अर्थतन्त्र चलायमान हुँदै गएको अर्थमन्त्री पौडेलको दाबी
११ कार्तिक २०८१
•
८ मिनेट पाठ
अर्थतन्त्र चलायमान हुँदै गएको अर्थमन्त्री पौडेलको दाबी
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र चलायमान हुँदै गएको बताएका छन्। नयाँ सरकार बनेर सय दिन पूरा गरेको समिक्षा गर्दै अर्थमन्त्री पौडेलले नीतिगत स्थिरता र राजनीतिक स्थिरतासँगै देशको अर्थतन्त्र सकारात्मक बाटोतर्फ जान थालेको बताएका हुन्।




नेपाली कांग्रेस र नेकपा एमालेबीचको समीकरणमा बनेको यो सरकारमा एमाले नेता विष्णुप्रसाद पौडेल चौथो पटक अर्थमन्त्री बनेका छन्। अर्थमन्त्रि बन्नुअघिका नीतिहरुमा सैद्धान्तिक रुपमा केही पनि बदलिएको छैन।  तर शेयर बजारमा उछाल छ, हरियाली छाएको छ। आर्थिक वृद्धिदरलाई अनुमान गर्नसक्ने अवस्थाको निर्माण भएको छैन, उत्पादनमुलक क्षेत्रमा पनि वृद्धिदर देखिनेगरी छैन, लगानीयोग्य रकम बैंकिङ प्रणालीमा थुप्रिएको छ, निराश लाग्दो कर्जा प्रवाह छ। यस्तो अवस्थामा पनि मुलुकको अर्थतन्त्र अब चलायमान भएको सरकारको दाबी छ। यसै सेरोफेरोमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले न्युज एजेन्सी नेपाललाई दिएको प्रतिक्रिया यस्तो छ (सम्पादित अंश) ।

अवस्था सकारात्मक छ

सबैभन्दा महत्वपूर्ण पक्ष मान्छेको मनोबल हुन्छ, आत्मविश्वास र मनोबल टुट्यो भने देशलाई अगाडि बढाउन धेरै गाह्रो पर्छ । हामी सरकारमा सहभागी भएदेखि मुख्यरुपमा उत्पादनका सबै क्षेत्र विशेष गरी निजी क्षेत्रको मनोवल उठाउनका निम्ति धेरै कोशिस् गरेका छौँ । उहाँहरुका माग, चासो र मुद्दाहरुलाई गहिरो गरी सुनेका छौँ र कतिपय माग मुद्दाहरु सम्बोधन पनि गरेका छौँ । यो सरकार समस्या सुन्छ र समस्या समाधानका लागि अग्रसरता लिन्छ भन्ने सन्देश संप्रेषित भएको छ ।  निजी क्षेत्रसँग मात्र नभइ उत्पादनका सबै क्षेत्रसँग हामी यो ढंगले सहकार्य गरिरहेका छौँ ।

दोस्रो कुरा के छ भने अहिले हामीले लामो समयदेखि उत्पादनमा लागेर भुक्तानि पाउन बाँकी रहेका निजी क्षेत्रलाई दिनुपर्ने भुक्तानिको दायित्व पूरा गर्नेतर्फ प्रक्रिया शुरु ग¥यौँ र भुक्तानि दिन थाल्यौँ । सरकार हामीसँग छ भन्ने सन्देश निजी क्षेत्रमा गएको छ । पोलिसी निर्माणमा पनि हामीले केही महत्वपूर्ण कामहरु गरी रहेका छौँ । सबैभन्दा महत्वपूर्ण पक्ष हामीले नपाली अर्थतन्त्रको समग्र चित्र, समस्याहरुको समाधानका लागि अर्थतन्त्रको सुक्ष्म अध्ययन गरी सुझाव दिनका लागि पूर्वसचिव रामेश्वर खनालको नेतृत्वमा विज्ञहरुको ‘उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग’ गठन गरेका छौँ । उहाँहरुले काम शुरु गर्नुभएको छ ।

अर्को कुरा लामो समयदेखि नेपालको क्रेडिट ट्रेडिङको काम बाँकी थियो जसबाट हाम्रो अर्थतन्त्र कुन अवस्थामा छौँ भनेर विश्वमाँझ भन्न अपm्ठ्यारो परिरहेको थियो । क्रेडिट ट्रेडिङको काम अहिले करिव करिव सकिएको अवस्थामा छौँ र आशा गरिरहेका छौँ । यसको नतिजा छिटै सर्वाजनिक हुनेछ । यो पनि एउटा आर्थिक क्षेत्रको महत्पूर्ण काम हो भन्ने मैले ठानेको छु ।

अहिले राजनीतिक अस्थिरता छैन

देशमा राजनीतिक अस्थिरताका कारण देशले दुःख पायो भन्ने आम अनुभुति थियो, हामीले स्थिरता, स्थायित्वको सन्देश दिएका छौँ । देशको ठूला परिवर्तनमा महत्वपूर्ण नेतृत्व गरेका काँग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकार पूरै अवधि टिक्छ । दुई पार्टी प्रतिष्पर्धाको राजनीतिमा भएपनि असामान्य अवस्थामा रहेको मुलुकको या अवस्थालाई सही ढंगले लोकतान्त्रिक मार्गमा अघि बढाउन, नागरिकमा सिर्जना भएका निराशा चिर्दै आशा जगाउनका निम्ति दुई ठूला दल मिलेर सरकार बनाउनुपरेको हो ।  

यसले एकसाथ दुई सन्देश दिएको छ । एउटा राजनीतिक स्थायित्वको सन्देश छ भने अर्को जनता र राष्ट्रको पक्षमा सकारात्मक काम गर्नका निम्ति सकारात्मक आधार पनि प्रदान गरेको छ । र अन्तर्राष्ट्रिय समुदायको विश्वास पनि हामीले जित्न सकेका छौँ । जनतामा आशा पलाएको छ ।

राजश्व वृद्धि गर्ने तयारी छ

अर्थतन्त्रलाई लयमा ल्याउने कोशिस गरेका छौँ । खासगरी रेभिन्युको पार्टमा हामीले सबै प्रकारका चुहावट, अनिमियताता नियन्त्रण गर्दै, करदातासँग मैत्रीपूर्वक व्यवहार गर्दै, कर दायित्वबाट कसैले पनि उम्किन नपाओस् भन्ने कुरामा ध्यान दिँदै राजश्व परिचालनको कार्यक्रमलाई अघि बढाएको छौँ । गत वर्षको यही अवधिमा करिव १३ प्रतिशतको हाराहारीमा राजश्व वृद्धि भएको छ । यसबीचमा एउटा दुखद् पक्ष के रह्यो भने हामीले अनपेक्षित रुपमा ठूलो प्रकृतिक विपदाको बाढीपहिरोको सामना गर्नुप¥यो । जसबाट भन्सार नाकाहरु बन्द हुन पुगे, आयात निर्यातका सारा चिजहरु बन्द भए । दशैँ तिहारलगायत चाडपर्वको मुखमा भएको प्रकृतिक विपत्तिले अर्थतन्त्रलाई पनि एकहदसम्म प्रभावित बनाएको छ । तर हामीले अर्थतन्त्रलाई लयमा फर्काउन र राजश्वलाई लक्ष्य अनुरुप अघि बढाउन प्रयासरत छौँ ।  

खर्च कटौती गरेर काम गर्नुपर्ने बाध्यता छ

खर्चको प्रश्नमा बजेटको वितरण भएको छ, यसमा हामी सेलेक्टिभ भएर जानुपर्ने आवश्यक देखिएको छ । हामीसँग सीमित स्रोत छ, असीमित आकांक्षाहरु र योजनाहरु पनि छन् । यस्तो अवस्थामा अध्ययन पूरा भएका राष्ट्रिय महत्व र गौरवका आयोजनाहरुमा प्राथमिकताको आधारमा लगानी केन्द्रित गर्नुपर्ने हुन्छ । यसका लागि मोडरेट ढाँचामा बजेट कार्यान्वयनका लागि सोचिरहेका छौँ ।

यसबाहेकका अर्थतन्त्रका वाह्यपक्षका कुरा गर्ने हो भने इन्डिकेटरहरु ठिकै छन् । यद्यपी,  कतिपय आयात निर्यातको क्षेत्रका आयतमा संकुचन छ, त्यसमा आन्तरिक उत्पादन बढेर आयातमा संकुचन देखिएको भए राम्रो हुन्थ्यो तर त्यो अवस्था छैन । निर्यातमा पनि एक प्रकारको संकुचनको स्थिति देखापरेको छ । विदेशी मुद्रा सञ्चितिमा राम्रो अवस्थामा छौँ । रेमिट्यान्स आप्रवाह राम्रो छ । मुद्रा स्फिर्ती र मूल्यवृद्धि वाञ्छनीय अवस्थामा छ । नेपालको आर्थिक वृद्धि दरको बारेमा पनि पाँच प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि नेपालले हासिल गर्नसक्छ भन्ने विश्व बैंकको अनुमान गरेको छ ।  

यसका साथसाथै बैंकको ब्याजदर घटेको छ । तरलता बढेको छ ।  हाम्रो देन कहाँनेर केन्द्रित हुनुपर्छ भने माग बढाउनु प¥यो, उत्पादन बढाउनु प¥यो,रोजगरीका साथै आर्थिक क्रियाकलाप बढाउनु प¥यो । खासगरी उद्ययोग व्यवसायका लागि अनुकुल अवस्था सिर्जना गर्नुप¥यो । यस्ता कामहरुमा केन्द्रित भएर अर्थतन्त्रलाई ठिक ढंगले अघि बढाउन हामीले पहल गरेका छौँ । मेरो विचारमा केही सकारात्मक नतिजाहरु प्रकाशित भइरहेका छौँ र आउने दिनहरुमा हामी थप तिब्रत दिन्छौँ ।

राजनैतिक सहमतिमा काम गरेका छौं  

एउटा चिज के छ भने हामी संयुक्त सरकारमा छौँ । विभिन्न मन्त्रालयका मन्त्रीहरु, सचिवहरु, उच्च प्रशासनका नेतृत्वहरु सबैसँग एकआपसमा कानूनी प्रक्रियाहरु बुझ्ने र वाञ्छनीय सीमासम्म सहयोग गरेर सरकारको प्रभावकारिता वृद्धि गर्ने काममा हामी केन्द्रित छौँ । वान स्टोर सर्भिस, वान डोर सर्भिस, वान विन्डो सर्भिस भन्ने गरिन्छ । हामी केही समस्या प¥यो वा देखियो भने राउण्ड टेबुल मिटिङ गर्ने र साझा निस्कर्षमा पुगेर समस्या सट आउट गर्ने र एउटा प्रक्रियामा पुग्ने काम गरिरहेका छौँ ।  

विपदले चुनौती थपेको छ

भौतिक, मानवीय, व्यवसायिक, पशुधन, अन्नबालीलगायतका धेरै क्षति भयो । यो क्षति भयो भनेर हामी पीर गरेर बसेर भएन । अब पुरानै अवस्थामा कसरी पुग्ने भनेर हामीले सोचिरहेका छौँ । यसका लागि पहिलो काम राहत र उद्धारको काम थियो । त्यो काम ग¥यौँ  । अब हामी क्षति पुगेका बाटो, खानेपानी, विद्यालय, अस्पताल, सिंचाई आयोजनाहरु, निजी घरहरु आदिका पुनर्निर्माणका कार्यमा आइपुगेका छौँ । अब यसैमा केन्द्रित हुनुपर्छ ।  प्रधानमन्त्री राहत कोषबाट हामीले सरसहयोग ग¥यौँ । पुनर्निर्माणका लागि राहत कोषबाट सम्भव नहुने भएकाले स्रोतको व्यवस्था गर्नुपर्नेछ ।

