कर्णालीमा ६२ प्रतिशत मत खस्यो
१६ मंसिर २०८१
•
४ मिनेट पाठ
कर्णालीमा ६२ प्रतिशत मत खस्यो
दैलेखको महावु गाउँपालिकामा मतगणना स्थलमा ल्याइएका मतपेटिकाहरु। गोविन्द केसी/नागरिक
कर्णालीमा आठ स्थानका लागि भएको उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको छ।




चिसो मौसममा पनि मतदान भएका स्थानीय तहका स्थानीयहरूले उत्साहजनक सहभागितामा आफ्नो मताधिकार प्रयोग गरेका थिए। कर्णालीका अधिकांश स्थानमा चिसोका कारण तोकिएको समयभन्दा एक–डेढ घण्टा ढिलो मतदान सुरु भएको थियो।  

कर्णालीमा एक गाउँपालिका अध्यक्ष, एक नगरपालिका उपमेयर र एक गाउँपालिका उपाध्यक्ष र पाँच वडाध्यक्षका लागि निर्वाचन भएको हो। कालिकोट, डोल्पा, हुम्लालगायतका निर्वाचन केन्द्रमा बिहान सात बजेदेखि मतदान सुरु गर्ने भनिएपनि चिसोका कारण केही ढिलो मतदान भएको थियो।

हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ का सहायक निर्वाचन अधिकृत गोपालप्रसाद ज्ञवालीले चिसोका कारण प्रतिनिधि र मतदाताहरु ढिलो मतदानस्थलमा पुगेकाले बिहान आठ बजेदेखि मतदान सुरु भएको बताए।

‘अत्यधिक चिसोका कारण मतदानस्थलमा प्रतिनिधि र मतदाताहरु ढिलो आउनुभयो, तोकिएको समय भन्दा एक घण्टा पछाडिबाट मात्रै मतदान सुरु भयो,’ उनले भने, ‘एक घण्टा ढिलो मतदान सुरु भएपनि ८५.८४ प्रतिशत मत यहाँ खसेको छ।’

डोल्पाका प्रमुख जिल्ला अधिकारी रोम महतका अनुसार चिसोका कारण मतगणना सोमबार बिहान १० बजेदेखि गर्ने सहमति भएको छ। ‘अत्यधिक चिसो छ,’ उनले भने, ‘त्यसैले सर्वदलीय बैठकले मतगणना सोमबार बिहानबाट गर्ने निर्णय गरेको छ।’

वडाध्यक्षका लागि ३०३ जनाले मतदान गरेको प्रजिअ महतले जानकारी दिए। ती मध्ये १४५ पुरुष र १५८ महिला मतदाता छन्।

कर्णालीमा निर्वाचन भएका आठ पदका लागि ४२ हजार २७७ मतदाता थिए। ती मध्ये २६ हजार ३८१ मत खसेको हो। आठ पदका लागि ४४ जना उम्मेदवार चुनावी मैदानमा छन्।

दैलेखको महाबु गाउँपालिका अध्यक्षका लागि एमालेका जंगबहादुर शाही, कांग्रेसका झलक भण्डारी, माओवादी केन्द्रका जंगबहादुर बराल मगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशकुमार बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुर्जे राव, एकीकृत समाजवादी जगतबहादुर हमाल र नेपाल मजदुर किसान पार्टीबाट दुर्गबहादुर मगर चुनावी मैदानमा छन्।

नेपाली कांग्रेसबाट निर्वाचित लक्षुमन गुरुङको मृत्यु भएपछि यहाँ उपनिर्वाचन भएको हो। महाबुका छ वटा वडाका १६ मतदान केन्द्रमा छ हजार ९८९ मत खसेको छ। महाबुमा १२ हजार ६१४ मतदाता थिए। यहाँ मध्य रातिदेखि मतगणना हुनेछ।

