मधेस समृद्धिका लागि जलवायु असर न्यून गर्नुपर्छ: मुख्यमन्त्री सिंह
११ कार्तिक २०८१
•
६ मिनेट पाठ
मधेस समृद्धिका लागि जलवायु असर न्यून गर्नुपर्छ: मुख्यमन्त्री सिंह
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जलवायु परिवर्तनको असरबाट अन्य ठाउँझैँ मधेस प्रदेशको सामाजिक तथा आर्थिक जीवन प्रभावित भइरहेको बताएका छन्।




पछिल्ला केही दशकमा प्रदेशको परम्परागत जीवनशैली र त्यसमा पनि आर्थिक व्यवहार नै अस्तव्यस्त हुनेगरी कृषि, पूर्वाधार संरचना र श्रम उत्पादकत्वमा प्रतिकूल असर परेको उल्लेख गर्दै उनले अवस्था सुधारमा जोड दिए ।

सङ्घीय राजधानी काठमाडौँमा शनिबार आयोजित वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को तेस्रो बैठकमा मुख्यमन्त्री सिंहले सो कुरा बताएका हुन् ।

उनले प्रायः समथर भूभागसहित साना साना चुरे पहाड भएका यो प्रदेशमा पानीका प्रमुख स्रोतका रूपमा रहेका कोसी, बागमती, कमला, बलान, रातो, बाँके, लालबकैया, पसाहा लगायतका नदीनालाका कारण खानेपानी तथा सिँचाइका लागि जल उपलब्धता तथा जैविक विविधता संरक्षणमा योगदान पुगिरहेको भए पनि वर्षाका बेला बाढी, डुबान, पहिरो, उर्वर भूभागको मरुभूमि करण र अनावृष्टिका कारण सुख्खाखडेरीजस्ता विपत्को सामनासमेत मधेस प्रदेशले गर्नु परिरहेको उल्लेख गरे ।

मुख्यमन्त्री सिंहले गर्मीयाममा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम र चिसोयाममा लामो अवधिको शीतलहरी नै हुनेगरी अत्यन्त जाडो हुने मधेस प्रदेशमा वर्षायाममा भारी वर्षाका साथै फागुनदेखि जेठ महिनासम्म पानीका स्रोत सुक्ने र खुख्खा खडेरी लाग्ने हुँदा कृषि तथा स्वास्थ्यसम्बन्धी जटिलताबाट

प्रदेशवासीलाई गुज्रिनु परिरहेको बताए ।

उनले भने, ‘मधेसस्थित सिमसार क्षेत्रहरू, घाँसे मैदान र वन क्षेत्रजस्ता पारिस्थितिकीय प्रणालीहरू विभिन्न प्रजातिका वनस्पति तथा जीवजन्तुका लागि आश्रय स्थल रहेको छ । तर, तीव्रतर हुँदै गएको सहरीकरण, कृषिक्षेत्र विस्तार एवम् विभिन्न निहुँमा गरिने वनविनाशका कारण जैविक विविधता संरक्षणमा समस्या उत्पन्न भइरहेका छन् ।’ 

मुख्यमन्त्री सिंहले पचास लाखभन्दा बढी जनसङ्ख्या रहेको र जातीय, धार्मिक, भाषिक एवम् सांस्कृतिक विविधताको धनी मधेस प्रदेशमा कृषि तथा साना उद्योगमा आधारित अर्थतन्त्रसँगै ठूल्ठूला उद्योग कलकारखानाको प्रचुर सम्भावना भएको बताउँदै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्दै वातावरण संरक्षणमा पर्याप्त र परिणाममुखी काम गर्न सकिए मधेस प्रदेशलाई कृषि, उद्योग र

पर्यटनजस्ता क्षेत्रमा अग्रणी बनाउन सकिने प्रस्ट पारे ।

कृषि क्षेत्र प्रभावित भई जमिनको उत्पादकत्व घट्नु, उत्पादन घट्नु, खाद्य संकट बढ्नु, गरिबी बढ्नुका साथै जीविकोपार्जनमा समेत समस्या भइरहेको औँल्याउँदै मुख्यमन्त्री सिंहले प्रदेशमा स्वास्थ्यसम्बन्धी समस्यामा वृद्धि भएको, पानीका स्रोत सुक्दै जाँदा खानेपानी, सिँचाइ आदिका लागि जलसंकट नै उत्पन्न भइरहेको बताए ।

उनले भने, ‘शीतलहर, अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, खडेरी, हावाहुरीजस्ता प्राकृतिक प्रकोपका घटना बढेका छन् । वनविनाशका कारण जैविक विविधतामा ह्रास, पारिस्थितिकीय प्रणालीबाट प्राप्त हुने सेवामा कमी, धुवाँ र धुलोबाट सिर्जित वायु प्रदूषण, फोहोरमैलाको दुर्गन्ध, ध्वनि तथा जलीय प्रदूषण, हरियालीरहित सहरीकरण, जलाधारीय

अवस्थामा ह्रासजस्ता चुनौती हामीसँग छ ।’

मुख्यमन्त्री सिंहले जलवायु परिवर्तनको असरबाट लड्न प्रदेश सरकारले सबै स्थानीय तहमा कम्तीमा दस प्रतिशत हरियाली कायम गर्नका लागि एक स्थानीय तह एक नर्सरी स्थापनाका लागि कार्यक्रम र एक वर्षमा एक करोड बिरुवा रोप्ने योजना कार्यान्वयन गरिरहेका बताए । उनले सरकारले एक नगर एक उद्यानअन्तर्गत बजेट विनियोजन गरेको पनि बताए ।

उनले दैनिक उत्सर्जन हुने फोहोरमा कमी ल्याउन फोहोर मैला व्यवस्थापनअन्तर्गत सुरक्षित भण्डारण र प्रशोधनका लागि स्थानीय तहहरूमा बजेट विनियोजन भएको भन्दै निर्माण र अन्य क्षेत्रबाट सिर्जना हुने धुलो र मसिना धुलाका मात्रामा कमी ल्याउन कार्यक्रम सञ्चालन गरिएको बताए ।

उनले प्रदेश सरकारले आईई र ईआइएको

प्रावधानलाई कडाइका साथ लागु गरेका भन्दै प्लास्टिकका झोला उत्पादन तथा प्रयोगमा कमी ल्याउन चेतनामूलक प्रचारप्रसार, गाउँघर, नगर, सार्वजनिक, धार्मिक एवम् पर्यटकीय स्थलहरू सफा र स्वच्छ राख्न योजनबद्ध काम भइरहेको बताए ।

मुख्यमन्त्री सिंहले वातावरण संरक्षण कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारले आवश्यक ऐन कानुन निर्माण तथा परिमार्जन गरेको र ती कानुन कार्यान्वयनमा ल्याउन आवश्यक पर्ने संरचनाहरू समेतमा सुधार एवम् विस्तार गरेको बताए ।

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वन्यजन्तु व्यवस्थापन, जलाधार संरक्षण, चुरे संरक्षण, डढेलो नियन्त्रण, नदीजन्य पदार्थको व्यवस्थापन आदि काम पूर्ववत् अघि बढिरहेको मुख्यमन्त्री सिंहको कथन छ ।

प्रदेशमा व्यापक वृक्षारोपण, उद्यम प्रवर्द्धन,

पर्या पर्यटन लागि कार्यक्रम सञ्चालन गरिनुका साथै भौतिक पूर्वाधार निर्माणमा समेत बजेटको ठूलो हिस्सा विनियोजन भएको बताउँदै मुख्यमन्त्री सिंहले मधेस प्रदेशमा सुरक्षित जीविकोपार्जन, जलवायुजन्य समस्यासँग जुध्न र दिगो विकासका लक्ष्यहरू हासिल गर्न वन, वातावरण, कृषि, खानेपानी, सिँचाइ, लैंगिक आदि सहितको एकीकृत रणनीति योजना निर्माण गरी कार्यक्रम सञ्चालन गर्ने विषय मधेस प्रदेश सरकारको प्राथमिकतामा रहेकोमा जोड दिए । 

मधेस प्रदेश सरकारले जलवायु परिवर्तन एवम् वातावरणीय समस्याका कारण पर्ने प्रभावहरूको न्यूनीकरणका लागि समुदाय, सरकार र अन्य सरोकारवालाको सहकार्यमा कार्य गर्ने कुरामा पनि प्रतिबद्ध रहेको भन्दै उनले वन संवर्द्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापनको सिद्धान्तअनुसार

उत्पादनशील वनलाई व्यवस्थापन गर्दै लैजाने, निजी एवम् सार्वजनिक जग्गामा कृषि वन कार्यक्रमलाई  प्राथमिकताका साथ अगाडि बढाई वन क्षेत्र वृद्धि गर्ने, एकीकृत जलाधार व्यवस्थापनमार्फत भूक्षय, बाढी पहिरो नियन्त्रण गरी समुदायको अनुकूलन क्षमता अभिवृद्धि गर्ने, जल समस्या समाधानका लागि सहरी जलाधार व्यवस्थापन कार्यक्रम गर्ने विषय पनि सरकारको

