प्रधानमन्त्री ओलीको औपचारिक चीन भ्रमण आजदेखि
१७ मंसिर २०८१
•
४ मिनेट पाठ
प्रधानमन्त्री ओलीको औपचारिक चीन भ्रमण आजदेखि
चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजदेखि यही मङ्सिर २० गतेसम्म हुने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण हुँदैछ।




प्रधानमन्त्री ओली नेतृत्वको टोली आज बिहान ११ बजे हिमालय एयरालाइन्सको विशेष चार्टर विमानबाट स्थानीय समयअनुसार साँझ ६ः१० बजे चीनको राजधानी बेइजिङ पुग्नेछ। जनस्तर र सरकार–सरकारका बीचमा परम्परागत र मित्रवत् सम्बन्धको लामो इतिहास भएको नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको यस भ्रमणको सबै तयारी पूरा भइसकेको छ।

आइतबार साँक्र भएको मन्त्रिपरिषद्को बैठकले भ्रमणका क्रममा हुने दुईपक्षीय कार्यसूची र सहयोगका क्षेत्रहरुलाई अन्तिम रूपमा दिइसकेको छ। भ्रमणमा सरकारीतर्फ ४६ र निजी क्षेत्रबाट ३२ गरी ७८ सदस्यको सहभागिता हुनेछ। बेइजिङस्थित नेपाली राजदूतावासबाट सरकारी प्रतिनिधिमण्डलमा आठ सदस्य थपिने छन्। सरकार टोलीका ४६ मध्ये दुई सदस्य तयारीका क्रममा चीन पुगिसकेका छन्।

प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा काठमाडौँ चक्रपथ सुधार, चौथो चरणको अरनिको राजमार्ग सुधार, हिल्सा–सिमीकोट सडक आयोजना, कोरोला नाकालाई व्यवस्थित गर्ने विषयसँग सम्बन्धित आयोजना, टोखा–छहरे सुरुङ मार्गलगायत आयोजनामा एमओयु (लेटर अफ एक्सप्रेसन) हुने तय भएको छ।

यसैगरी बिपी कोइराला क्यान्सर अस्पताल चितवनमा बोन म्यारो ट्रान्सप्लान उपचार पद्धति सुरु गर्ने लगायत आयोजना रहेका छन्। एक सय विद्युतीय गाडी, एक सय  प्रहरी भ्यान, ५० स्कुल भ्यान, ५० एम्बुलेन्सका लागि पनि प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा सहमति हुनेगरी छलफल अघि बढेको छ।

यस्तै सार्वजनिक सेवा प्रसारण संस्था (रेडियो नेपाल र नेपाल टेलिभिजन) र चाइना मिडिया ग्रुप (सिएमजी) बीच हुने ‘मेमोरेबल अन्डरस्ट्यान्डिङ’ विषयक समझदारी पत्रलाई मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।

नेपाल सरकार र चिनियाँ सरकारबीच नेपालमा स्वयंसेवी चिनियाँ भाषा शिक्षक तालिम कार्यक्रम परिचालनका लागि पनि सहमति हुनेछ। मन्त्रिपरिषद् बैठकले प्रस्तावित तीन सय मिलियन आरएमबी चिनियाँ युआन बराबरको आर्थिक तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्न सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ।

भ्रमणका क्रममा मङ्सिर १८ गते चिनियाँ समकक्षी छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत गर्ने छन् भने तत्पश्चात् दुईपक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम छ। सोही दिन प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि जिनफङलाई भेट्दै छन्। जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट हुनेछ।

मङ्सिर १९ गते प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन र बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन हुनेछ। सोही दिन सङ्ग्रहालय भ्रमण रहेको छ। प्रधानमन्त्री ओली मङ्सिर २० गते २ः३० बजे स्वदेश फर्किदै छन्।

भ्रमणको तयारीकै क्रममा सत्तारुढ दुई दल नेकपा (एमाले) र नेपाली काङ्ग्रेसका शीर्ष दल र संयन्त्रस्तरमा विभिन्न चरणमा ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बिआरआइ) लगायत दुई मुलुकका सहयोग र सहकार्यका विषयमा गृहकार्य भएको छ।

दुई देशशीच सहयोग र सहकार्य हुँदै आएका कनेक्टिभिटी, लगानी, व्यापार, पर्यटन, कृषि र पूर्वाधार विकास लगायतका क्षेत्रमा सहयोग र सहकार्यका विषयमा थप छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले चीनको भ्रमणको तयारीका क्रममा यही मङ्सिर १० गते पूर्वप्रधानमन्त्रीहरु र पूर्व परराष्ट्रमन्त्रीहरुसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा करिब साढे तीन घन्टा छलफल गरेका थिए।

यही मङ्सिर १३ गतेको मन्त्रिपरिषद्को बैठकले भ्रमण दलमा रहने सरकारी र निजी क्षेत्रका प्रतिनिधिसहित भ्रमणलाई स्वीकृत गरेको थियो। भ्रमणको तयारीका क्रममा परराष्ट्रमन्त्री डा. राणाले शुक्रबार चीनको सिचुआन प्रान्तस्थित छन्दुमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गरी स्वदेश फर्किएकी थिइन्।

भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सङ्घीय सांसद्हरु, मुख्यसहित विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मी लगायत रहेका छन्।

आगामी वर्ष नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ मनाइने सन्दर्भमा पनि यो भ्रमण थप महत्वको विषय बनेको छ। चीनले हालै नेपाली पर्यटकका लागि भिसा शुल्क नलाग्ने घोषणाका साथै नेपाल–चीनबीचका सबै परम्परागत सीमानाका पुनः नियमित रूपमा सञ्चालन ल्याएएको छ। यसबाट दुवै देशका नागरिक, सामान र सेवाहरूको सीमापार आवागमन निर्वाध बनेको छ।

पछिल्ला समयमा नेपाल र चीनबीच उच्चस्तरीय भ्रमणहरूको आदानप्रदान भइरहेको र यी भ्रमणहरूले हाम्रो निकट तथा मैत्रीपूर्ण सम्बन्धलाई सधैँ सुदृढ बनाउँदै नयाँ गति प्रदान गर्दै लैजाने विश्वास गरिएको छ।
अर्को समाचार
एमालेमा ७० वर्षे उमेरहदको भण्डारी अडान
०६ असार २०८२
•
४ मिनेट पाठ
एमालेमा ७० वर्षे उमेरहदको भण्डारी अडान
एमालेको विधान महाधिवेशन आउँदो भदौमा हुने तय भइसकेको छ। विधान महाधिवेशन भदौ २० देखि २२ सम्म गर्ने निर्णय भइसकेको अवस्थामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्किने तयारीमा छिन्। एमालेमा नेतृत्वका लागि ७० वर्षे उमेरहद कायम रहेमा हालका १८ पदाधिकारीमध्ये अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष युवराज ज्ञवाली र उपाध्यक्ष रामबहादुर थापा अर्को महाधिवेशनमा नेतृत्वका लागि उम्मेदवार नै बन्न पाउनेछैनन्। यस्तो अवस्थामा नेतृत्वका लागि अघि सर्ने मनस्थितिमा भण्डारी छन्। विधान महाधिवेशनबाट पार्टीमा उमेरहद ७० वर्ष कायम गर्ने र मूल नेतृत्वमा दुई कार्यकालभन्दा बढी दोहोरिन नपाउने निर्णय गराएर आफू नेतृत्वमा पुग्ने योजना भण्डारीको छ।




पार्टीमा तेस्रोपटक अध्यक्ष बन्न अवरोध हुने अवस्था देखिएमा ओली विधान महाधिवेशनबाटै अवरोध हटाउने तयारीमा जुट्ने बताइएको छ। उनले यो विषयमा कुनै सार्वजनिक अभिव्यक्ति दिएका छैनन्। ‘भदौ २० देखि २२ सम्म हुने विधान महाधिवेशनले यसबारे निर्णय लिनेछ,’ ओलीनिकट एक पदाधिकारीले भने।

पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई भेटेर आफू एमाले राजनीतिमा सक्रिय हुने बताइसकेकी छन्। उनले मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई भेटेर एमालेमा आफ्नो पसिना बगेको र लामो समय योगदान रहेको बताउँदै पार्टी राजनीतिमा सक्रिय हुने चाहना व्यक्त गरेकी हुन्। ‘उहाँहरूबीच डेढ घण्टा कुराकानी भयो, विद्या भण्डारीले पार्टी राजनीतिमा आउने स्पष्ट भन्नुभयो। अध्यक्षज्यूले सल्लाह गरौंला, दुईवटा समूह बनाउनुहुँदैन मात्र भन्नुभयो,’ भण्डारी निकट एक नेताले भने।

ती नेताका अनुसार भण्डारीले पार्टीमा देखिएका समस्या समाधान गर्न आफू सक्रिय राजनीतिमा आउन लागेको बताएकी थिइन्। ‘पार्टीभित्र धेरै असन्तुष्टि छन्, निश्चित तहमा बसेर असन्तुष्टि हटाइनुर्छ, पार्टी कार्यकर्तालाई सधैं असन्तुष्ट बनाएर नेतृत्वमा बस्न पनि अनुपयुक्त हुन्छ,’ भण्डारीलाई उद्धृत गर्दै ती नेताले भने। अध्यक्ष ओलीले पार्टीभित्र दुई नेतालाई देखाएर खेल्न खोज्नेहरू सक्रिय भएको पनि बताएका थिए। एमालेभित्र उमेरहदको विषय यतिखेर चर्चाको शिखरमा छ। विधान महाधिवेशनबाट ७० वर्षे उमेरहदबारे एमालेले कस्तो नीति लिन्छ भन्नेमा पार्टीभित्रै धेरै चासो छ। ७० वर्षे उमेरहद लागु भए एमालेबाट ओलीसहित पाँच नेता एकसाथ बिदा हुनेछन्। त्यसपछि स्वतः दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण हुनेछ। त्यही दोस्रो पुस्ताको नेतृत्व गर्दै भण्डारी पार्टी राजनीतिमा आउन लागेको एमालेका केही नेताको बुझाइ छ। भण्डारी ६४ वर्ष उमेरमा हिँडिरहेकी छिन्।

यतिबेला एमालेभित्र र बाहिरको एउटा समूहले भण्डारीको नेतृत्वमा वाम एकता गर्न सकिने बताइरहेको छ। ‘एमालेभित्रको एउटा पक्ष र एमालेबाहिरको एउटा पक्षले भण्डारीको नाममा वाम एकता हुने सपना बाँडिरहेको छ तर विधान महाधिवेशनअघि ओली र भण्डारीबिच यो विषयमा व्यापक छलफल हुन सक्छ,’ भण्डारी निकट एक नेताले भने। ओली–भण्डारीको भेटले एमाले संगठन पंक्तिमा हलचल पैदा भएको छ ।

ओलीले गत जेठ २५ गते कीर्तिपुरमा अनेरास्ववियुको महाधिवेशन उद्घाटन सत्रका अवसरमा भण्डारीको जिल्ला भ्रमणलाई लक्षित गर्दै उनको पक्षमा नखुल्न नेता–कार्यकर्तालाई घुमाउरो पारामा चेतावनी दिएका थिए। ओलीलाई ‘काउन्टर’ दिँदै भण्डारीले पनि एमाले कार्यकर्तासँग भेटघाट गर्न आफूले कसैलाई सोधिरहनु नपर्ने बताएकी थिइन्।

ओलीको अभिव्यक्तिबाट असन्तुष्ट बनेकी भण्डारीले मंगलबार ओलीसँग भेटेर विधान महाधिवेशनबाट ७० वर्षे उमेरहद कायम गर्नुपर्ने बताएकी थिइन्। भण्डारी निकट नेताका अनुसार भण्डारीले राजनीतिमा आउने प्रष्ट धारणा राखिसकेकी छिन् ।भण्डारीको स्वकीय सचिवालयका डा. भेषराज अधिकारीले आफू काठमाडौं बाहिर भएकाले भेटघाटमा केके कुरा भयो भन्नेबारे जानकारी नभएको बताए। ‘म काठमाडौंबाहिर थिएँ, उहाँहरूबीच भेटघाट भएको थियो, कुराकानीको विषयबारे जानकारी छैन,’ अधिकारीले भने।

एमालेको अघिल्लो विधान महाधिवेशनले नेतृत्वका लागि ७० वर्षे उमेरहद लगाएको थियो। तर २०८० जेठमा बसेको सचिवालय बैठकले कार्यकारिणी कमिटी सदस्यका लागि लगाइएको उमेरहदलाई निलम्बन गरेको थियो। त्यो निलम्बन अहिलेसम्म फुकुवा भएको छैन। एमालेबाट अलग भएर माधव नेपालले बनाएको नेकपा एकीकृत समाजवादीमा लागेका मुकुन्द न्यौपाने एमालेमै फिर्ता भएपछि उनका लागि भन्दै ७० वर्षे उमेरहदको व्यवस्था निलम्बन गरिएको थियो।

भण्डारी एमालेको राजनीतिमा आउने बहस चर्कंदै जाँदा नेतृत्वका लागि ७० वर्षे उमेरहद कायम गर्नुपर्ने र नपर्ने तथा पार्टी अध्यक्षको कार्यकाल सीमा तोक्नुपर्ने (अध्यक्षमा दुई कार्यकाल मात्र) विषयमा पनि बहस हुन थालेको छ। भण्डारीलाई पार्टी अध्यक्ष बनाउने हो भने नेतृत्वका लागि ७० वर्षे उमेरहद लगाउनुपर्छ। यसो भएमा एघारौं महाधिवेशनमा ओली नेतृत्वका लागि उम्मेदवार बन्न पाउने छैनन्।

ओलीले ७० वर्षे उमेरहद ‘फेल’ खाएको अभिव्यक्ति गत जेठ २५ गते दिएपछि एमाले नेतृत्व तहमा उमेरहद र नेतृत्व परिवर्तनको बहसले झन् प्रमुखता पाएको छ। २०७८ असोजमा सम्पन्न एमालेको पहिलो विधान महाधिवेशनले पार्टी विधानको धारा ८९ मा सबै तहको कार्यकारी कमिटीका पदाधिकारी/सदस्यमा निर्वाचित/मनोनीत हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्था गरेको थियो। त्यसबेला एमालेले आफ्नो विधानमा ७० वर्ष उमेर पूरा नहुँदै निर्वाचित वा मनोनीत व्यक्तिलाई अर्को महाधिवेशन/अधिवेशन नभएसम्म निर्वाचित वा मनोनीत पदमा रही जिम्मेवारी बहन गर्न बाधा नपुग्ने प्रावधान पनि समेटेको थियो। तर विधानको यो व्यवस्था सचिवालय हुँदै २०८० जेठमा बसेको केन्द्रीय कमिटी बैठकले ‘हाललाई’ भन्ने शब्द राखेर निलम्बन गरेको थियो।  
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस