प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको २३औं सम्मेलन काठमाडौंमा सुरु भएको छ। प्रमुख राजनीतिक दलहरू युवा र विद्यार्थीबाट टाढिँदै गएको आरोप लागिरहेका बेला विपक्षी मोर्चामा पुगेको माओवादीनिकट विद्यार्थी संगठन महाधिवेशनमा जुटेको हो।
माउ पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा आयोजना गरिएको विशेष समारोहबिच सम्मेलनको उद्घाटन गरेका छन्।
असोज १४ गतेसम्म चल्ने अनेरास्ववियु क्रान्तिकारीको सम्मेलनले ३३ पदाधिकारीसहित २४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्दै सकिनेछ।
प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल तथा मुलुककै पुरानोमध्येको नेपाली कांग्रेस आफूनिकट विद्यार्थी संगठनको अधिवेशन एक दशकभन्दा बढी समयदेखि गर्न नसकेका बेला माओवादी केन्द्रनिकट विद्यार्थी संगठन भने सम्मेलनमा जुटेको हो।
थपिएको समयमा महाधिवेशन गर्न नसकेपछि कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघसहित एक दर्जन भ्रातृ संगठन अहिले तदर्थवादमा सञ्चालन भइरहेका छन्। सोही बेला माओवादीनिकट विद्यार्थी संगठनले देशभरीबाट २३ सय बढी प्रतिनिधि सहभागी गराउँदै सम्मेलन सुरु गरेको हो।
‘भ्रष्टाचारको अन्त्य र सुशासन सुनिश्चितताका निम्ति हाम्रो आन्दोलन, रोजगार, उत्पादन र समाजवादी शिक्षाका लागि २३औं राष्ट्रिय सम्मेलन’ मूल नारासहित सुरु भएको सम्मेलनबाट क्रान्तिकारीको नेतृत्वमा पुग्न दर्जन नेताहरू आकांक्षी छन्।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल नै अनेरास्ववियु क्रान्तिकारीको नेतृत्व सहमतिका आधारमा चयन गर्न लागिपरेका छन्। नेता वर्षमान पुनसहितलाई साथमा लिएर दाहालनिकट विद्यार्थी नेतालाई नेतृत्वमा पुर्याउने रणनीतिमा रहेको स्रोतको दाबी छ। तर, नेता जनार्दन शर्मासहितकाहरू दाहाल रणनीतिलाई असफल बनाउने योजनासहित सक्रिय भएका छन्।
२०७४ भदौमा भएको अनेरास्ववियु क्रान्तिकारीको २२औं सम्मेलनले नेतृत्व छान्न असफल भएपछि पार्टी अध्यक्ष दाहालले लामो समयपछि पञ्चा सिंहलाई अध्यक्ष घोषणा गरेका थिए र अहिलेको सम्मेलनमा पनि त्यस्तो अवस्था आउन नदिन पार्टी नेतृत्व अहिलेदेखि नै सक्रिय रहेको नेताहरूले दाबी गरेका छन्।
नेतृत्व चयनमा सहमती जुट्न नसके पार्टी अध्यक्ष दाहाल निर्वाचन प्रक्रियाबाटै भए पनि विद्यार्थी संगठनको नेतृत्व चयनको पक्षमा रहेको निकट स्रोतको दाबी छ। २२औं सम्मेलन सम्पन्नपछि उपाध्यक्ष मनोनीत भएका १९ मध्ये १७ जना उपाध्यक्ष नै अध्यक्षको आकांक्षी छन्। उनीहरूमध्ये इन्द्र भुसाल, जिपी मैनाली, नरेश रेग्मी, पवन कार्की, मदन भुल, मदन भट्टराई, नारायण खनाल, क्षितिज सापकोटा, केशव रावल, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, प्रवीणा अधिकारी, सूर्यनारायण साहसहित नेतृत्वको दौडमा सक्रिय छन्।
पार्टीका केही नेताहरूले महासचिव दिपेश पुनलाई अनेरास्ववियु क्रान्तिकारीको नेतृत्वमा पु¥याउन चाहेको भन्दै विद्यार्थी प्रतिनिधिले नै आलोचना गर्दै आएका छन्। पुन सहकारी ठगी प्रकरणमा तानिएका छन्। उनको पक्षमा पार्टी अध्यक्ष दाहालका साथै नेता वर्षमान पुन पनि रहेको बताइएको छ।
त्यस्तै, अखिल क्रान्तिकारीमा आफूनिकट विद्यार्थी नेतालाई ल्याउन नेता नारायणकाजी श्रेष्ठ, जनार्दन शर्माका साथै पम्फा भुसाल र महासचिव देवप्रसाद गुरुङ समूह पनि सक्रिय छ। भुसाल र गुरुङ पक्षले नरेश रेग्मीलाई अघि सार्ने तयारी गरेका छन् भने श्रेष्ठ पवन कार्कीको पक्षमा उभिनसक्ने विश्लेषण विद्यार्थी प्रतिनिधिको छ।
पार्टीभित्र पछिल्ला दिनमा समानान्तर गतिविधि गरेको र पार्टी अध्यक्ष दाहाललाई समेत चुनौती दिँदै आएका शर्मालाई साइजमा राख्न सबै नेताहरू मिलेर साझा उम्मेदवार दिनसक्ने विश्लेषण पनि गर्न थालिएको छ। विद्यार्थी संगठनमा शर्मा पक्ष बलियो रहेको नेताहरूको बुझाइ छ। तर, शर्मालाई निकटहरूको व्यवस्थापन नै सबैभन्दा चुनौतीपूर्ण रहेको बताइएको छ।