सहकारी ठगी आरोपमा पक्राउ परेका सभापति रवि लामिछानेको समर्थनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं केन्द्रित विरोध प्रदर्शन जारी राखेको छ।
शनिबार काठमाडौंको कीर्तिपुर क्षेत्रमा रास्वपाका नेता तथा कार्यकर्ताले मौन जुलुस प्रदर्शन गरे। रास्वपाले यस प्रदर्शनलाई "राजनीतिक प्रतिशोधविरुद्धको शान्तिपूर्ण आवाज" बताएको छ।
पार्टीले लामिछानेविरुद्धको कानूनी प्रक्रिया राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको दाबी गर्दै यस विषयमा निष्पक्ष छानबिनको माग गरेको छ।
रास्वपाले आगामी दिनमा पनि लामिछानेको समर्थनमा थप फरक शैलीमा विरोध कार्यक्रम जारी राख्ने तयारी गरिरहेको छ।
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।
शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।
बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...