ताप्लेजुङको सिरिजङगा गाउँपालिका वडा नं ३ सिकैचाको वडाध्यक्षका लागि भएको मतदानमा ८ सय ९१ मत खसेको छ। सिकैचाको उपनिर्वाचनमा १ हजार ५ सय २८ मतदाता रहेका थिए।
मुख्य निर्वाचन अधिकृत तथा ताप्लेजुङ जिल्ला अदालतमा न्यायाधीश विकास श्रेष्ठका अनुसार सरस्वती मावि कुञ्जारी मतदान स्थलमा ३ सय २६ पुरुष र २ सय ८९ महिला गरी ६ सय १४ खसेको छ। दुर्गा मावि ओसे मतदान स्थलमा पुरुष १ सय ६० र महिला १ सय १६ गरी २ सय ७६ मत खसेको निमित्त जिल्ला निर्वाचन अधिकारी बान्दवराज दुलालले जानकारी दिए।
सरस्वती मावि कुञ्जारी मतदान स्थलमामा १ हजार २६ र दुर्गा मावि ओसे मतदान स्थलमा ५ सय २ मतदाता थिए। सहायक मतदान अधिकृत दलबहादुर तामाङका अनुसार दुबै मतदान स्थलमा गरी ५८.१८ प्रतिशत मत खसेको छ।
त्यहाँ नेपाली कांग्रेसबाट भीमकुमार लक्सम्बा लिम्बू,नेकपा एमालेका कुमारी साउदेन,नेकपा (माओवादी केन्द्र) का अम्बि साउदेन,राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राजेन्द्र काङ्वा लिम्बू गरी ५ जना उम्मेदवार छन्।
यसैबिच सिकैचाको वडाध्यक्ष उपनिर्वाचनको मतगणना आइतबार रातिबाटै सुरु गर्ने तयारी गरिएको छ। मुख्य निर्वाचन अधिकृत श्रेष्ठले मतगणना सुरु गर्ने प्रक्रियामा सर्वदलीय बैठक बोलाइएको र बैठक पछि तत्कालै मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयको योजना रहेको बताए। मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाका लागि तार जालीले घेरा बारेर मतगणना स्थल शनिबारै तयार गरिसकेको छ।