मंसिर १६ गते हुने ताप्लेजुङको सिरिजंगा गाउँपालिका– ३ को वडाध्यक्ष उपनिर्वाचनका लागि खटिएका मतदान अधिकृतसहितका कर्मचारी तोकिएका मतदान केन्द्र पुगेका छन्।
मुख्य निर्वाचन अधिकृत तथा ताप्लेजुङ जिल्ला अदालतका न्यायाधीश विकास श्रेष्ठले मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृतसहितका कर्मचारी निर्वाचन सामग्रीसहित बिहीबार मतदान केन्द्रमा पुगेको जानकारी दिए।
सिकैचामा हुन लागेको उपनिर्वाचनका लागि सरस्वती मावि कुञ्जारी र दुर्गा मावि ओसे गरी दुई मतदान स्थल र दुई मात्रै मतदान केन्द्र रहेका छन्। मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बिहीबार मतदान अधिकृत सहितका कर्मचारी मतदानस्थल पुगेर मतदानस्थल वरपरको चार किल्ला निर्धारण प्रक्रिया सुरु हुने बताए। मतदान स्थलको चार किल्ला तोकिएको क्षेत्रआसपास मादक पदार्थ सेवन तथा बिक्रीवितरण बन्द हुने छ।
यस्तै हातहतियार लिएर हिँड्न, होहल्ला गर्न, अवाञ्छित गतिविधि गर्न रोक लगाइने श्रेष्ठले बताए। ‘सम्भवतः शुक्रबार बिहान राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिहरूसँग निर्वाचन कार्यक्रम सभ्य र निश्पक्ष बनाउने विषयमा सघाउन अनुरोधसहित सर्वपक्षीय छलफल हुने छ’, मुख्य निर्वाचन अधिकृत श्रेष्ठले भने।
निमित्त जिल्ला निर्वाचन अधिकारी वान्दवराज दुलालका अनुसार मौन अवधि सुरु भएपछि मतदान केन्द्रको तोकिएको चार किल्लाभन्दा तीन सय मिटरवरपर राजनीतिक दल तथा उम्मेदवारका प्रचार सामग्री राख्न बन्देज छ।
उपनिर्वाचनका क्रममा बिहीबार मध्यरातदेखि मौन अवधि सुरु हुने भएको छ। मौन अवधिमा कुनै राजनीतिक दल तथा उम्मेदवारका पक्षमा मत माग्न तथा प्रचार गर्न नपाइने प्रावधान रहेको छ। मौन अवधिको पालना गर्नु सबै राजनीतिक दल तथा उम्मेदवारको कर्तव्य हुने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवार तथा दलहरूले निर्वाचनको अवधिमा पालना गर्नुपर्ने आचारसंहिताको सूक्ष्म निगरानीसमेत भइरहेको जनाएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार दुई मतदान केन्द्रमा खटिने मुख्य निर्वाचन अधिकृतसहितका १२ जना तथा जगेडामा रहने एक मतदान अधिकृत र एक सहायक मतदान अधिकृतसहित १४ जनालाई नियुक्ति गरी निर्वाचन प्रक्रियासम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न गरेको छ।
निर्वाचन आयोगले पठाएको निर्वाचन सामग्री जिल्ला निर्वाचन कार्यालयले बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्याइसकेको जनाएको छ। निर्वाचन आयोगबाट हेमन्तराज ढकालको नेतृत्वमा रहेको टोली निर्वाचन सामग्री लिएर फुङलिङ आएको थियो।
सिकैचाको वडाध्यक्ष उपनिर्वाचनका क्रममा पाँच राजनीतिक दलका पाँचजना उम्मेदवार चुनावी मैदानमा छन्। सिकैचाको उपनिर्वाचनमा आठ सय ४४ पुरुष र ६ सय ८४ महिला गरी एक हजार पाँच सय २८ मतदाता छन्। कुल मतदातामध्ये कुञ्जारी मतदान स्थलमा एक हजार २६ र ओसे मतदानस्थलमा पाँच सय दुई मतदाता रहेका छन्।