युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन महिनाभित्रै कर्णाली प्रदेशमा सम्पन्न हुने बताएका छन्।
आइतबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले प्रतियोगिताको तयारी भौतिक पूर्वाधारको कमीका कारण प्रभावित भए पनि अब निर्धारित मिति फेरि नसर्ने स्पष्ट पारे।
मन्त्री चौधरीले प्रतियोगिताका खेलहरू कर्णालीमै आयोजना गरिने र फागुनमा सम्पन्न हुने प्रतिवद्धता जनाए। "प्रदेश सरकारले करोडौं लगानीमा रंगशाला निर्माण गरेको छ। ढुक्क हुनुस्, खेल फागुनभित्रै कर्णालीमै हुनेछ," चौधरीले भने।
उनले भ्रम सिर्जना गर्ने समाचारप्रति ध्यान नदिन आग्रह गर्दै पत्रिकाका समाचारले निर्णयलाई असर नगर्ने बताए।
चौधरीका अनुसार खेल आयोजनाका लागि भौतिक पूर्वाधार करिब तयार भए पनि खेलाडीहरूको व्यवस्थापन चुनौतीपूर्ण छ। "भौतिक तयारी सकिनै लागेको छ, तर खेलाडी व्यवस्थापन अझै चुनौती छ," उनले थपे।
खेलकुदप्रति युवाहरूको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै मन्त्री चौधरीले सरकारले यस क्षेत्रका लागि बजेट बढाउनुपर्ने आवश्यकता औंल्याए। "खेलकुदमा सोचेजति आकर्षण छ, तर बजेट अभावले युवाहरूको चाहना पूरा गर्न सकिएको छैन," उनले भने।
दशौं राष्ट्रिय खेलकुद मंसिर २ गतेदेखि हुने तय गरिएको भए पनि पूर्वाधारको तयारी नसकिने भएपछि मिति सारिएको थियो। तर मन्त्री चौधरीले अब मिति फेरि नसर्ने र प्रतियोगिता समयमै हुने दाबी गरे। "अब मिति परिवर्तन हुँदैन, खेल फागुनमै हुन्छ। हाम्रो सोचमा शतप्रतिशत विश्वस्त छौं," उनले भने।
सरकारले युवाहरूको चाहना र खेलकुदको महत्वलाई ध्यानमा राख्दै प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण तयारी अघि बढाइसकेको चौधरीको भनाइ छ।