पुनर्निर्माणका कामका लागि केही स्रोतको प्रवन्ध पनि गरेका छौँ, फाइनान्स हुने चरण पुगेको छ । पुनर्निर्माणका लागि अवश्यक पर्ने  स्रोतको व्यवस्था सरकारले गर्छ । आन्तरिक र वाह्य दुवै पहल गर्छौँ । लिन मिल्ने र उपयुक्त हुने वाह्य सहयोग लिन्छौँ ।

उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्र समेट्छु

निजी क्षेत्र छुटेको छैन । कुनैपनि क्षेत्र छुट्दैन । निजी क्षेत्र, सहकारी सबै क्षेत्र समेटिएको छ । कमिटी बनाउँदा ठूलो आकारको नभइ विज्ञहरुको सानो कमिटी बनाउँछौँ । आर्थिक क्रियाकलापका सबै विधाका अनुभवि व्यक्ति तथा संस्थाहरुसँग जीवन्त छलफल गरेर कमिटीले सरकारसँग प्रश्ताव गर्ने हो । निजी क्षेत्र कमिटीभित्र प¥यो कि परेन भन्दा छुट्यो जस्तो लाग्न सक्ला तर समग्रतामा निजी क्षेत्रको चासो, सरोकार र सुझावहरुलाई  सम्बोधन नगरी अघि बढ्ने भन्ने प्रश्न नै हुँदैन । उहाँहरु त्यसरी नै अघि बढ्नुहुन्छ ।

आगामी दिनमा विपद् जोखिमलाई हेरेर योजना बनाइन्छ

अर्थ मन्त्रालय र सम्बन्धित मन्त्रालयहरुले यस विषयमा सोचेकै छ ।  सोच्ने नै कुरा हो । जहाँसम्म भूगोलको कुरा छ । हिमालमा आप्mनै खालका प्राकृतिक विपद् र समस्याहरु छन् । हिमपहिरो, हिमताल फुट्ने समस्याहरु छन् । हिउँ नपर्ने, हिमाल नाङ्गो हुँदै जाने समस्या हिमाली क्षेत्रमा छ । कल्पना नगरिएको पहिरो केही वर्ष अघि मुस्ताङमा आयो, अहिले फेरि सोलुखुम्बुमा आयो । हिमाली क्षेत्रमा त्यसरी पहिरो जानु त्यति सजिलै अनुमान गरिँदैन । यो प्रकारको समस्या हिमाली क्षेत्रमा भोग्नुपरेको छ ।