दैलेखको दुल्लू नगरपालिका–१३ को वडाध्यक्षका लागि भएको मतदानमा एक हजार ५८७ जनाले मतदान गरेका छन्। यहाँ दुई हजार ७०६ मतदाता थिए। यहाँ वडाध्यक्षका लागि एमालेका लालबहादुर शाही, कांग्रेसका रेशमबहादुर शाही, माओवादी केन्द्रका ढकेन्द्रबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामबहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रेशमबहादुर मल्ल र नेपाल मजदुर विकास पार्टीका पूर्णप्रसाद उपाध्याय चुनावी मैदानमा छन्।

हिमाली जिल्ला हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि भएको निर्वाचनमा ६७ प्रतिशत मत खसेको छ। उपाध्यक्षका लागि भएको निर्वाचनमा चार हजार ५२४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। यहाँ छ हजार ८१० मतदाता थिए।

सर्केगाडको उपाध्यक्षको निर्वाचनका लागि १२ मतदान स्थलमा १३ मतदान केन्द्र बनाइएको थियो। उपाध्यक्षका लागि यहाँ एमालेका जाना शाही, कांग्रेसका सविता बुढा, माओवादी केन्द्रका देवकी तिमल्सेना, राष्ट्रिय स्वतन्त्र पार्टीका बाँचा बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीका संगीता शाही र स्वतन्त्र उम्मेदवार नरेश शाही चुनावी मैदानमा छन्।

कालिकोटको तिलागुफा नगरपालिका–४ वडाध्यक्षका लागि ६७.४८ प्रतिशत मत खसेको छ। यहाँ ६०९ मतदाता मध्ये ४११ मतदाताले मतदान गरेका थिए। वडाध्यक्षका लागि रुकुम पश्चिममा झण्डै ८० प्रतिशत मत खसेको छ।

यहाँको सानीभेरी गाउँपालिका वडा नं. ५ को वडाध्यक्षका लागि आइतबार भएको मतदानमा एक हजार १४६ मतदाताले मतदान गरेको प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले जानकारी दिए।

यहाँ वडाध्यक्षका लागि माओवादी केन्द्र र र नेपाली कांग्रेसका उम्मेदवार मात्रै चुनावी मैदानमा छन्। कांग्रेसका मोतीराम खत्री र माओवादी केन्द्रका जसीराम बस्नेत चुनावी मैदानमा छन्।

जाजरकोटमा दुई स्थानका लागि भएको मतदानमा ६५.३४ प्रतिशत मत खसेको छ। यहाँ नलगाड नगपालिका उपमेयर र कुशे गाउँपालिका–७ को वडाध्यक्षका लागि मतदान भएको हो।

कुशे गाउँपालिका–७ को वडाध्यक्षका लागि ९५६ मत खसेको छ। यहाँ एक हजार ३०२ मतदाता थिए। वडाध्यक्षका लागि एमालेका डम्बरबहादुर घर्ती, कांग्रेसका खम्बबहादुर सिंह, माओवादी केन्द्रका गोरखबहादुर नेपाली र राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबहादुर खत्री चुनावी मैदानमा छन्।

यस्तै, नलगाड नगरपालिकाको उपमेयरका लागि १० हजार ६०७ मत खसेको छ। यहाँ १६ हजार ४४९ मतदाता थिए। उपमेयरका लागि यहाँ एमालेका सुनिता बोहरा, कांग्रेसका इन्द्रा चन्द सिंह, माओवादी केन्द्रका देवका लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीका पार्वती पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सुनिता पुन रावल र नेपाल समाजवादी पार्टीका पवित्रा जैसी चुनावी मैदानमा छन्।
अर्को समाचार
कर्णालीमा ६२ प्रतिशत मत खस्यो
१६ मंसिर २०८१
•
१ मिनेट पाठ
कर्णालीमा ६२ प्रतिशत मत खस्यो
कर्णालीमा ८ पदका लागि भएको निर्वाचनमा ६२ प्रतिशत मत खसेको छ।




कुल ४२ हजार २ सय ७७ मतदातामा २६ हजार ३ सय ८१ मत खसेको हो।

जस अनुसार ६२ प्रतिशत मत खसेको जनाइएको छ। मतदान प्रकृया शान्तिपूर्ण रुपमा सकिएसँगै मतगणना स्थलमा मतपेटिका लैजाने कार्य जारी रहेको जनाइएको छ।
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस