मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित एक कम्पनीमा २१ करोड अमेरिकी डलर लगानी रहेको भन्दै विवादित अभिव्यक्ति दिए । त्यो लगानी पुष्टि गर्ने कागजात आफूले करोडौँ खर्चिएर फेला पारेको भन्दै प्रसाईँले केही शंकास्पद् कागजात सार्वजनिक गर्न भ्याए ।
ती कागजात ‘फर्जी’ रहेको भन्दै मङ्गलवार भक्तपुरस्थित निवासबाट प्रसाईँलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीविरुद्ध दुष्प्रचार गरेको आरोप प्रसाईँमाथि छ । बुधवार जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति नै दिइसकेको छ ।
यता बुधवारै एमालेका केही नेता कम्बोडिया प्रस्थान गरे । विशेष गरी एमालेको बागमती प्रदेशका इन्चार्ज समेत रहेका डा. राजन भट्टराई कम्बोडिया गए । भट्टराई तीनै व्यक्ति हुन् जो पहिला ओली प्रधानमन्त्री हुँदा परराष्ट्र सल्लाहकार थिए । उनी एमालेको विदेश विभाग प्रमुख पनि भइसकेका व्यक्ति हुन् ।
रोचक संयोग एमालेले शुक्रवार राजधानीमा ‘जागरण सभा’का नामले अघोषित शक्ति प्रदर्शन गर्दै छ । भट्टराई उक्त कार्यक्रममा संयोजक समेत तोकिएका छन् । कार्यक्रम हुनुको अघिल्लो दिन उनी अकस्मात् कम्बोडिया उडेपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ । प्रसाईँका समर्थक र प्रधानमन्त्री ओलीका आलोचकले यही प्रसङ्गलाई मसला बनाएर अहिले सामाजिक सञ्जाल तताइरहेका छन् ।
भट्टराई एक्लै गएका छैनन्
एमालेको दाबीलाई मान्ने हो भने भट्टराईको कम्बोडिया यात्रा र प्रसाईँको आरोपबिच कुनै नजिकको साइनो छैन । बरु भट्टराई एक्लै पनि कम्बोडिया गएका छैनन् ।
भट्टराईसँगै एमालेका वर्तमान विदेश विभाग प्रमुख रघुवीर महासेठ पनि साथमा छन् । यस्तै नेपाली कांग्रेसकी नेतृ एवं पूर्व परराष्ट्र मन्त्री सुजाता कोइराला, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्नि सापकोटा, जनमत पार्टीका अध्यक्ष सिके राउत र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेल पनि साथमा छन् । राप्रपा नेता पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेका ससुरा एवं रवि पत्नी निकीताका बुबा हुन् ।
यी सबै नेताको टोली कम्बोडियामा हुन लागेको इन्टरनेसनल कन्फ्रेन्स अफ एसियन पोलिकलन पार्टीज(आइसिएपिपी)को १२ औँ महाधिवेशनका लागि गएको हो । भट्टराई आइसिएपिपीको स्थायी समिति सदस्य समेत रहेको एमालेले जनाएको छ ।
भट्टराईले आफू कम्बोडिया यात्रामा निस्किएपछि प्रसाईँले लगाएको आरोपसँग जोडेर अनेक शङ्का–उपशङ्का गर्दै आलोचना सुरु भएपछि खण्डन हुने गरी केही तस्बिर समेत सार्वजनिक गरेका छन् । कम्बोडिया विमानस्थल पुगेर बिहीबार बिहान उनले फेसबुकमा आइसिएपिपी सम्मेलनमा सहभागी हुन पुगेका नेपाली नेताबारे जानकारी दिन खोजेका छन् ।
नेकपा एमालेका नेता राजन भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चलाएको हस्ताक्षर अभियानले लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रश्न उठाएको बताएका छन्। उनले लोकतन्त्रमाथिको चुनौती कहिलेकाहीँ लोकतन्त्रका पक्षपातीबाटै आउने गरेको बताउँदै सर्वोच्च अदालत जस्तो स्वतन्त्र र संवैधानिक निकायको निर्णयमाथि निहित राजनीतिक उद्देश्यसहित प्रहार गर्नु लोकतन्त्रकै मर्ममाथिको प्रहार भएको बताएका हुन्।
‘लोकतन्त्रमाथिको चुनौती सधैँ विरोधीबाट मात्र आउँदैन; कहिलेकाहीँ लोकतन्त्रका पक्षपाती हुं भन्नेहरूको व्यवहारले पनि त्यसमा हानी पुर्याउने गर्छ,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सर्वोच्च अदालत जस्तो स्वतन्त्र र संवैधानिक निकायको निर्णयमाथि निहित राजनीतिक उद्देश्यसहित प्रहार गर्नु लोकतन्त्रकै मर्ममाथिको प्रहारको रूपमा बुझ्न सकिन्छ।’
लोकतान्त्रिक प्रणालीमा राज्यका तीन अङ्ग, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका समान रूपले महत्त्वपूर्ण हुने बताउँदै तीबिचको शक्ति सन्तुलन नै लोकतन्त्रको सार रहेको उनी बताउँछन् । ‘यसको अर्थ एउटाले अर्कोको अधिकार क्षेत्रमा प्रत्यक्ष हस्तक्षेप गर्नु हुँदैन भन्ने हो। सर्वोच्च अदालतको निर्णय र व्याख्या नै अन्तिम मानिन्छ र सबैका लागि मान्य हुनुपर्छ ,’ उनले लेखेका छन्, ‘तर, पछिल्लो समय सर्वोच्च अदालतको निर्णयविरुद्ध सञ्चालन गरिएको हस्ताक्षर अभियानले यिनै आधारभूत लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रश्न उठाएको देखिन्छ।’
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...