पहाडी क्षेत्रमा मध्य पहाडमा बाढी र पहिरोको प्रकोप अत्याधिक छ । नदी तडका क्षेत्रहरु र तराई मधेसमा नदी कटान र डुवानका समस्या भोग्दै आएका छौँ । हामीले हाम्रो देशको विशेषता अनुरुप प्राकृतिक विपत्तिको पूर्वानुमान, त्यसबाट जोगिनका निम्ति उपयुक्त उपायहरुको अवलम्वन र त्यो विपत्तिपश्चात पनि हामीले शीघ्र पुनःस्थापना, उद्धार, राहत तथा पुनर्निर्माणका कामहरु गर्नका लागि एउटा स्थायी संस्थाको आवश्यकता थियो र हामीले त्यो बनाएका पनि छौँ । हामीले यस विषयमा गम्भीरतापूर्वक सोचिरहेका छौँ । प्राकृतिक विपत्ति, त्यसको पूर्वानुमान र त्यसलाई रोकथाम नियन्त्रण तथा भइहाल्दा पनि त्यसबाट बाहिर निस्किन पुनःस्थापना, पुनर्निर्माणका विषयहरुमा हाम्रो ध्यान गम्भीरतापूर्वक गएको छ ।  
अर्को समाचार
बजेट कार्यान्वयन प्रभावकारी बनाउन अर्थ मन्त्रालयको ९५ बुँदे मार्गदर्शन
०१ साउन २०८२
•
२ मिनेट पाठ
बजेट कार्यान्वयन प्रभावकारी बनाउन अर्थ मन्त्रालयको ९५ बुँदे मार्गदर्शन
गत आर्थिक वर्षमा लक्ष्य अनुसार काम गर्न नसकेको अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८२मा बजेट कार्यान्वयन प्रभावकारी बनाउनका लागि ९५ बुँदे मार्गदर्शन सबै मन्त्रालय र माताहतका निकायलाई पठाएको छ । बजेट कार्यान्वयनमा ढिलाई नहोस् भनेर सरकारले जेठ १५मै बजेट ल्याउने व्यवस्था छ । अर्थ मन्त्रालयले आर्थिक वर्ष सुरु भएको पहिलो दिन विहीवार मार्गदर्शन जारी गर्दै आयोजनाको प्रभावकारी कार्यान्वयन गरी तोकिएको समयमा नै सम्पन्न गर्न निर्देशन दिएको छ । आयोजनाको कार्यान्वयनमा तीव्रता ल्याउन दैनिक तीन सिफ्टमा काम हुने व्यवस्था मिलाउनु समेत आग्रह गरेको छ । ‘निर्माण प्रक्रियामा जग्गा प्राप्ति, वन क्षेत्रको स्वीकृति लगायत तयारी पूरा भएका आयोजनालाई शीघ्र खरिद प्रकियामा लैजाने व्यवस्था गर्नु हुनेछ,’ अर्थ मन्त्रालयको मार्गदर्शनमा उल्लेख छ । प्रदेश र स्थानीय तहमा सशर्त अनुदानबाट सञ्चालन हुने कार्यक्रम आयोजना कार्यान्वयनको लागि द्विविधा पर्न गएमा समस्याको निराकरण गर्ने-गराउने व्यवस्था मिलाउन समेत भनेको छ ।




त्यसैगरी, अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत प्रदेश र स्थानीय तहमा सशर्त अनुदानबाट सञ्चालन हुने कार्यक्रम-आयोजना कार्यान्वयन गर्ने सन्दर्भमा खर्च सम्बन्धी स्वीकृत मापदण्ड र कार्यविधि सम्बन्धित प्रदेश र स्थानीय तहमा उपलब्ध गराउने व्यवस्था मिलाउन, स्वीकृत वार्षिक कार्यक्रममा समावेश भई रकम विनियोजन भएको कार्यक्रमको कार्यान्वयनको लागि कार्यविधि आवश्यक पर्ने भएमा बनाउन आग्रह गरेको छ । मार्गदर्शनले आयोजना कार्यान्वयन गर्दा समयमै निर्णय नगरेका कारणले लागत बढ्न गएमा सम्बन्धित पदाधिकारीलाई जवाफदेही बनाउने प्रयास गरेको छ ।

अर्थ मन्त्रालयको सहमति विना थप आर्थिक दायित्व सिर्जना नगर्न, सहमति विना सिर्जना भएको थप दायित्वको व्यवस्थापन नहुने भन्दै सचेत गराएको छ । वैदेशिक सहायताको आयोजनाको हकमा सहायता सम्झौता भएको रकमको सीमाभित्र खरिद प्रक्रिया अघि बढाउँदा अर्थ मन्त्रालयको सहमति माग गर्न नपर्ने अर्थ मन्त्रालयले जनाएको छ ।

आयोजनाको वहुवर्षीय खरिदमा स्रोत सहमति सम्बन्धी मापदण्डको पूर्ण पालना गर्नु गराउन, स्रोत सहमतिलाई व्यवस्थित गरी बजेट अनुशासन कायम गर्न स्रोत सहमति माग गर्न भनेको छ । अर्थले तोकिएको परिमाण, लागत, गुणस्तर र समयसीमाभित्र निर्माण कार्य सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
यो पनि पढौँ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस