कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले कडा रोगका बिरामीलाई प्रदेश सरकारले चाँडै रकम भुक्तानी गर्ने बताएका छन्।
बिहीबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री राईले रकम भुक्तानी गर्न आवश्यक बजेट व्यवस्थापनका लागि आर्थिक मामिला मन्त्रालयलाई अनुरोध गरिसकेको जानकारी दिए।
मन्त्री राईले कोशी प्रदेश सरकारले कडा रोगका बिरामीलाई १ लाख रुपैयाँ सहयोग दिँदै आएको छ। तर, प्रदेश सरकारले आवश्यक बजेट विनियोजन नगरेका कारण धेरै बिरामीले बर्षौं देखि सहयोग रकम पाउन सकिरहेका छैनन्।
कोशी प्रदेशमा ३ हजार २ सय ४३ जनाले रकम दाबी गर्दै मन्त्रालयमा निवेदन दिएको राईले जानकारी दिए। उनका अनुसार जसमध्ये ५ सय १५ जनालाई भुक्तानी दिने प्रदेश सरकारले निर्णय गरिसकेको छ। यस्तै ३५ जनाको फाइल दर्ता हुन बाँकी रहेको छ। मन्त्री राईले प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा ५ करोड रुपैयाँ कडा रोगका बिरामीलाई आर्थिक सहायता दिन विनियोजन गरेको छ। तर, प्रदेश मन्त्रालयमा दर्ता भएका सबै बिरामीलाई रकम दिन १४ करोड रुपैयाँ आवश्यक पर्दछ। थप ९ करोड बजेटको व्यवस्था गरिदिन आर्थिक मामिला मन्त्रालयलाई अनुरोध गरिसकेकाले आर्थिक मामिला मन्त्रालयले बजेट स्वीकृत गरे लगत्तै कडा रोगका बिरामीलाई रकम वितरण थालिने राईले स्पष्ट पारे।
मन्त्री राईले कोशी प्रदेश स्वास्थ्य मन्त्रालयमा ४१ करोड ३९ लाख १३ हजार रुपैयाँ बेरुजु रहेको जानकारी दिए। जसमा असुल गर्न बाँकी बेरुजु ३ करोड ५ लाख एक हजार रुपैयाँ, नियमित गर्नुपर्ने ३७ करोड ६२ लाख ७८ हजार रुपैयाँ र पेस्की बाँकी ७१ लाख ३३ हजार रुपैयाँ रहेको छ। स्वास्थ्य मन्त्रालय मातहतमा ८० प्रतिशत प्राविधिक जनशक्तिको दरबन्दी रिक्त रहेको मन्त्री राईले बताए। मन्त्री राईले कोशी प्रदेशको स्वास्थ्य क्षेत्रको सुधारका लागि मन्त्रालयले काम सुरु गरिसकेको दाबी गरे। उनले कोशी प्रदेशमा औषधि खरिदमा ढिला सुस्ती रहेको बताउँदै चालु आर्थिक वर्षदेखि त्यस्तो ढिलासुस्ती हटाउने दाबी गरे। उनले भने,‘हरेक आर्थिक वर्षको अन्तिम महिना मात्रै औषधि खरिद गर्ने गरिएको पाइएकाले त्यस्तो ढिला सुस्तीलाई चालु आर्थिक वर्ष देशी पूर्ण रुपमा हटाउने छौँ।’
हरेक वर्षको असारमा मात्रै औषधि खरिद गरिँदै आएकाले कोशी प्रदेशका बिरामीले निःशुल्क पाउने औषधि समयमै पाउन नसकेको मन्त्री राईले बताए। उनले चालु आर्थिक वर्ष देखि समयमै औषधि खरिद गरेर प्रदेशवासीलाई पु¥याउने दाबी गरे। मन्त्री राईले कोशी प्रदेश सरकार मातहतका अस्पतालको अनुगमन गरेर कमी कमजोरीहरू सुधार गर्ने अभियान नै चलाउने तयारी गरेको जानकारी पनि दिए।
यस्तै मन्त्रालय मातहतका स्वास्थ्य संस्थामा उपकरण खरिद गरी सञ्चालन नगरेर कवाडी बनाउने प्रवृत्ति रोक्न आफूले काम सुरू गरिसकेको बताए। राईले विगतका वर्षहरूमा अर्बौँका उपकरण खरिद गरेर कवाडी बनाइएकाले उपकरण चलाउने जनशक्तिको सुनिश्चितता नभई उपकरण खरिदको प्रकृया नै अघि नबढाउने स्पष्ट पारे। चालु आर्थिक वर्ष यस्ता उपकरण खरिदमा विनियोजन गरिएको बजेटहरू आफूले कटौती गरिसकेको मन्त्री राईले जानकारी दिए।