कर्णालीका पाँच जिल्लाले मुलुकलाई फलफूलमा आत्मनिर्भर बनाउन सक्छन्: प्रदेश कृषिमन्त्री शाह
२६ कार्तिक २०८१
•
५ मिनेट पाठ
कर्णालीका पाँच जिल्लाले मुलुकलाई फलफूलमा आत्मनिर्भर बनाउन सक्छन्: प्रदेश कृषिमन्त्री शाह
 नेपालले अहिले अभ्यास गरिरहेको राजनीतिक प्रणाली प्रजातान्त्रिक हिसाबले सबैभन्दा उच्चतम व्यवस्था हो। हामीले यसलाई उत्कृष्ट व्यवस्थाका रूपमा आत्मसात गरिरहेका छौँ। तथापि, व्यवस्था आफैँले केही गर्ने होइन, सञ्चालनकर्ताका क्रियाकलापका आधारमा निर्धारण हुन्छ।




देश र जनताका हितमा यसबीचमा जति काम गर्नुपर्थ्याे त्यो भयो भनी दाबी गर्न सक्ने अवस्थामा छैनौँ। यद्यपि विगतको शासन व्यवस्थाभन्दा खराब छ भन्ने अवस्था पक्कै पनि होइन। काम गर्न पर्ने विषय धेरै छन्, भएका उपलब्धिका जगमा टेकेर अझै राम्रो काम गर्नुपर्छ। तीन तहको शासन प्रणाली रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र भनेको समन्वय, सहकार्य  र सहभागिताका आधारमा चल्ने व्यवस्था हो।

केन्द्रसँग प्रदेशले, प्रदेशसँग स्थानीय तहको समन्वय र सहकार्य सहकार्य हुनुपर्छ। संविधानको मर्म र भावनाअनुरूप अहिले समन्वय र सहकार्य हुन सकेको छैन। यसमा सुधार ल्याउनपर्छ। केन्द्रले प्रदेशलाई प्रदेशले पालिकालाई अधिकार दिन कन्जुस्याइँ गर्नु हुँदैन।
प्रदेश आफैँले प्रमुखसचिव नियुक्त गर्न पाएको छैन भने स्थानीय तहमा पनि केन्द्रले नै कार्यकारी पठाउने संविधानको मर्म होइन। प्रदेशलाई सुदृढ र बलियो बनाएर जनतालाई शिक्षित तुल्याउँदै अघि बढेमा देश र जनताको कल्याण हुनेछ। अघिकार प्रयोग गर्दा अरूको अधिकारको पनि हेक्का राख्न भने जरुरी छ।

सहकार्य, सहयोग र समन्वयलाई जीवन्त नबनाएसम्म कृषि उत्पादनदेखि विकास निर्माणसम्म झमेला पर्ने र परिणाम प्राप्त गर्न विलम्ब हुन्छ। बहुदलीय व्यवस्थामा प्रतिष्पर्धा हुनु स्वभाविक हो, तर देश र जनताको आवश्यकतालाई लिएर ठूलो छाती गरेर काम गर्नुपर्छ। तर त्यो भएको छैन भन्ने महसुस छ।

मुलुकमा राजनीतिक शासन व्यवस्था परिवर्तनका लागि महत्त्वपूर्ण योगदान गरेका नेपाली कांग्रेस र नेकपा (एमाले)को सहयात्रामा सरकार गठन भएको छ। यी दुवै राजनीतिक शक्तिका आआफ्नै नीति, सिद्धान्त, लक्ष्य र कार्यक्रममा छन्। यदाकदा सानातिना कुरा बाहिर निस्कदा गठबन्धनलाई असर पार्छ कि भनी अनुमान गर्न जरुरी छैन।

अलग राजनीतिक सिद्धान्त लिएका शक्तिलाई देशको अहिलेको आवश्यकताले मात्र एक ठाउँमा ल्याएको अवस्थालाई बुझ्न आवश्यक छ। संसारमा यस्तो राजनीतिक परिवर्तन भएका देश प्रशस्त छन्।

हामीले अघि सारेका विचारमा अरुलाई गोलबन्द गरी अघि बढाउन नसक्ने हाम्रै कमजोरी रह्यो। नेपालका राजनीतिक दल परिवर्तनका लागि च्याम्पियन भए पनि आर्थिक मार्गमा मुलुकलाई डोर्‍याउन नसक्नु कमजोरी हो।

विश्वका अरू मुलुकका तुलनामा राज्यका संरचनामा समानुपातिक, सहभागितामूलक र समावेशिताका हिसाबले नमुनाको रूपमा छौँ। तर सेवा प्रवाहमा अझै कमजोर छौँ। नेपालमा अझै ६० प्रतिशतभन्दा बढी जनतामा कृषिमा संलग्न छन्। समग्र देशको स्थितिलाई नियाल्दा कृषि क्षेत्रको जुन हिसाबले विकास गर्नुपर्थ्याे त्यो भएको स्थिति छैन। 
देश सङ्घीयतामा प्रवेशपछि गठन भएको प्रदेश सरकारले कर्णालीलाई अर्गानिक प्रदेशका रूपमा अघि बढाउने पहिलो निर्णय गरेको छ। कर्णालीका हुम्ला, जुम्ला, डोल्पा, मुगु र कालिकोट आफैँमा अर्गानिक छन्। त्यसबाहेकका जिल्लालाई पनि अर्गानिक तुल्याउन यहाँका कृषि उपज उत्पादन रसायनिक मल र विषादीको प्रयोगलाई निस्तेज तुल्याइएको छ। कर्णाली प्रदेश अरू प्रदेश जस्तै सबै चिजमा आत्मनिर्भर छैन। धान, गहुँ र मकै जस्ता खाद्यान्नको भने यदाकदा अभाव हुने गरेको छ। ती खाद्यन्न सबैलाई खान पुग्ने गरी उत्पादन हुँदैन।

तर, मासु र दूधमा आत्मनिर्भर छ भने स्याउ, सुन्तला, नस्पाती, ओखरलगायत फलफूल, जडीबुटी, अदुवा, गेडागुडीसहित नगदेबाली निर्यात समेत गर्दै आएको छ। पछिल्लो समय कर्णालीबासी अर्गानिक खेतीतिर उत्सुक रहेको छ। पछिल्ला वर्ष सल्यानबाट खसी बोका, सुन्तला, कागती र ओखर बाहिरी जिल्लामा प्रशस्त निर्यात भएको तथ्याङ्क छ।

कर्णालीलाई कृषिमा आत्मनिर्भर गराउन व्यावसायिकीकरण गर्न जरुरी छ। कृषि क्षेत्रलाई प्रशस्त अनुदान दिएर व्यावसायिकीकरणतर्फ लैजान सकिएमा कृषकलाई यसमा टिकाउन र उत्पादन बढाउन सकिन्छ भन्ने मेरो बुझाइ छ।
निर्वाहमुखी खेती प्रणालीले हाम्रा माग र आवश्यकता धान्न सक्दैनन्। कृषि क्षेत्रलाई बेवास्ता गरेकैकारण युवा वैदेशिक रोजगार र व्यवसायमा संलग्न भएका हुन्।

कर्णाली सरकारले युवालाई कृषिमा आकर्षण गर्न पशुपालन र बाँझो जमिन खेतीका लागि अनुदान कार्यक्रम अघि सारेको छ। कर्णालीलाई फलफूलको ‘हब’ बनाउने सकिए कर्णालीका साविक पाँच जिल्लाले मात्रै पनि देशलाई आवश्यक पर्ने पर्याप्त फलफूल दिन सक्छ। त्यसका लागि हामीले कृषकमैत्री नयाँ कार्यक्रम तर्जुमा गर्न लागि रहेका छौँ।

अहिले नै पनि कर्णालीले चामल र गहुँबाहेक अरू खाद्यान्न निर्यात नै गरिरहेको स्थिति छ। जडीबुटीको अपार सम्भावना बोकेको कर्णालीका रैथाने उत्पादन फापर, जौ, कागुनो, चिनो र सिमी लगायत गेडागुडी देशभर पुर्‍याइएको छ। सरकारले स्थानीय  उत्पादनमा अर्गानिक प्रमाणीकरणको ‘लोगो’ समेत प्रदान गरेको छ। त्यसबाट रैथाने र अर्गानिकको पहिचान दिने तथा खान योग्य र सुरक्षित भएको पुस्टयाइँ गर्छ।

