संसदीय समितिले क्षतिग्रस्त राजमार्ग तथा सडकहरूको यथाशीघ्र मर्मत सम्भार गरी यातायात सुचारु गर्न सरकारलाई निर्देशन दिएको छ।
शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकले बाढी, पहिरोबाट क्षतिग्रस्त राजमार्गहरू मर्मत गरी यातायात सुचारु गर्न र फास्ट ट्र्याकमार्फत सडक पुनःनिर्माण र बेलिब्रिज जडान जस्ता कार्यहरूमा सरकारलाई तत्काल कदम चाल्न निर्देशन दिएको हो।
समितिका सचिव उदयकुमार भण्डारीका अनुसार मौजुदा सार्वजनिक खरिद कानुनले खर्च गर्न समस्या भएकाले विशेष परिस्थितिमा विपद् क्षेत्रहरूमा तत्कालीन पुनःनिर्माण कार्य गर्नुपर्नेमा समितिको जोड रहेको छ।
समितिले विपी राजमार्गमा अलपत्र परेका यातायात मजदुर र सर्वसाधारणहरूको तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ। साथै, मृतक र बेपत्ता व्यक्तिका परिवारलाई दसैंअघि नै राहत र क्षतिपूर्ति प्रदान गर्न र बाढी-पहिरोले वासस्थान गुमाएका व्यक्तिहरूलाई ७ दिनभित्र अस्थायी बसोबासको व्यवस्था गर्न पनि आग्रह गरिएको छ।
समितिले सरकारले दसैंमा घर जाने यात्रुहरूको सहज आवागमनका लागि राजमार्गहरूको मर्मत गरी यातायात व्यवस्थालाई सुव्यवस्थित, सुलभ, र सुरक्षित बनाउन निर्देशन दिएको छ।
प्राकृतिक विपद्बाट उत्पन्न क्षतिहरूको उद्धार, पुनःस्थापना, र पुनःनिर्माण कार्यमा तीव्रता दिन र आगामी विपद्बाट थप क्षति हुन नदिन पूर्वतयारीका कामहरू गर्न पनि सरकारलाई समितिले निर्देशन दिएको छ।