सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको संस्थागत र संरचनागत विकास नीतिगत सुधारको अभावका कारण अवरुद्ध भइरहेको टिप्पणी गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित छैटौँ संस्करणको ‘डिशहोम १२ खरी कथा प्रतियोगिता–२०८१’ को नतिजा सार्वजनिक कार्यक्रममा बोल्दै उनले मन्त्रालयमा अझै पनि पञ्चायतकालका कानूनले काम गरिरहेको बताउँदै तिनलाई समयसापेक्ष बनाउनुपर्नेमा जोड दिए।
मन्त्री गुरुङले पञ्चायतकालीन ऐनका कारण मन्त्रालयका काम प्रभावकारी हुन नसकेको बताए। "पुराना ऐनलाई समयानुकूल बनाउन नसक्दा हामीले चाहेको काम गर्न सकिरहेका छैनौं। संरचनागत र संस्थागत क्षमता बढाउन नसक्नु नै देशको मुख्य समस्या हो," उनले भने।
मन्त्री गुरुङले सहकारी क्षेत्रको कार्यक्षमता र नियमनमा ध्यान नदिँदा समस्या विकराल बनेको टिप्पणी गरे। उनले सहकारीलाई तीन खम्बे अर्थनीतिअन्तर्गत प्रोत्साहन गरे पनि नियमन र अनुगमनको अभावले यस क्षेत्रले उत्पादनमूलक नभई ऋणमुखी रूप लिएको बताए। "सडकमा हिँडेका व्यक्तिहरू लखपति र करोडपति भए तर सहकारीको दीर्घकालीन व्यवस्थापनमा सरकार चुकेको छ," उनले थपे।