नगरप्रमुखको सरकारविरुद्ध हिंसात्मक आन्दोलन गर्ने चेतावनी
१४ मंसिर २०८१
•
१ मिनेट पाठ
नगरप्रमुखको सरकारविरुद्ध हिंसात्मक आन्दोलन गर्ने  चेतावनी
भक्तपुरको एउटा नगरपालिकाका प्रमुखले केन्द्र र प्रदेश सरकारविरुद्ध हिंसात्मक आन्दोलन गर्ने चेतावनी दिएका छन्। चाँंगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले निरन्तर ताकेता गर्दा पनि  भक्तपुरदेखि नगरकोट पुग्ने सडक पुननिर्माण नभएपछि अब  हिंसात्मक आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए। हिंसात्मक आन्दोलनको स्वरुप भने उनले खुलाएनन्।  




सडक पुर्ननिर्माणका लागि पटक पटक अनुरोध गर्दा पनि  वेवास्ता गरेकाले सरकार स्वयम्ले हिंसात्मक आन्दोलन खोजेको खत्रीले आरोप लगाए ।  

नेपाल प्रेस सोसाइटीले  नगरप्रमुख  खत्रीसँंग गरेको उनले नगरकोट भ्रमण वर्ष अगाडि नै सडकको काम नभए आफुहरुसँग हिंसात्मक आन्दोलनमा जानुको विकल्प नभएको बताए । भ्रमण वर्षको सम्पूर्ण तयारी पूरा  भएपनि सडक पुर्ननिर्माण भने नभएको गुनासो गरे।  

नयाँंवर्ष २०८२ को वैशाख १ गतेदेखि नगरकोटमा भ्रमण वर्ष सुरु हुने खत्रीले बताए। 
अर्को समाचार
'नगरकोट इज मोर देन सनराइज'
११ माघ २०८१
•
३ मिनेट पाठ
'नगरकोट इज मोर देन सनराइज'
भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रको मुख्य पर्यटकीय आकर्षण केन्द्र हो नगरकोट। तर चाँगुनारायण नगरपालिका क्षेत्रभरिमा नगकोटमात्रै नभई यस्ता दर्जनौं सम्भावित पर्यटकीय गन्तव्य स्थलहरू रहेको जनाइएको छ। यही पर्यटकीय गन्तव्य स्थलहरूका बारेमा स्वदेशी तथा विदेशी पर्यटकहरूलाई अवगत गराउन नगरकोट भ्रमण वर्ष २०८२ को आयोजना गर्न लागिएको छ।




महोत्सवको आयोजना जिल्लाको चाँगुनारायण नगरपालिकाले गर्न लागेको हो। यसैको तयारी स्वरूप शुक्रबार नगरकोट भ्रमण वर्ष २०८२ को तयारी सम्बन्धी मुल समारोह समितिको पहिलो बैठक बस्यो। बैठकमा नगरपालिकाका मेयर, उपमेयर, चाँगुनारायण नगरपालिका वडा नं १ देखि ९ वडासम्मकै वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरू, बागमती प्रदेशका सांसद, जिल्लास्थित मुख्यमुख्य राजनीतिक दलका अध्यक्ष तथा सभापतिसहित व्यक्तित्वहरू गरी सयौंको उपस्थिति रहेको थियो।

बैठकको सभापतित्व गर्दै नगर प्रमुख जीवन खत्रीले भ्रमण वर्ष नगरपालिकाको मात्रै नभई सिंगो नगरवासीहरूको रहेको बताए। यस कारण भ्रमण वर्षलाई सफल बनाउन घरघरबाट परिवारका सदस्यहरू सबैजना अग्रसर हुन उनले आग्रह गरे। उनले नगरकोट इज नो मोर देन सनराइज (नगरकोट भनेको सूर्याेदयका लागि मात्रै होइन) अरू पनि धेरै पर्यटकीय गन्तव्य स्थलहरू छन् भन्ने सन्देश विश्वभरिमै दिन भ्रमण वर्ष मनाउन लागिएको जनाए।

उनका अनुसार भ्रमण वर्ष तयारी मूल समारोह समितिमा जिल्लाबाट प्रतिनिधित्व गर्ने दुवै जना संघीय सांसदहरू, जिल्लाबाट प्रतिनिधित्व गर्ने बागमती प्रदेशका सांसद्हरू, जिल्लास्थित मुख्यमुख्य राजनीतिक नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीलगायतका दलहरूका अध्यक्ष तथा सभापतिहरू सल्लाहकार रहेका छन्।

बैठकमा आयोजक चाँगुनारायण नगरपालिकाका उपमेयर रमेश बुढाथोकीले ६ पृष्ठ लामो नगरकोट भ्रमण वर्ष २०८२ को कार्यक्रम कार्यान्वय कार्ययोजना २०८१ पढेर सुनाएका थिए। त्यस अवसरमा उनले नगरपालिका क्षेत्रभित्र नगरकोट मात्रै नभई नगरकोट जस्ता एक दर्जनभन्दा बढी सम्भावित पर्यटकीय गन्तव्य स्थलहरू नगरपालिका क्षेत्रभित्र रहेको जानकारी गराए। उनले नगरपालिका क्षेत्रभित्र त्रिसुलडाँडा, मुहानपोखरी, शान्तिडाँडा, ज्योतिलिंगेश्वर महादेव, वाल्मिकेश्वर, भीमेश्वर, कल्पेश्वर महादेव, मच्छेनारायण, सरस्वतीस्थान, ब्रम्हायणी, फैढोका गणेश, रानी झुलालगनयतका दर्जनौं सम्भावित पर्यटकीय गन्तव्य स्थलहरू नाम सुनाएका थिए।

बैठकमा जनाइएअनुसार पहिलो चरणमा माघ महिनाभरि योजनाहरू बनाउने नक्सांकन गर्ने (कुनकुन वडाहरूमा केके गर्ने?), फागुनमा प्रचारप्रसार तथा चैतमा छुटेका योजनाहरू राखेर वैशाख १ भ्रमण वर्ष औपचारिक रूपमा सुरु हुनेछ। भ्रमण वर्षको अवधिमा वर्षभरि विभिन्न ठाउँहरूमा विभिन्न गतिविधिहरू हुनेछन्। यसका लागि वडावडामा वडास्तरीय नगरकोट भ्रमण वर्ष तयारी समितिहरू गठन भइरहेका छन्।

बैठकमा भक्तपुर क्षेत्र नं २ का संघीय सांसद एवं नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकमा संघीय सांसद सन्तोष परियार, भक्तपुरबाट बागमती प्रदेश सभामा सदस्य रहेकाहरू नेपाली कांग्रेसका सुरेश श्रेष्ठ, नेकपा (एकीकृत माओवादी) का देवेन्द्र श्रेष्ठ, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की गीता काफ्ले केसीलगायत जिल्लाका मुख्य राजनीतिक पार्टीका पार्टी सभापतिहरू तथा चाँगुनारायण नगरपालिकाका पार्टीका नगरसभापतिहरू तथा अन्य विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।  

चाँगुनारायण नगरपालिका क्षेत्रका मुख्य पर्यटकीय गन्तव्य स्थलहरू:

१ त्रिसुलडाँडा
२ मुहानपोखरी
३ शान्तिडाँडा
४ ज्योतिलिंगेश्वर महादेव
५ वाल्मिकेश्वर
६ भीमेश्वर
७ कल्पेश्वर महादेव
८ मच्छेनारायण
९ सरस्वतीस्थान
१० ब्रम्हायणी
११ फैढोका गणेश
१२ रानी झुला 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस