरेर सांसद जनतासँग मात्र रहनुले संसद्को काम प्रभावकारी हुन सक्दैन।

संसद्को हिउँदे अधिवेशन पुसमाघमा मात्र बस्ने हुँदा यसबिच संसदीय समितिले अनुगमन, छलफल र निगरानी नगर्ने हो भने संसद् सचिवालयका कर्मचारी प्रशासनिक काम मात्र गरेर दिन बिताउनुपर्ने उनको भनाइ छ।

संसदीय समिति एक मात्र यस्तो निकाय हो, जसले सरकारले गरेका कामहरूको विस्तृत कागजपत्र समितिमा मगाउँछ। ती कागजपत्रलाई मिडियामार्फत सार्वजनिक पनि गराउने गर्दछ। त्यसैले संसदीय समिति लोकतान्त्रिक प्रक्रियाको एउटा महत्त्वपूर्ण निकायका रूपमा रहेको छ।
अर्को समाचार
संसदमा बिजनेसविहीन अवस्था आउने संकेत
०१ फागुन २०८१
•
५ मिनेट पाठ
संसदमा बिजनेसविहीन अवस्था आउने संकेत
संघीय संसदलाई फागुन महिनामा बिजनेसविहीन अवस्था आउने सम्भावना देखिन थालेको छ। संसद अधिवेशन सुरु भएको एक महिनापछि बिजनेसविहीन अवस्था आउने भएकाले फागुन १५ सम्म ६ वटा मात्र बैठक राख्ने तयारी भएको छ। माघ १८ देखि ३० सम्मको कार्यतालिका सकिएपछि फागुन १५ सम्मको कार्यतालिका सार्वजनिक गरिँदै छ।




संसद सचिवालयले कार्यसूची अभाव हुन सक्ने पूर्वसंकेत गरेपछि सभामुख देवराज घिमिरेले मंगलबारको संसद बैठकको अन्तिम समयमा बैठकबाटै भनेका छन्, ‘संघीय संसदको बैठक नचलेको दिनमा विषयगत समितिका कामकारबाही अघि बढाउन म समितिका सभापति र माननीय सदस्यको ध्यानाकर्षण गराउँछु।’

संसद मुख्यगरी कानुन निर्माण गर्ने थलो हो, तर उल्लेख्य कानुन निर्माण नभईकन अधिवेशन अन्त्य हुने गरेकाले यस अधिवेशनलाई पनि कानुन निर्माणमा चुनौती देखिँदै आएको छ। चुनौतीको महसुस गर्दै संसदको पहिलो बैठक बसेको दिनमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि कानुन निर्माण नभई विधिको शासन नहुने बताएका थिए। ‘मुलुकमा विधिको शासन हुनुपर्छ। सबै काम कानुनद्वारा निर्देशित हुनुपर्दछ। लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो।’

उनको यो भनाइले संसदलाई कानुन निर्माण गर्न उत्प्रेरणा दिएको सांसदहरूको भनाइ छ, तर सरकारले पर्याप्त मात्रामा विधेयक दर्ता नगरेको अवस्था र भएका विधेयकलाई पनि शीघ्र पारित गर्ने अवस्था नदेखिएकाले बिजनेसविहीन हुनसक्ने अवस्था आउने संसद सचिवालयका अधिकारीको भनाइ छ।

सभामुख घिमिरेले बुधबार राजनीतिक दलका प्रमुख सचेतकसँग फागुन १५ सम्म कार्यसूचीमा राख्ने विषयमा अन्तिम टुंगो लगाउन छलफल गरेका थिए। सभामुखले संसद सचिवालयको सहयोगमा बनाएको फागुन १५ सम्म ६ वटा बैठक राख्ने कार्यतालिका प्रमुख सचेतकसमक्ष छलफलका लागि प्रस्तुत गरेका थिए, सभामुखले प्रस्ताव गरेकै कार्यतालिकामा सहमति जुटेको छ। विधेयकको अवस्था हेर्दा ६ वटा बैठकभन्दा बढी राख्ने अवस्था नदेखिएको प्रमुख सचेतकहरूको भनाइ छ।

फागुन १५ सम्ममा ६ वटा बैठक राख्ने र त्यसलाई पुग्ने गरी विषय राखिने ६ सत्तारुढ दल कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए। तर फागुन १५ देखि मसान्तसम्ममा भने कार्यसूचीमा राख्ने विषयको अभाव हुन सक्ने उनले संकेत गरेका छन्। कांग्रेस प्रमुख सचेतक घिमिरेले अध्यादेशलाई कार्यसूचीमा राख्ने विषय फागुन १५ सम्म नरहेको स्वीकार गर्दै भने, ‘अबका दुई हप्ताभित्र संसदीय समितिले केही विधेयक पारित गर्लान् भन्ने आशा छ।’

यसबाट अब समितिमा रहेका विधेयकलाई टुंगो नलागेमा संसद बैठकको कार्यसूचीमा राख्ने विषयको अभाव हुनसक्ने संकेत देखिएको छ। प्रतिनिधिसभाको बैठक बसेको १० दिनभित्र सुरक्षित कारोबार र विधायनसम्बन्धी विधेयक पारित भएका छन् भने राष्ट्रियसभातर्फ मिडिया काउन्सिल विधेयक पारित भएको छ।

अर्थ समितिले पारित गरेको बैंकिङ कसुर तथा सजाय विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेस मात्र भएको छ। यो विधेयक पारित गर्ने चरणमा छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहेको विद्युतीय व्यापारसम्बन्धी विधेयक समितिबाट पारित भई विधेयक प्रतिवेदन माघ २७ गते संसद बैठकमा पेस भएको छ।

यो विधेयक पनि पारित प्रक्रियामा छ। राज्य व्यवस्था समितिले पारित गरेर सदनमा पेस गरेको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक प्रतिवेदन र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी विधेयक प्रतिवेदन पारितको चरणमा छ।

भ्रष्टाचार विधेयक प्रतिवेदन माघ २४ गते पेस भएको थियो भने संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रतिवेदन जेठ २२ गते पेस भएको थियो। अर्थ समितिमा रहेको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक छलफलमा रहे पनि यससम्बन्धी अध्यादेश ल्याएकाले यो विधेयकलाई २७ गतेको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले फिर्ता लिएका थिए।

प्रतिनिधिसभामा हालै दर्ता भएका नागरिकता विधेयक (दोस्रो संशोधन) विधेयक २०८१, नेपाल प्रहरी विधेयक २०८१, सशस्त्र प्रहरी बल नेपाल विधेयक २०८१ २७ गते पेस भएका छन्। यी विधेयकमाथि सैद्धान्तिक छलफल र संशोधनको समय सकिएपछि समितिमा पठाइने छ।

समितिहरूमा रहेर पारित हुन बाँकी विधेयकमा अर्थ समितिमा धितो पत्र ऐन संशोधन विधेयक, भन्सार विधेयक र बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको विद्यालय शिक्षा विधेयक र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको संघीय निजामती सेवा विधेयक, अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक र निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८०, कानुन, न्याय तथा मानव अधिकार समितिमा रहेका केही नेपाल ऐन संशोधन विधेयक, पूर्वाधार विकास समितिमा रहेको जलस्रोत विधेयक र विद्युत् विधेयक पारित हुन बाँकी छन्।

राष्ट्रियसभा बैठकमा माघ २० गते विधायन व्यवस्थापन समितिबाट पारित भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक २०८१ को विधेयक प्रतिवेदन पेस भएको छ भने माघ २४ गते हालै दर्ता भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक २०८१ र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक २०८१ पेस भएका छन्।

माघ २७ गते सामाजिक सञ्जाल विधेयक २०८१ पेस भएको छ भने सोही दिन पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक २०८१ स्वीकृत भई संशोधनको समय पनि सकिएको छ। माघ २८ गते प्रतिनिधिसभाले पारित गरेर सन्देश पठाएको विधायनसम्बन्धी विधेयक टेबुल भएको छ भने सोही दिन मिडिया काउन्सिल विधेयक पारित भएको थियो। मिडिया काउन्सिल विधेयक सन्देशसहित प्रतिनिधिसभामा माघ २९ गते टेबुल गरिएको छ।

समितिहरूलाई कानुन निर्माणको दबाब परेपछि बुधबार राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल गरेको थियो भने शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गरेको थियो। राष्ट्रियसभातर्फ नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल भएको थियो।
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस