राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन्।
बुधबार पार्टीका नवनियुक्त केन्द्रिय सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले संविधान विरोधी पार्टीका नेतालाई सरकारले नोटिसमा राखेको समाचार देखेको भन्दै आफुलाई पक्राउ गरेर देखाउन चुनौती दिएका हुन्।
उनले आफूहरु संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको विरोधी भएको र यसको विपक्षमा उभिने बताए। आफुहरुले अराजकतामा भविष्य नखोजेको भन्दै अहिलेसम्म संयमता अपनाइरहेको उनको भनाइ थियो।
"म यहाँबाट केपि ओलीको सरकारलाई चुनौतीको भाषामा भन्न चाहन्छु, यो संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्म निरपेक्षता, संघीयताको विरोधी हो राजेन्द्र लिङदेन। राजेन्द्र लिङदेन त्यसको विरोध गर्छ। विपक्षमा छ। सके पक्रेर देखाओ। हामीले अराजकताभित्र भविष्य खोजेका छैनौं। कुनै अराजकतामा आफ्नो भविष्य खोजेका छैनौं। त्यसकारण हामीले संयमता अपनाइरहेका छौं।" उनले भने।
उनले ढिलो चाँडो जनताले वर्तमान संविधान फाल्ने र त्यो अभियानको नेतृत्व राप्रपाले गर्ने बताए।
"हामीले यो सरकार र ठुला पार्टीहरुलाई आह्वान गरिराखेका छौं कि यो संविधानले काम गरेन। यो संविधानले काम गर्न सक्दैन। यो संविधान जति परसम्म बोकेर लगिन्छ, देश र जनताले त्यति नै दुःख पाउनेछन् र देश ध्वस्त हुने अवस्था छ। त्यसकारण चाँडोभन्दा चाँडो सबै अटाउने, हिजोका र आजका राम्रा विषयहरुलाई समेटेर नयाँ यात्रा तय गर्नुछ। अब अगाडी जानुको विकल्प छैन।’