विशेष चासोमा रहेको बताए ।

मधेस प्रदेशमा वन क्षेत्र न्यून भएकाले राष्ट्रिय प्राथमिकतामा परेको भन्दै विकासका विभिन्न आयोजना वनक्षेत्रमै सञ्चालन गर्ने परिपाटी अन्त्य हुनुपर्ने भन्दै त्यस्तो गर्नैपर्ने भए प्रदेश सरकारसँग समन्वय गरेर मात्र त्यस्ता आयोजना अगाडि बढाउन उनले संघ सरकारसँग आग्रह गरे ।

सागरनाथ वन विकास परियोजनाको

व्यवस्थापन प्रदेश सरकारले गर्न पाउनुपर्ने विषयमा केही सकारात्मक कुराहरू भएको भन्दै मुख्यमन्त्री सिंहले अब त्यस विषयलाई एउटा निष्कर्समा पुर्याउनसंघ सरकारबाट ठोस र सार्थक निर्णय आउने पर्खाइमा भएको बताए ।

चुरेविनाशका कारण मधेसका जीवन अस्तित्व नै सङ्कटमा पर्ने प्रक्षेपण गरिएका बेला चुरे संरक्षणसँग सम्बन्धित कामका लागि प्रदेश सरकारलाई संघ सरकारको विशेष सहयोग हुने अपेक्षा प्रदेश सरकारले गरेको भन्दै राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका कार्यक्रम कार्यान्वयन प्रदेश सरकारमार्फत हुनुपर्ने मुख्यमन्त्री सिंहले प्रस्ताव गरे ।

डिभिजन वन अधिकृतहरूलाई न्यायिक अधिकार सुनिश्चित गर्न संघ सरकारबाट प्रदेश सरकारलाई अधिकार हस्तान्तरण हुनुपर्ने र सशस्त्र वन रक्षकको परिचालन एवम् व्यवस्थापन प्रदेश सरकारलाई दिन मुख्यमन्त्री

सिंहले प्रधानमन्त्रीसँग आग्रह गरे ।

प्रदेशका कम्तीमा २५ प्रतिशत घरधुरीलाई विद्युतीय चुल्हो, सुधारिएको चुल्हो, बायोग्यास प्लान्ट जडान एवम् फोहोर मैला व्यवस्थापनमा प्रदेश सरकारलाई आवश्यक सहयोगका लागि समेत उनले संघ सरकारसँग अपेक्षा गरे ।

मुख्यमन्त्री सिंहले प्रदेशस्तरीय प्रदूषण स्तर मापणसम्बन्धी अध्ययन अनुसन्धान, वातावरण संरक्षण सम्बन्धी तथ्याङ्कमा प्रदेश सरकारको आबद्धता, अन्तर्राष्ट्रिय सभा सम्मेलनमा प्रदेशको सहभागिता एवम् प्रतिनिधित्व, प्रदेशमा हस्तान्तरण भएका आयोजना परियोजनामा प्रदेश सरकारको निर्णयमा संघ सरकारको अनुमोदन, तराई भूपरिधि कार्यक्रमजस्तै पूर्वी चुरे तराई भूपरिधि केन्द्रित परियोजना मधेस प्रदेशमा लागु हुनुपर्ने विषयमा समेत संघ सरकारको ध्यान कृष्ट गराए ।
अर्को समाचार
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
१ मिनेट अघि
•
१ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
पोखरा। चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।




परियोजनाको कुल प्रगति ६५ प्रतिशतभन्दा बढी पुगेको हुँदा लक्ष्य अनुसार काम भइरहेको परियोजनाको तालुक निकाय सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले जनाएको छ। परियोजनाको अनुगमन पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ समक्ष परियोजनाले सो जानकारी दिएको हो।

अनुगमनका क्रममा मन्त्री श्रेष्ठले पर्या पर्यटनका निम्ति अत्यन्तै  महत्वपूर्ण मानिएको परियोजना समयमै सम्पन्न गर्न सरकारले आवश्यक सहजीकरण गर्ने बताएका छन्। उनले उक्त परियोजनाको मोडल सफल भए अन्य तालहरूमा पनि सोही प्रकृतिका परियोजना सञ्चालन गर्न सकिने समेत बताए।

कर्मचारी तथा निर्माण व्यवसायीलाई द्रुत गतिमा काम गर्न निर्देशन दिँदै परियोजना सम्पन्न गर्नका लागि आवश्यक सहजीकरण मन्त्रालयले गर्ने समेत उल्लेख गरे।

कुल ४ अर्ब ५१ करोड ६६ लाख रुपैयाँ लागत अनुमान गरिएको सो परियोजनामा हालसम्म २ अर्ब ९६ करोड रुपैयाँ खर्च भइसकेको छ। यो कुल अनुमानित लागतको ६५.४८ प्रतिशत हो। आर्थिक वर्ष २०७३/७४ मा स्थापना भएको आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) २०७४ साउनमा स्वीकृत भएको थियो।

पोखरा महानगरपालिकाका वडा नं. ३१ र ३२ तथा रुपा गाउँपालिकालाई समेटेर अघि बढाइएको परियोजनाको प्रमुख उद्देश्य रुपातालको संरक्षण, जलाधार व्यवस्थापन, बाढी तथा भूक्षय नियन्त्रण र पर्यापर्यटन प्रवर्द्धन गर्नु रहेको छ।

परियोजनाअन्तर्गत ६३५ मिटर लामो बाँध निर्माण, स्पिलवे तथा पुल निर्माण, तालको माटो व्यवस्थापन, सडक, पदमार्ग, पर्या पर्यटन बगैँचा र तालको बीचमा कृत्रिम टापु तथा मन्दिर निर्माणलगायतका संरचना प्रस्ताव गरिएको छ। परियोजनामा अहिले बाँध तथा स्पिलवेको काम अघि बढिरहेको छ।

२८ करोड ७९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको  कामका लागि हालसम्म १६ करोड ४७ लाख रुपैयाँ खर्च भएको छ। स्पिलवे कम ब्रिजको निर्माण अन्तिम चरणमा रहेको र मुख्य बाँध तथा कार्यालय भवनको काम पनि भइरहेको परियोजनाले जनाएको छ।

त्यसैगरी, तालको बायाँ किनारमा ७.९ किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको छ। तालमा थुप्रिएको माटो व्यवस्थापन तथा ड्रेजिङको पनि काम भइरहेको छ। ३९ करोड ६७ लाख रुपैयाँको लागतमा भइरहेको उक्त कामको भौतिक प्रगति ७५ प्रतिशत पुगेको छ। हालसम्म ५ लाख २ हजार ४४० घनमिटरभन्दा बढी माटो व्यवस्थापन गरिएको छ।

आयोजनाअन्तर्गत निर्माण गर्ने लक्ष्य राखिएका तीनवटै सिल्ट ट्रयाप, १२ वटा जलाधार संरक्षण पोखरी र १०६ वटा बेड बार तथा चेक ड्याम निर्माण सम्पन्न भएका छन्। दुईवटा पक्की पुलमध्ये एउटा निर्माण सकिएको छ भने आठ किलोमिटर नदी नियन्त्रणको लक्ष्यअनुसार ६ किलोमिटर तटबन्ध निर्माण भएको छ।

परियोजनाको संरचना निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणको काम पनि अघि बढाइएको छ। स्वीकृत डीपीआरअनुसार कुल १ हजार ४७२ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भए पनि आयोजनाको तत्कालीन आवश्यकता १ हजार २०० रोपनी रहेको छ।

हालसम्म १ हजार ३४ कित्ताको १ हजार १८ रोपनी जग्गा अधिग्रहण गरिएको छ। यस क्रममा २३ वटा घरटहरा व्यवस्थापन गरिएको र मुआब्जा तथा जग्गा अधिग्रहणमा करिब १ अर्ब ३० करोड रुपैयाँ खर्च भएको छ।

परियोजनामा कुल ५६९ वटा रुख कटान गर्नुपर्नेमा हालसम्म २२२ वटा कटान गरिएको छ। यसका लागि करिब १ अर्ब २९ करोड रुपैयाँ खर्च भएको विवरण आयोजनाले सार्वजनिक गरेको छ।

तर इको फुटट्रेल निर्माणमा भने वनसम्बन्धी प्रक्रिया र रुख कटानको विषयले चुनौती सिर्जना गरेको छ।

यसैबीच, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले चालु आर्थिक वर्ष २०८३/८४ मा विभिन्न कार्यक्रमका लागि ६८ करोड ९४ लाख ४९ हजार रुपैयाँ बजेट विनियोजन भएको आयोजना प्रमुख कृष्ण प्रसाद डुम्राकोटीले जानकारी दिए। जलस्रोत संरक्षण, टारबजार संरक्षण, नदी नियन्त्रण, पहिरो व्यवस्थापन, एकीकृत नदी बेसिन सिँचाइ तथा जलस्रोत व्यवस्थापन र सिँचाइ संस्थागत विकास यस वर्षका प्रमुख कार्यक्रम हुन्।

आयोजनाको कार्यक्षेत्र कास्कीसहित स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा र मनाङ गरी छ जिल्लामा फैलिएको छ। आगामी दिनमा तनहुँको चुँदी खोला नियन्त्रण तथा मनाङका तालबजार र चामे बजार संरक्षणका आयोजना अघि बढाउने तयारी पनि गरिएको छ।
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
यो पनि पढौँ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस