रौतहटको तीन नगरपालिकाको तीन वडामा सम्पन्न वडाध्यक्ष उपनिर्वाचनमा ७३.३८ प्रतिशत मतदान भएको छ।
गढीमाई नगरपालिका–८ मा सबैभन्दा धेरै ८१.३८ प्रतिशत र ईशनाथ नगरपालिका–७ मा सबैभन्दा कम ६९.०८ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ।
आइतबार सम्पन्न उपनिर्वाचनअन्तर्गत राजपुर नगरपालिका–६, ईशनाथ नगरपालिका–७, र गढीमाई नगरपालिका–८ मा मतदान भएको थियो।
राजपुर नगरपालिका–६ मा ९०६ पुरुष र ८६० महिलासहित कुल १,७६६ मत खसेको छ। यो वडामा कुल मतदाता सहभागिता ६९.३६ प्रतिशत रहेको छ।
यस्तै, ईशनाथ नगरपालिका–७ मा ९६७ पुरुष र ९०३ महिलासहित १,८७० मत खसेको छ। यस वडामा ६९.०८ प्रतिशत मतदाता उपस्थित भएका छन्।
गढीमाई नगरपालिका–८ मा भने १,१७७ पुरुष र १,०६० महिलासहित कुल २,२३७ मत खसेको छ। यो वडामा ८१.३८ प्रतिशतको उच्च मतदान भएको छ।
निर्वाचन कार्यालयका अनुसार तीनै पालिकाका सबै मतदान केन्द्रमा साँझ ५ बजेसम्म शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको थियो।