उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार २०८४ सालमा हुने आगामी निर्वाचनसम्म स्थिर रहने दाबी गरेका छन्।
शनिबार रुपन्देही उद्योग संघको ४७औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले विगतमा बारम्बार सरकार परिवर्तन हुँदै आएको भए पनि अहिलेको सरकारलाई स्थायित्वको विश्वास दिलाउन प्रयासरत रहेको बताए।
उनले भने, "हिजो बारम्बार सरकार परिवर्तन भइरहेकाले केहीलाई अहिले पनि सरकार चाँडै ढल्ने भ्रम छ। तर, म यो सरकार आगामी निर्वाचनसम्म स्थिर रहन्छ भन्ने विश्वासका साथ भन्छु।"
पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन २०८४ को निर्वाचन सम्पन्न नभएसम्म कायम रहने दाबी गर्दै यसबारे अनावश्यक आशंका गर्न आवश्यक नरहेको स्पष्ट पारे। उनले भने, "पर्दाभित्र वा बाहिर कसैले यो समीकरण भङ्ग गर्ने प्रयास नगर्दा राम्रो हुनेछ। त्यसले कुनै अर्थ राख्दैन।"
उपप्रधानमन्त्री पौडेलले निजी क्षेत्रलाई सरकारप्रति सकारात्मक भएर नीतिगत र नेतृत्वको स्थिरताबाट लाभ लिन आग्रह गरे। "यो सरकारले नीति स्थायित्व र नेतृत्वको स्थायित्व दिन्छ। त्यसैले, निजी क्षेत्रले यसबाट फाइदा उठाउँदै अघि बढ्नुपर्छ," उनले भने।
पौडेलले वर्तमान समयमा अस्थिरताको सम्भावना नरहेको दाबी गर्दै यस किसिमका प्रयासहरूलाई समर्थन नगर्न आह्वान गरे। "अस्थिरतालाई मलजल दिने खालका गतिविधिमा समाचार व्यय गर्न आवश्यक छैन," उनले जोड दिए।