आगामी मङ्सिरदेखि कर्णाली प्रदेशले नयाँ कृषि रणनीति घोषणा गर्ने तयारी गरेको छ। कृषिलाई व्यावसायिकीकरण गरी उत्पादनमुखी बनाउने कार्यमा कर्णाली सरकार लागिपरेको छ। कर्णालीका कृषि उपज प्राङ्गारिक र जलवायुमैत्री हुनुपर्छ भन्ने मान्यता अघि सारिने छ।

मन्त्री परिचय

दैलेख निर्वाचन क्षेत्र नं २ को ९२० बाट प्रतिनिधित्व गर्ने विनोदकुमार शाह लामो समयसम्म नेपाल मजदुर किसान पार्टीमा रही राजनीतिमा क्रियाशील भएका थिए। प्रदेशमन्त्री शाह तत्कालीन नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वको सरकारले घोषणा गरेको सामाजिक कार्यक्रमबाट प्रभावित भई एमालेमा प्रवेश गरेका हुन्।

विसं २०५२ साउन १० गते प्रवेश गरेका उनी पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य, अनुशासन आयोग सदस्य, अञ्चल कमिटी सदस्य, केन्द्रीय कमिटी सदस्य हुन्। उनले कर्णाली प्रदेश कृषिमन्त्रीको जिम्मेवारी गत जेठदेखि सम्हाल्दै छन्।

(कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहसँग राससका निमित्त प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश)
अर्को समाचार
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
१ मिनेट अघि
•
१ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
दैलेख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेस्थित पेट्रोलियम तथा मिथेन ग्यास खानीको उत्खनन कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाउने बताएका छन्।




सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरी शनिबार साँझ जलजलेस्थित ड्रिलिङ साइटको स्थलगत अवलोकन गर्न पुगेका सभापति लामिछानेले खानीको वर्तमान अवस्थाबारे प्रत्यक्ष जानकारी लिए। 

अवलोकनका क्रममा उनले दुई वर्षअघि नै चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ पूरा गरिए पनि एक वर्षयता परीक्षणको काम रोकिँदा करोडौँ मूल्य बराबरका संवेदनशील उपकरणमा खिया लाग्न थालेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताए। उनले भने, 'पहिलो पटक यहाँ आएर यसको अवस्था हेरेँ। उत्पादनको आवश्यकता छँदैछ, तत्काल महँगा उपकरणको संरक्षणको पनि उत्तिकै खाँचो देखियो। प्राविधिक काम कहाँ र किन अड्किएको हो, त्यसबारे थप बुझनुपर्छ।'

सभापति लामिछानेले लामो समयदेखि अड्किएको ‘वेल टेस्ट’ तथा व्यावसायिक उत्पादनको प्रक्रिया अगाडि बढाउन सम्बन्धित मन्त्रालय र विज्ञसँग परामर्श गर्ने प्रतिबद्धता जनाए। उgले प्रयोगशाला परीक्षणबाट ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक मिथेन ग्यासको भण्डार पुष्टि भएकाले देशको करिब ५० देखि ६० वर्षसम्मको माग धान्न सक्ने हुँदा यो कर्णालीको मुहार फेर्ने राष्ट्रिय गौरवको आयोजना रहेको उल्लेख गरे। 

नेपाल र चीनबीचको समझदारीअनुरुप विसं २०७६ फागुनमा विस्तृत अन्वेषण सम्झौतामार्फत ४५ रोपनी जग्गा अधिग्रहण गरी यो परियोजना अघि बढाइएको हो। 'हामीले आमनागरिकसँग गरेको बाचा र चाहेको समृद्धिका आधार यिनै गौरवका आयोजना हुन्,' सभापति लामिछानेले भने, 'यसको उत्खननलाई पूर्णता दिन निरन्तर पहल रहनेछ। विस्तृत अध्ययन गरी ठोस कदम चालिनेछ, सिङ्गो कर्णालीवासीले छिट्टै सकारात्मक सन्देश पाउनुहुनेछ।'

यसअघि उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
यो पनि पढौँ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस