कीर्तिपुर नगरपालिकाको प्रमुख पदको मतगणना आइतबार रातिदेखि नै सुरु हुने भएको छ। २० स्थलका ३८ मतदान केन्द्रबाट मतपेटिका सङ्कलन भए लगत्तै मतगणना सुरु हुने कीर्तिपुरका सहायक निर्वाचन अधिकृत पुर्षोत्तम पौड्यालले जानकारी दिए।
नगरपालिकाको हलमा मतगणना गर्ने तयारी निर्वाचन अधिकृतको कार्यालयको छ। कीर्तिपुरमा मेयर तथा वडा नम्बर-१ र ४ वडाध्यक्षका लागि मतदान भइरहेको छ।
नगर प्रमुखका लागि २० जनाको उम्मेदवारी परेपनि एकीकृत समाजवादीका भानु रिजालले माओवादी केन्द्रका उम्मेदवार र स्वतन्त्रका नरेश श्रेष्ठले अर्का स्वतन्त्र उम्मेदवार राजमान मानवलाई समर्थन गरेका छन्।