मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि जारी मतदानमा अहिलेसम्म १५ प्रतिशत मत खसेको छ।
शान्तिपूर्ण रुपमा भइरहेको मतदानमा बिहान १० बजेसम्ममा १५ प्रतिशत मत खसेको निर्वाचन कार्यायलयले जनाएको छ।
२०७९ सालको स्थानीय तह चुनावबाट ग्रामथानको अध्यक्षमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए। उनको गत असार ३ गते निधन भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि आज उपनिर्वाचन भएको हो।
गाउँपालिकाका अध्यक्ष पदको उपनिर्वाचनमा १६ जनाको उम्मेदवारी दर्ता भएको छ। १५ जना विभित्र दलबाट उम्मेदवार छन् भने १ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दिनेशकुमार थन्दार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नवीनकुमार विश्वास, नेकपा ९एमाले० बाट तुलसीराम विश्वास, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट धर्मेन्द्रकुमार चौधरी उम्मेदवार छन् ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) बाट नमोनारायण माझी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट पर्शुराम विश्वास थारु, नेपाली कांग्रेसबाट बलराम सरदार थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी थारु, जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा र कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर छन् ।
त्यसैगरी, जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट सुरेशकुमार राजवंशी, समावेशी समाजवादी पार्टीबाट बोधनारायण माझी र नमनारायण चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
यस गाउँपालिकामा ७ वटा वडा छन् । ग्रामथानमा उपनिर्वाचनका लागि २६ हजार ४४ मतदाता छन्।ग्रामथानमा १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र छन्।जिल्ला सुरक्षा समिति मोरङले मतदानस्थलमध्ये ४ वटालाई संवेदनशील र ८ वटालाई सामान्यको सूचीमा राखेर वर्गीकरण गरेको हो।
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षको मतगणता जारी छ ।
अहिले एमालेकी उमा लुङ्गेली मगर शेर्पाले 'लीड' गरिरहेकी छन् । उनले १९७२ मत पाएकी छन् ।
यस्तै उनलाई पछ्याइरहेकी माओवादी केन्द्रकी निमलेकी शेर्पाले १९०६ मत पाएकी छन् ।
कांग्रेसकी पासदिकी शेर्पा भने १२८१ मतसहित तेस्रो स्थानमा छिन् । त्यहाँ रास्वपाले १०० मतसमेत कटाएको छैन । रास्वपा उम्मेदवार गोमा श्रेष्ठ ७७ मतमा सीमित छिन् ।
राप्रपाकी मनकुमारी श्रेष्ठ ७६ मतका साथ पाँचौँ स्थानमा छिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...